भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १९ पुस । भक्तपुर नगरपालिकाद्वारा लागु गरिएको कक्षा ८ को ‘ख्वपको पहिचान’ पाठ्यक्रमअन्तर्गत भक्तपुरकै विशिष्ट पहिचान भएको झ्व भ्वय्को बारेमा जानकारी दिने उद्देश्यले प्रयोगात्मक परीक्षाअन्तर्गत वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूको आयोजनामा कमलविनायक परिसरमा ‘झ्व भ्वय्’ कार्यक्रम सम्पन्न भयो ।
कक्षा ८ का करिब २५० जना सहभागी उक्त कार्यक्रममा भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष एवम् विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले भन्नुभयो, “हामी बाग्मती प्रदेशका १३ वटा जिल्लामध्ये कला र संस्कृतिले वैभव भक्तपुर जिल्लास्थित वागीश्वरी माविमा अध्ययनरत विद्यार्थी छौँ । आज तपार्इँहरू भनपाले बनाएको कक्षा ८ को झ्व भ्वय् कार्यक्रम ख्वपको पहिचानभित्र रहेका झ्व भ्वय् कार्यक्रममा हुनुहुन्छ । भक्तपुर नगरपालिकाका ९२ वटा विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू फरक फरक क्षेत्र, जाति र संस्कृतिका विद्यार्थीहरू होलान् । तपाईँहरूको पनि भोज खाने संस्कार संस्कृति फरक–फरक होला ।
उहाँले भनपाले हरेक वर्ष भक्तपुर नगर अन्तर विद्यालयस्तरीय विविध खेल प्रतियोगिता गर्दै आएको खेलले मित्रता बढाउनुको साथै विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकास गर्न मद्दत गर्दछ भन्नुभयो । उहाँले भोलि देशको सार्वभौमिकता रक्षा गर्न सक्षम विद्यार्थी र खेलाडीहरू तयार हुने विश्वास गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले तपाईँ कक्षा ८ का सम्पूर्ण विद्यार्थीहरू आफैले अगुवाइ गर्दै झ्व भ्वय्बारे जानकारी लिन यो झ्व भ्वय्को आयोजना गरेकोमा धन्यवाद छ भन्नुभयो ।
कक्षा ८ का विद्यार्थी आशिष प्रजापतिको सभापतित्वमा सम्पन्न झ्व भ्वय् कार्यक्रममा धनेशराज राजोपाध्याय र कक्षा ८ की सुलक्षणा सापकोटाले पनि बोल्नुभएको थियो ।
Leave a Reply