ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, ८ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी अन्तर विद्यालयस्तरीय टेबुलटेनिस प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि जोशीले स्थानीय तहको निर्वाचनको घोषणापत्रमा नेपाल मजदुर किसान पार्टीले उल्लेख गरिएका कार्यक्रमहरूअन्तर्गत विद्यालयस्तरको खेलकुद विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको बताउनुभयो । खेलकुद खेल र मनोरञ्जनको लागि मात्र नभएर स्वस्थ रहन र देशको सिमा रक्षाको लागि पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भविष्य कर्णधारहरू स्वस्थ र जाँगरिलो भयो भनेमात्र देश विकासमा योगदान पुग्ने भएकोले त्यस्ता पुस्ताहरू तयार गर्ने एउटा खुड्किलो यो खेलकुद कार्यक्रम हो भन्नुभयो ।
टेबुलटेनिसको छात्र तथा छात्राहरूको ८ वटा विधाहरूमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा प्रोक्सिमा इन्टरनेसनल स्कूलले ६ वटा गोल्ड, १ वटा सिल्भर र ३ वटा ब्रोन्ज सहित पहिलो हुन सफल भयो भने द राइजिङ ई.से.स्कूलले २ वटा गोल्ड, १ वटा सिल्भर र २ वटा ब्रोन्ज सहित दोस्रो र प्रभात ई.से.स्कूलले ५ वटा सिल्भर र ३ वटा ब्रोन्जसहित तेस्रो स्थान हासिल गर्न सफल भयो । उदयीमान खेलाडीको छात्रतर्फ एभरेष्ट इ.स्कूलका निरल बासुकला र छात्रामा प्रभात ई.स्कूलकी आरोही सुवाल भए । विभिन्न ८ वटै विधाहरूको मेडल तथा प्रमाण–पत्र वितरण कार्यक्रम भएको सम्पन्न भएको छ ।
कार्यक्रममा नगरपालिका खेलकुद समितिका सदस्य सुनिता अवाल, स्थानीय गणेशप्रसाद सुवाल, भक्तपुर जिल्ला टेबुलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, २ वडा युवा तथा खेलकुद समितिका संयोजक पुण्यराम स्वङ्गमिखा र मञ्जुमैँया लाखाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply