भर्खरै :

चीन–रूसको सम्बन्धले ‘आपसी घनिष्ट सही तरिका’ देखाउँछ

चीन–रूसको सम्बन्धले ‘आपसी घनिष्ट सही तरिका’ देखाउँछ

मार्च २० का दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानबाट मस्को पुगेर रूसको राजकीय भ्रमण सुरू गर्नु भयो । मस्कोस्थित भानुकोभो आन्द्रेई टुपोलेभ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले द्विपक्षीय सम्बन्ध र साझा सरोकारका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याका साथै चीन–रूस रणनीतिक समन्वय र व्यावहारिक सहकार्यको योजना तयार गर्ने विषयमा राष्ट्रपति पुटिनसँग गहिरो वैचारिक आदानप्रदान गर्नसक्ने आशा व्यक्त गर्नुभयो । त्यसअघि सी चिनफिङले रूसी सञ्चारमाध्यममा हस्ताक्षरित लेख प्रकाशित गर्दै अन्तर्राष्ट्रिय परिस्थितिको उतारचढावको परीक्षामा दुई देशबिचको सम्बन्धको मुख्य साँचो ‘एक अर्कासँग सही तरिका’ खोजेको बताउनुभयो । उहाँले आगामी दिनमा चीन–रूस सम्बन्धको व्यापक विकासका लागि सकारात्मक अपेक्षा पनि व्यक्त गर्नुभयो ।
सी चिनफिङ चीनका राष्ट्राध्यक्षमा पुनः निर्वाचित भएपछि यो पहिलो राजकीय विदेश भ्रमण हो । चीन र रूसबिचको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई चीनले उच्च महत्व दिएको देखिन्छ । चीन–रूसको परिपक्व र दृढ सम्बन्धले विश्वको सुरक्षा र स्थिरता कायम राख्नको लागि उपभोगी हुने छ । यसले दुई देशका जनतामात्र नभई विश्वको विकास र प्रगतिमा ठूलो योगदान दिनेछ ।– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *