सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
जुनसुकै तहको भए पनि नेमकिपाको घोषणापत्र पढ्दा त्यहाँ पाइने सत्यता र शालीनताले जोसुकैलाई पनि प्रभाव पार्छ । घोषणापत्रमा उल्लेख भएअनुसार भएको उसको व्यावहारिक अनुकरणीय कार्यशैलीले त झन् जस्तै विरोधीलाई पनि, “काम त नेमकिपाले गरेकै हो ¤” भन्ने महशुश गर्न बाध्य बनाउँछ नै ।
अरू आफूले नगरेको कामको प्रचार गर्छन् । तर, नेमकिपा आफूले गरेको कामको पनि प्रचार गर्न रुचाउँदैन । बरु, नेमकिपाको असल कामबारे थाहा पाएर देशैभरिका साना ठूला नेताहरूले भक्तपुर नपाको अध्ययन भ्रमण गरेका छन् । यो क्रम जारी छ ।
नेमकिपाको अनुकरणीय र आदर्श कार्य सम्झँदै गर्दा, अन्य दलका घोषणापत्रमा उल्लिखित ढाँट र असम्भव कुरा अनि त्यसअनुसार काम भने पिटिक्कै नभएको देख्दा ती दलप्रति हदैसम्मको घृणा जागेर आउँछ । विदेशीको इसारामा चल्ने तिनीहरूका राष्ट्रघाती सोचाइ र निर्णय देख्दा कोही पनि राष्ट्रभक्त नेपालीको मनमा आँधी बेहरीसरि मडारिने आक्रोशले सीमा नाघ्छ । यतिखेर सङ्घ र प्रदेशको चुनावमा जसरी पनि जित्न सत्ताधारी ठूला दलका ठूला राष्ट्रघाती नेताहरू मतदाता फकाउनका लागि रुने, कराउने र अनेक भ्रम फैलाउने दुष्प्रयास गर्दै छन् । हिरा र किरा नचिन्ने अनि एकछाक मासुभात खान पाउनासाथ उसैलाई भोट दिने चेतनाविहीन मतदाता पनि धेरै छन् ।
स्वार्थवश फुट्ने, स्वार्थवश जुट्ने र आखिरमा मिलेर लुट्ने एउटै साझा विचार भएका सत्ताधारी दलका घोषणापत्रबारे अहिले कुनै चर्चा छैन जति चर्चा पहिला हुन्थ्यो । सायद त्यो झूटको पुलिन्दा लेख्न÷बनाउन आवश्यक नै ठानिएन किनभने भन्ने÷लेख्ने र ढाँट्ने कुरा बाँकी पनि रहेन । उनीहरूका विगतको घोषणापत्र हेरेरै के थाहा हुन्छ, त्यहाँ जेजे लेखे पनि गर्न खोजिएको लेख्न÷गर्न खोजिएको चाहिँ यस्तो रहेछ ः
१. सेवाग्राही झुम्मिने देशभरिका सानातिना सबै कार्यालयहरूमा सर्वसाधारणले जति बढी घुस दिन्छन् त्यति छिटो काम गर्ने व्यवस्था मिलाउने,
२. देशका बाँकी रहेका केही सानातिना उद्योग पनि सबै बन्द गरी केन्द्रमा एउटै ठूलो राष्ट्रिय भ्रष्टाचार उद्योग खोलिने र त्यसको शाखा–प्रशाखा वडावडामा खोलिने,
३. सबै वित्तीय संस्थाहरूमा जनताले पसिना बगाएर र खाइनखाई जोगाएर बचत गरेको रकम तिनका सञ्चालकहरूले झ्वाम पारी फरार हुन पाउने सुविधाजनक व्यवस्था गरिने,
४. जनताको सुविधाका लागि अहिले देखिएको मूल्यवृद्धिलाई चुनावलगत्तै बढाएर कम्तीमा दोब्बर बनाउने,
५. वैदेशिक ऋण पनि अब तुरुन्तै बढाएर पाँच अङ्कमा पु¥याउने,
६. देशलाई यथाशीघ्र श्रीलङ्काको अवस्थाभन्दा पनि बेहालको अवस्थामा पु¥याउने,
७. नेपाली जनताको निर्यात र भारतीय जनताको आयातलाई उच्च स्तरमा वृद्धि गरिने,
८. वैदेशिक रोजगारीलाई सहज बनाउनका लागि टोल–टोलमा वैदेशिक रोजगारी सहजीकरण केन्द्र स्थापना गर्ने,
९. रैथाने जातिका नागरिकलाई विस्थापित गरी आयातीत नागरिकको सङ्ख्या बढाउने,
१०. भूतपूर्व र बहालवाला दुवै थरी पूर्ववडासदस्यदेखि राष्ट्रपतिसम्मलाई भीआइपी र भीभीआइपीको वरीयता निर्धारण गरी आजीवन सुविधा दिइने,
११. बाढीपहिरो पीडित जनतालाई सोही जोखिमयुक्त ठाउँमै बसिरहन प्रेरित गरी उनीहरूको धैर्यको परीक्षण गर्ने,
१२. निःशुल्क भने पनि विद्यार्थीलाई दिइने किताब वर्षभरि नै नदिई पूर्वज्ञानका आधारमा परीक्षा दिने व्यवस्था मिलाउने,
१३. ठिक्क मल चाहिने बेलामा विभिन्न बहानामा मल नल्याई बिनारासायनिक मलको अत्याधुनिक कृषिलाई प्रोत्साहित गरिने,
१४. वृद्धभत्ताका साथै युवक भत्ता पनि दिएर बसीबसी खाने व्यवस्था मिलाउने,
१५.नेताका पछि लाग्ने झोले,स्वागते र हनुमानेहरूलाई तिनीहरूको शारीरिक बनावटका आधारमा भत्ता उपलब्ध गराइने,
१६. नेपाल राष्ट्र बैङ्क पनि वैदेशिक पुँजीपतिलाई सेयरका रूपमा बिक्री गरी मन्त्री तथा उच्चपदस्थ कर्मचारीलाई अरबपति बनाउने
१७. राष्ट्रिय पुँजीको सुरक्षार्थ स्विस बैङ्कमा कालो धन राख्न विशेष अभियान चलाइने,
१८. गाउँ–गाउँमा रेल, खहरे खोला र सडकमा पानीजहाज अनि आकाशै ढाकेर थोत्रा विमानको सञ्चालन गर्ने,
१९. सडकहरूलाई अझ खाल्टायुक्त बनाई साधारण जनतालाई अकालमै स्वर्गको टिकट दिलाउने,
२०. न्यायालयलाई अन्यायालय, सरकारलाई मन्त्री फेरफार र संसद्लाई राष्ट्रिय शयनकक्षमा स्तरोन्नति गरिने,
२१. राष्ट्रपतिलाई समेत राष्ट्र क्षति हुने काममा लाग्नैपर्ने भनी संविधान संशोधन गरिने,
२२. सङ्क्रामक रोगहरूलाई राष्ट्रिय पहिचानमा दर्ता गरी तिनको संरक्षण गरिने,
२३. राष्ट्रसेवक कर्मचारीलाई र अझ राष्ट्रशोषक कर्मचारी बन्न प्रेरित गर्ने,
२४. सबै सुरक्षा निकायहरूलाई असुरक्षा निकायका रूपमा रूपान्तरण गरिने,
२५. जातैपिच्छेका, धर्मैपिच्छेका बनाएर आयोगहरूको सङ्ख्या अझै बढाउने,
२६. राजनीतिलाई सबैभन्दा आकर्षक र कमाउ पेसाका रूपमा विकसित गर्न कुनै कसर बाँकी नराखिने,
२७. पार्टीमा उसले देखाएको राजनीतिक उद्दण्डताका आधारमा उसका अपराधको मात्रा मिनाहा गरिने,
२८. सहयोगको नाममा बिस्तारै विदेशीलाई भित्याएर स्वदेश खोक्रो बनाउँदै लाने,
२९. पार्टीको नाम अलगअलग राखेर एकअर्कामा फरक देखाए पनि उद्देश्य एउटै–जसरी पनि कमाउने र देश सिध्याउनेझैँ गरे पनि–राख्ने,
३०. शिक्षक, कर्मचारी, वकिल, न्यायाधीश सबैलाई अनिवार्यरूपमा एउटा न एउटा राजनीतिक दलको कार्यकर्ता बन्नुपर्ने व्यवस्था गर्ने इत्यादि ।
Leave a Reply