इमानदार कार्यकर्ताहरूलाई प्रतिक्रियावादीहरूले अनेक जालझेल रचेर फसाउन सक्नेप्रति सचेत हुनुपर्ने
- भाद्र १५, २०८३
काठमाडौँ, ९ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुँजीवादी सरकारको विरोध गर्ने अधिकार जनतालाई भएको उल्लेख गर्दै प्रधानमन्त्रीसँग आफ्नो समस्या राखेकाहरूलाई दमन र पक्राउ गर्न नहुने विचार राख्नुभयो ।
‘हेडलाइन’ नेपाल टीभीका सञ्जीव रेग्मीसँग बिहीबार भएको अन्तर्वार्तामा सांसद सुवालले प्रधानमन्त्री उम्मेदवार पार्टी र प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टीहरूले गोर्खा भर्ती, एमसीसी सम्झौता, एसपीपी साझेदारी, नागरिकता विधेयकलगायत देशघाती सन्धि–सम्झौता खारेज गर्ने र किसानलाई रासायनिक मल उपलब्ध गराउने, युवालाई स्वदेशमा रोजगारी दिने, शिक्षा–स्वास्थ्य निःशुल्क गर्ने, भारत अतिक्रमित भूमि फिर्ता लिनेलगायत प्रतिबद्धता व्यक्त नगरेको हुँदा नेपाल मजदुर किसान पार्टीले माओवादीका प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिएको स्पष्ट पार्नुभयो ।
सिंहदरबार कब्जा गरी देश र जनताविरूद्ध काम गरेका शासक दलहरू राणा र पञ्चायत शासनजस्तै समाप्त हुने उल्लेख गर्दै सांसद सुवालले निहत्था जनताको हत्या, बलात्कार, बेपत्ता र यातनामा संलग्न जोसुकैलाई पीडितको सहमति भए पनि सजाय हुने सङ्क्रमणकालीन न्यायअन्तर्गत पर्ने बताउनुभयो ।
सांसद सुवालले युक्रेनमा रूसविरूद्ध युद्ध अमेरिकाले गरेको उल्लेख गर्दै युक्रेनको युद्ध अन्त्य गर्न लागिपरेका रूसी राष्ट्रपति पुटिनविरूद्ध युद्ध अपराधको अमेरिकी आरोप एसियामा तेस्रो विश्व युद्ध गराई हतियार बेच्ने हो† अफगानिस्तान, इराक, लिबिया, सिरियालगायत देशमा युद्ध गरी लाखौँ जनतालाई मुत्युको मुखमा पु¥याउने अमेरिकी राष्ट्रपतिहरू विरूद्ध युद्ध अपराधको मुद्दा चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुँजीवादी व्यवस्थामा गएका शासक दलहरू पुँजीपतिवर्गको सञ्चालक समिति हुने र पाँच पटक मन्त्री भएकाले मन्त्री हुने भनेको भ्रष्टाचारीको पर्याय भएको संस्मरण लेखेको हुँदा नेपाल मजदुर किसान पार्टी समाजवादी व्यवस्थामा मात्र सरकारमा जाने स्पष्ट गर्नुभयो ।
Leave a Reply