प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
काठमाडौँ, २ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको नियमावलीमा सबै राजनीतिक दलका प्रतिनिधि सांसदलाई ढ्यापढ्याप र विशेष समयमा बोल्न समय उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको मङ्गलबार बसेको बैठकमा सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने प्रतिनिधिसभाको राजनीतिक दललाई प्रमुख विपक्षी दल तोकिदिने सभामुखको जिम्मेवारी समयमा नै कार्यान्वयन हुनुपर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले संसद्मा पेश हुने विधेयकहरूलाई जनताको प्रतिक्रिया प्राप्त गर्न सञ्चारमाध्यममा पूर्ण विवरण प्रकाशित गर्नुपर्ने, संसद्मा घाटा बजेट र सार्वजनिक ऋण बोक्नुपर्ने बजेट पेश गर्न नहुने, बैठकमा सांसदहरूले दिएको सुझावअनुसार बजेट तयार गर्नुपर्ने, समितिहरूमा प्राप्त जनताका समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिने व्यवस्था पनि नियमावली समितिमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संसद्मा दर्ता भएको महाभियोग एक महिनाभित्र छिनोफानो गर्नुपर्ने र फौजदारी अभियोगमा अदालतबाट अन्तिम फैसला भई कैद वा जरिवानामा परेको सदस्यको पद खारेज हुने र उम्मेदवारसमेत हुन नपाउने नियमावलीमा व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रमा सदन, विद्यालय, कलेज, अस्पताल विकास गर्न लगाई त्यही बसोबास गर्नुपर्ने र अन्य जिल्लामा घरजग्गा खरिद गर्न नपाउने व्यवस्था नियमावलीमा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
Leave a Reply