अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा सांसदसँग विद्यार्थी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा आदर्श आजाद मा.वि. कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले सांसद गोसाईसँग जिज्ञासा राखेका थिए । नेपालको संसदीय प्रणाली, कानुन, नीति नियम तथा नेमकिपाको भूमिका विषयमा समेत प्रश्नोत्तर भएको सो कार्यक्रममा प्रमुख अतिथि गोसाईले विद्यार्थीहरूको जिज्ञासा मेटाउँदै देशका कर्णधार तथा भविष्य भनेकै विद्यार्थीहरू भएकाले अहिलेदेखि नै सबै क्षेत्रमा योग्य, दक्ष र निपुण हुने तरिकाले अध्ययनमा जोड दिनुपर्ने कुरा औँल्याउनुभयो ।
कक्षा १२ का विद्यार्थी श्रीराम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्र.अ. श्रीकृष्ण किसी, सहायक प्र.अ. चक्रबहादुर चाकतु, कानुन विषय शिक्षक लक्ष्मीसुन्दर सुवाल र विद्यार्थी उदप श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply