भर्खरै :

युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका सर्वसम्मतिबाट पारित

युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका सर्वसम्मतिबाट पारित

भक्तपुर, २ फागुन । भक्तपुर नगरपालिकाको ते¥हौँ नगरसभा मङ्गलबार पनि चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् ते¥हौँ नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको नगरसभाको बैठकले भक्तपुर नगरपालिका, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका, २०७९ सर्वसम्मतिले पारित ग¥यो ।
सभामा सभाध्यक्ष प्रजापतिले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने बेरोजगार र आर्थिकरूपले कमजोर युवाहरूलाई उद्यमशील बनाउन सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले उक्त निर्देशिका बनेको बताउँदै युवाहरूलाई स्वदेशमै व्यापार व्यवसाय गर्न निर्देशिकाले फाइदा पु¥याउने बताउनुभयो ।
भक्तपुर नपाले शैक्षिक ऋण लागू गरी नगरवासी विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको र त्यसकै अनुभवमा अहिले युवाहरूलाई लक्षित गर्दै यो निर्देशिका निर्माण भएको उहाँले प्रस्ट पार्नुभयो ।
नगरसभाबाट पारित उक्त निर्देशिकामा भक्तपुर नपाभित्र स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४५ वर्षसम्मका गरिब तथा विपन्न उद्यमशील युवाहरूलाई भक्तपुर नपाले रु. ५ लाखसम्म ऋण प्रदान गर्ने व्यवस्था रहेको र ऋणको वार्षिक ब्याजदर ६ प्रतिशत कायम गरिएको छ भने उक्त ऋण कुनै एक परिवारको एकजना सदस्यलाई मात्र उपलब्ध गराउन सकिने र स्वीकृत ऋण एकमुष्ट वा किस्तामा उपलब्ध गराइने व्यवस्था निर्देशिकामा गरिएको छ ।
आज बसेकोको नगरसभाको विशेष समयमा सभासद्हरू इन्द्रबहादुर प्याठ, नारायणप्रसाद त्वानाबासु, हेरा ख्याजु, जितेन्द्र मुनंकर्मी, कृष्णनारायण दुमरु, श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, सिद्धिराम अवाल, गोविन्द दुवालले भक्तपुरको स्वास्थ्य, विकास निर्माण, खानेपानी, पार्किङ व्यवस्थापन, व्यवस्थित आवास योजना सञ्चालनलगायतका विषयमा आआफ्नो जिज्ञासा राख्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले विद्यालयहरूमा अध्ययन अध्यापन भइरहेको स्थानीय पाठ्यक्रमको प्रभावकारिताबारे आफ्नो धारणा राख्नुभयो ।
सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नपा, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ मा छलफलको लागि सभामा प्रस्तुत गर्नुभयो ।
नगरसभाको अर्को बैठक फागुन ४ गते बिहीबार दिनको १ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *