प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
काठमाडौँ, ९ चैत । आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सहभागी हुन नेपाल मजदुर किसान पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ता ग¥यो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा केन्द्रीय सचिवालयको फागुन ९ गते बसेको बैठकले चितवन क्षेत्र नं.२ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको थियो भने चैत ९ गते बसेको बैठकले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । सो निर्णयअनुसार पार्टीका सचिव पे्रम सुवालले निर्वाचनमा भाग लिन आयोगमा पार्टी दर्ता गराउनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं. २ का सांसद रबि लामिछानेको अमेरिकी र नेपाली दोहोरो नागरिकता भएको ठहर गरी सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य खारेज गरेको थियो । तनहुँ क्षेत्र नं. १ बाट नेकाका सांसद रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति पदमा र बारा क्षेत्र नं. २ बाट जसपाका सांसद रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएपछि ती दुवै क्षेत्रमा आगामी वैशाख १० गते नै निर्वाचन हुने सूचित गरिएको थियो ।
निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते निर्वाचन गर्ने र सोको लागि पार्टी दर्ता गर्न २०७९ फागुन ६ गते सूचना प्रकाशित गरेको थियो भने तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नंं. २ मा पनि वैशाख १० गते नै निर्वाचन गर्ने सूचना चैत ७ गते प्रकाशित गरेको थियो ।
सिद्धान्तहीन निर्वाचन गठबन्धन र सरकार गठन, शासक दलहरूबिचको सिंहदरबार र भ्रष्टाचारको समेत भागबन्डाको विरोधमा नेपाल मजदुर किसान पार्टी सडक र सदनमा सङ्घर्ष गर्दै आएको हो । नेपाल मजदुर किसान पार्टीको स्पष्ट मत हो– निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरजस्तै हो । नेपाल मजदुर किसान पार्टीलाई प्राप्त मतले आमूल परिवर्तन (क्रान्ति) को परिस्थिति परिपक्व हुँदै छ भन्ने सङ्केत गर्छ । नेपाल मजदुर किसान पार्टीले गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ५८ जिल्लामा उम्मेदवारी दिएको थियो ।
नेपाल मजदुर किसान पार्टीले उपनिर्वाचनमा अगाडिझँै नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनालाई नेपाली सेनाको ब्यारेक कब्जा गराउने एसपीपी साझेदारी, २०६३ सालयता जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक, सार्क विद्युत् ग्रीडको नियन्त्रण दिल्लीमा राख्ने सार्क देशहरूबिचको बहुपक्षीय सन्धि खारेजीलगायत देशघाती सन्धि सम्झौता खारेज गराउन जोड दिनेछ ।
विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, युवालाई स्वदेशमा रोजगारी, देशभित्र रासायनिक मल कारखानाको स्थापना गराउने विषयलाई पनि नेपाल मजदुर किसान पार्टीले उपनिर्वाचनमा जनताबिच राख्नेछ ।
चेलीबेटी बेचबिखन, मानव तस्कर र महिलालाई बलात्कारपछि हत्या गर्ने, व्यक्ति बेपत्ता पार्ने, ठूलठूला भ्रष्टाचारी, कालाबजारी र तस्करहरूलाई संविधान संशोधन गरेर मृत्युदण्डको सजायसमेत दिलाउनेबारे नेपाल मजदुर किसान पार्टीले उपनिर्वाचन प्रचारको क्रममा जनतालाई सचेत र शिक्षित गर्नेछ ।
नेपाली भूमि कालापानीबाट भारतीय सेना फिर्ता पठाउने, दार्चुलामा महाकाली नदी मिचेर भारतले उठाएको ढुङ्गाको पर्खाल भत्काउने, नेपाली भूमि लिम्पियाधुरासम्म नेपालको प्रशासनिक उपस्थिति गराउने, एकहत्तरभन्दा बढी ठाउँमा ६० हजारभन्दा बढी हेक्टर भारत अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउने विषयलाई पनि नेपाल मजदुर किसान पार्टीले उपनिर्वाचनमा जोडका साथ उठाउनेछ ।
वर्तमान पुँजीवादी व्यवस्थाले केही व्यक्तिको मात्र हित हेर्ने हुँदा सबैको हित हेर्ने समाजवादी व्यवस्था नै अपरिहार्य भएको बारे नेपाल मजदुर किसान पार्टीले उपनिर्वाचनमा जनतालाई शिक्षित र सचेत पार्नेछ ।
Leave a Reply