यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
पुस्तकालय, साहित्य गोष्ठी, खेलकुद क्लव, विद्यालयको सञ्चालक समिति वा कुनै पनि आर्थिक लाभ नहुने स्वयमसेवकको रूपमा काम गर्ने संस्थाहरूका साथीहरूमा घर परिवारमा जस्तै आपसमा असमझदारी हुनु अस्वाभाविक होइन । यसका दुई कारण हुनसक्छ – एक, कम बोल्ने र मनले ठम्याएको काम गर्ने व्यक्तिको बानी । दोस्रो, सरकारी कार्यालयमा जस्तै हाकिम र अन्य कर्मचारीहरूको पदअनुसारको काममा कसैले तलमाथि गर्नुहुन्न भन्ने संस्थागत अनुभव भएको व्यक्तिको सोच वा त्यस सोचको मागअनुसार काम नदेख्दा हुने गुनासो ।
निश्चय पनि घर–परिवारमै लोग्नेले आफ्नी पत्नीलाई किन दुःख दिइरहनु भन्ने मनले ठम्याई आपसमा सल्लाह नगरी कुनै सामान किनेर ल्याउँदा वा कोठाकै मालसामानको ठाउँ सार्दा पनि असमझदारी हुनसक्छ । लोग्नेको त्यस सहयोगी काम भनी मनमा लिएर काम गर्दा पत्नीले बोल्दै नबोली किन यस्तो सामान बजारबाट ल्याएको होला र कोठाको सामानको ठाउँ किन सारेको होला भनी रिसाएको पो हो कि भनी थाकथुक पर्न बेर छैन ।
सामान किन्नु र सामानको स्थान सारफेर गर्नुभन्दा सल्लाह वा कुराकानी भएको भए लोग्ने–स्वास्नीको बिचमा त्यो सानो कुरामा असमझदारी हुने थिएन ।
हाइस्कूल वा आजका एघार कक्षा स्तरका विद्यार्थीहरूमाझ पनि पालैपालो केही दिन पुस्तकालय, वाचनालय र क्लब खोल्नेबारे शनिबार खोल्ने या नखोल्नेबारे दुई मत आउने गर्छ ।
कहिलेकाहीँ संस्थाका कुनै सदस्य सक्रिय, तुलनात्मकरूपले पदमै भए पनि संस्थाको निर्णयलाई लागु नगर्ने बिनाकारण बरोबर एक–दुई महिना गयल हुने र आफ्नो निर्णयमात्र लागु गर्न खोजेमा साथीहरूको मनमा उसप्रति ‘नाइके बन्न खोज्ने’ वा आफ्नै कुरा संस्थामा लाद्न खोज्ने अर्थमा लिनु अन्यथा हुन्न । घरको प्रभाव, सम्पत्तिको देखावा, बढी पढे–लेखेको वा दुई चारवटा लेख लेखेको भन्दैमा उसको मिलनसारीतामा कमी र बड्पनले साथीहरूले विश्वास गर्दैनन् भनी संस्थासँग पर पर हुँदै जानेछ र संस्थाकै बद्ख्वाइँ पनि गर्न बेर छैन ।
साथीहरू सबैको शनिबार फुर्सद हुने गर्दा अफिस खोल्ने पक्षमा हुन्छ भने एक जना सदस्यको पालो सधैँ शनिबार पर्दा घरमा अभिभावहरूले दिएको काम नगर्दा गुनासो सुन्नुपर्ने कारण नबताउँदा उनीप्रति साथीहरूले संस्थासँगै उसको असहमति भएको अड्कल काट्छन् । अथवा अभिभावकले संस्थामा जान बन्देज लगाएकोबारे प्रस्ट नबताउँदा पनि साथीहरूमाझ असमझदारी हुन्छ । यसबारे सदस्य साथीहरू स्पष्ट वक्ता भएमा समस्या आउने थिएन । संस्थामा दुई–चार सय रूपैयाँ बढी खर्च गर्ने साथी, पुस्तकालयमा दुई–चार वटा पुस्तक बढी सहयोग गर्ने व्यक्ति वा तुलनात्मकरूपले एक दुई कक्षा र शैक्षिक स्तरमा माथि, धनी वा ठूलो जातको घरको प्रभाव अथवा दुई–चार वटा पुस्तक बढी पढ्ने भएको व्यक्तिले आफू मान खोज्ने र आफूले बढी पढेको सम्झी संस्थाको ‘सभापति’ हुनुपर्ने उनको मनको इच्छा हुन्छ । तर, पदमा रहेका साथीले २–४ वर्षदेखि संस्था सुरु गरेको, काम पनि लगातार गरिरहेका साथी हुँदा नव आगन्तुक सदस्यको मनको इच्छालाई बुझेर पनि नमान्न सक्ने सम्भावना रहन्छ । तर, उसले म माथि साथीहरूले विश्वास नगरेको वा आफ्नो उचित मर्यादा नराखेको भनी संस्थाबाट विस्तारै टाढा हुने सम्भावना रहन्छ ।
कहिलेकाहीँ संस्थाका कुनै सदस्य सक्रिय, तुलनात्मकरूपले पदमै भए पनि संस्थाको निर्णयलाई लागु नगर्ने बिनाकारण बरोबर एक–दुई महिना गयल हुने र आफ्नो निर्णयमात्र लागु गर्न खोजेमा साथीहरूको मनमा उसप्रति ‘नाइके बन्न खोज्ने’ वा आफ्नै कुरा संस्थामा लाद्न खोज्ने अर्थमा लिनु अन्यथा हुन्न । घरको प्रभाव, सम्पत्तिको देखावा, बढी पढे–लेखेको वा दुई चारवटा लेख लेखेको भन्दैमा उसको मिलनसारीतामा कमी र बड्पनले साथीहरूले विश्वास गर्दैनन् भनी संस्थासँग पर पर हुँदै जानेछ र संस्थाकै बद्ख्वाइँ पनि गर्न बेर छैन ।
यस्तो स्थितिमा बरोबर ‘स्वतन्त्र भाषण’ र ‘वादविवाद’ कार्यक्रमबाट सबैको अभिव्यक्तिबाट मनको अप्ठेरो माझिँदै जाने अवसर पाउँछ वा साथीहरूको कार्य मूल्याङ्कन आवश्यक हुन्छ । खेलकूद क्लवमा त जीउ लागेका, नियमित खेलाडी र राम्रै व्यवहारका साथी भए पनि खेलको क्याप्टेन नै भए पनि उनले खेलको प्रदर्शनमा गोल गर्नुभन्दा एक्लै अघि बढेर सफल हुने हनाइ (गोल हुने मौका) समेत खेर धेरै गएमा उसको ‘एकल’ प्रदर्शनको शोंख’ वा सामूहिक खेल जीवन नभएको बारे सचेत पार्नु आवश्यक हुन्छ । नत्र, उसले धेरै मेहनत गर्दा पनि साथीहरूको कमजोरीले खेलमा असफलता हात लागेको बारे असमझदारी बढ्नेछ । हरेक घटनाबारे समीक्षा र बरोबर बैठकहरू भइरहँदा सबैको बल र बुद्धिले सफलता हासिल गर्न सजिलो हुनेछ ।
Leave a Reply