भर्खरै :

गपलीको ढुङ्गा छपाइ ढिलो किन भयो ?

भक्तपुर नगरपालिका वडा नं ४ गपली कुवादेखि दोकाफल्चा जाने ढुङ्गा छपाई बाटो वडा निरीक्षकले निरीक्षण गरी मर्मतको लागि प्रतिवेदन पटक पटक दिँदासमेत मर्मतको लागि पहल नगर्दा सबै बिग्रिसकेको छ । उक्त स्थानमा दुईवटा स्कूल छन् । साथै अरनिको राजमार्ग बन्द भएपछि राति राति ट्रिपरको बाटो हुने गर्दछ । तर, पाँच वर्ष अगाडि सो स्थानमा दुई इन्चको ढुङ्गा छपाई हाल सबै बिग्रिसकेको छ । ढुङ्गाहरू उप्की सवारी दुर्घटना पटक पटक पनि भइसक्यो । स्थानीयले गपली टोल सुधार समितिमा पनि गुनासो गर्यो । तर, बाटो मर्मत गर्ने पहल कतैबाट नभएको बाटोमा हिँड्ने बटुवाहरू, स्कूलमा विद्यार्थी पु¥याउने अभिभावकहरूलगायत स्थानीयहरू समेत नगरपालिकाले बेवास्ता गरेको देख्दा आजित भइसकेको छ । त्यहाँ दुई इन्चको ढुङ्गा छपाइ बाटोमा ट्रिपर, ग्यास ल्याउने गाडी, पानी ट्याङ्करलगायत ठूलो गाडीहरू गुड्न थालेपछि उक्त बाटो अहिले एकदमै बिग्रिसकेको छ । सो बाटो बनाउँदा प्राविधिकहरूले उक्त बाटोमा गाडी गुड्ने भएपछि कम्तीमा पनि चार इन्चको ढुङ्गा छपाइ गर्न सिफारिस गर्नुपर्ने हो तर कसरी दुई इन्चको ढुङ्गा छपाइको अनुमानित लागत निकाल्यो । जबो मान्छेमात्रै हिड्ने नासमना खौमा जाने गल्ली होस् वा घट्खाको बाटोको ढुङ्गा छपाई होस त्यहाँ समेत ढुङ्गा फुटेको, बिग्रेको देख्न पाइन्छ त्यसैले गाडी गुड्नेमा कम्तीमा चार इन्चको ढुङ्गा छपाई गर्नुपर्ने हो तर भएन र अहिले बाटो बिग्रेर दुर्घटनाबाट बचाउनको निम्ति नगरपालिकाले शिघ्र मर्मत वा पुनःनिर्माण गुर्नपर्ने देखिन्छ । नत्र भोलि मानवीय क्षेति भएपछि मात्र आँखा खोलेर पछुताउनुपर्ने हुन्छ । यसमा वडा नं ४ वडाध्यक्ष र वडा कार्यालयले ध्यान जान जरुरी छ । त्यतिमात्र होइन डोकाफल्चा निस्कनेतिर ढल निकास बन्द भएर चार पाँच दिन अगाडिदेखि स्लाबपाटा खोलिराखेको नगरपालिकालाई उक्त निकास खोल्न पटक पटक अनुरोध र निवेदन समेत दिँदा कर्मचारीहरूले बेवास्ता गरेको स्थानीयको गुनासो छ । भोलि त्यसमा मान्छे खसेर केही भए को जिम्मेवार ? त्यसैले नगरपालिकाको बदनाम हुनबाट बचाउन समयमै ध्यान जाला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *