भर्खरै :

सिद्धि मेमोरियल फूटबल क्लवको ग्रासरूट फूटबल सम्पन्न

सिद्धि मेमोरियल फूटबल क्लवको ग्रासरूट फूटबल सम्पन्न

भक्तपुर, २ पुस । सिद्धि मेमोरियल फूटबल क्लवको आयोजनामा ‘सिद्धि मेमोरियल ग्रासरूट फेस्टिबल’ कार्यक्रम माहेश्वरी खेलमैदानमा शनिबार सम्पन्न भयो ।
विद्यार्थीहरूलाई फूटबल खेलप्रति आकर्षण बढाउने र रमाइलो माध्यमबाट फूटबल सिकाउने उद्देश्यले १० र १२ वर्षका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा उहाँले अनुशासित भई खेल खेल्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “सिकाइको बेला ध्यान र मन दिएर लाग्न सके एक दिन सफलता चुम्न सकिन्छ । स्वस्थ हुन खेलकुद आवश्यक छ । पढाइको बेला पढाइमा र खेल्ने बेलामा खेलमा ध्यान दिनुपर्छ ।”
सिद्धि मेमोरियल फूटबल क्लवका सल्लाहकार एवं संरक्षक श्यामसुन्दर धौभडेलले फूटबल क्षेत्रमा राम्रो खेलाडी तयार गर्ने लक्ष्य राखी ग्रासरूट फेस्टिबल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा एन्फाका प्रतिनिधि, नेपाल कब्बडी सङ्घका कोषाध्यक्ष, जिल्ला खेलकुद विकास समितिका अध्यक्षलगायत फूटबल क्षेत्रका अग्रजहरूको सहभागिता थियो ।
भक्तपुर नगरका ८ भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य गोसाईले प्रशिक्षकलाई बल हस्तान्तर गरी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *