भर्खरै :

विचारहीन र सिद्धान्तहीन राजनीतिले देश अस्थिर हुने

विचारहीन र सिद्धान्तहीन राजनीतिले देश अस्थिर हुने

भक्तपुर, २० मङ्सिर । वागीश्वरी कलेजको दसौँ कलेज सभा मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रगतिसँगै शत्रु बढ्ने भएकोले कमीकमजोरीलाई निरुत्साहित गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
जनताको विचारलाई देशव्यापी बनाउन नेमकिपाले देशको अधिकांश जिल्लामा उम्मेदवारी दिँदा कसैको विरोध नभएको स्पष्ट पार्नुभयो ।
नेमकिपाले भक्तपुरमा अवलम्बन गर्दै आएको समाजवादउन्मुख प्रणालीलाई देशभरबाट नियालिरहेको बताउँदै ठूला राजनीतिक दलको विचारहीन, सिद्धान्तहीन राजनीतिबाट देश अस्थिर हुन्छ भन्नुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आजकल कुनै पनि संस्थामा कार्यरत व्यक्तिले कति समय पुस्तकालयमा बिताउँछ भन्ने आधारमा पनि त्यस संस्थाले कस्तो जनशक्ति उत्पादन गर्छ भन्ने अनुमान गर्न सकिने भनाइ उद्धृत गर्दै उहाँले समाजमा हुने गरेको अन्धविश्वासलाई चिर्नको लागि बौद्धिक वर्गले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कलेजलाई चिन्तनको चौतारी बनाउन जोड दिँदै उहाँले समाज परिवर्तनको लागि तयार हुने विद्यार्थी उत्पादन गर्नेतिर ध्यान दिन अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले युवा पुस्तालाई समेट्नका लागि अनुसन्धानमा जोड दिँदै भक्तपुरको असल अभ्यास अध्ययन गर्न पाकिस्तानबाट भक्तपुर नगरपालिकाको भ्रमण हुनुबाट भनपा अन्तर्राष्ट्रियस्तरमै परिचित भएको स्पष्ट पार्नुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने नेमकिपाको उद्देश्यलाई पूर्ति गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुरका जनता सङ्घर्षरत रहेको हुँदा हरेक कोणबाट वागीश्वरी कलेजको तर्फबाट सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समसामयिक विषयवस्तुबारे जानकारी गराउँदै गलत बाटोमा जानबाट रोक्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत शैक्षिक वर्ष २०७८÷२०७९ को कलेजको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७९÷०८० को बजेट तथा आ.व. २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन ग¥यो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कलेजका संयोजक ज्ञानसागर प्रजापति, शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *