युरोपेली सङ्घका अग्निनियन्त्रकहरूद्वारा सामाजिक सुरक्षा कटौतीविरुद्ध ब्रसेल्समा विरोध प्रदर्शन
- कार्तिक १९, २०८३
काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । मतदान शान्तिपूर्ण भएको थियो । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने र विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका थिए । निर्वाचनको संवेदनशीलता हेरेर सुरक्षाकर्मीहरू पर्याप्त सञ्चालन गरिएको थियो ।
उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पसमा मतदान भएको थियो । काठमाडौँका १४ वटा आङ्गिक क्याम्पसमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रावधान छ । २ सयसम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, १ हजारसम्म विद्यार्थी हुने क्याम्पसमा १५ सदस्यीय, ३ हजारसम्म विद्यार्थी हुने क्याम्पसमा १९ सदस्यीय र त्यसभन्दा बढी विद्यार्थी हुने क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्य समिति रहने व्यवस्था छ ।
उपत्यकाका सबैजसो क्याम्पसमा मतदान भए पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबिच विवाद हुँदा उपत्यकाका केही क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ । नेपाल कमर्स क्याम्पसमा अन्तिम समयमा आएर निर्वाचन रोकिएको थियो ।
पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । भैरहवा बहुमुखी क्याम्पसमा यही चैत ८ गते र त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेको लागि निर्वाचन सरेको छ ।
केही क्याम्पसहरूमा निर्वाचनको परिणाम आउन थालेको छ । त्रिवि केन्द्रीय क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र चामुण्डा क्याम्पसमा नेविसङ्घ विजयी भएको छ भने पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको तर्फबाट थापाथली इन्जिनियरिङ क्याम्पसमा समानुपातिकतर्फ एकजना सदस्य निर्वाचित भएका छन् ।
Leave a Reply