स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
नेपाल मजदुर किसान पार्टी गौरव गर्न लायक, देशभक्त, सिद्धान्तनिष्ठ र जनताको पार्टी देखिन्छ । योबाहेक बाहिरीरूपमा हेर्दा यहाँ विभिन्न नाम र सिद्धान्तका धेरै दलहरू छन् । तर, गहिरिएर हेर्दा तिनीहरू सबै एउटै देखिन्छन् । यिनीहरूको तरल स्वभावबारे अनुमानसम्म गर्न सकिँदैन । कहिले को, कोसँग छुट्टिन्छन् र कहिले को, कोसँग मिल्छन् भन्ने केही थाहा हुँदैन । केही समय अलग्गिए पनि, कहिले कोसँग र कहिले कोसँग गर्दै अन्ततः सबैजना सबैसँग मिलेर सत्ताको स्वाद लिने गरेका छन् । यसरी हेर्दा सत्ताप्राप्ति नै उनीहरूको उद्देश्य देखिएको छ । त्यसैले त यहाँ पालैपालो एकले अर्कोलाई प्रधानमन्त्री बनाउँछन् ।
एकतामा बल हुन्छ भनेको साँच्चै हो रहेछ । भ्रष्टाचार गर्नुपर्दा सकेसम्म मिलेरै गर्छन् र कसै गरी घटीबढी भएको कुरो आफैँबाट खुस्कियो भने पछि सुधार्छन् । भूलचूक लिनेदिने भनेजस्तो एकअर्काले लगाएको गुन तिरातिर गर्छन् । परिआएको बेलामा एकअर्कालाई मिलेरै बचाउँछन् । कति राम्रो राजनीतिक अभ्यास र मानवीय परम्परा ¤ यही त रहेछ नयाँ नेपाल ¤
जनताका दुःख, पीडा, समस्या कहालीलाग्दा छन् । तर, तीसँग सत्तासीनहरूलाई कुनै मतलब छैन । काग कराउँदै छ पिना सुक्दै छ भनेजस्तो पारामा उनीहरूको रातदिनको बहस, छलफल, वार्ता, मोलमोलाइ, घुर्की लगाइ, पदीय भागबन्डामै केन्द्रित छ । लोककथाको अन्त्यमा सुन्नेलाई सुनको माला भन्ने चलन छ । त्यसैले हामी पनि भाषण सुन्छौँ, समाचार पढ्छौँ, उहाँहरूको पदीय खानपानको चर्चा गछौँ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पनि त छ ¤
केही समयअघि ‘नेपालीहरू आइ.क्यू. मा संसारमै कमजोर’ रहेको भन्ने समाचार आएको थियो । त्यसले हाम्रो मन अलि कस्तोकस्तो भएको पनि हो । हामीलाई थाहै नभएको त्यस्तो कुरा त्यो सार्वजनिक गर्नेले कसरी थाहा पाएको होला ¤ अनि हामी सबैलाई थाहा भएको ‘शासकीय सहकार्यमा उदाहरणीय बनेको नेपाल’का बारेमा त्यसलाई कस्तो थाहा नभएको होला ¤ आशा गरौँ, कुनै दिन यो कुरा पनि पक्कै सार्वजनिक हुनेछ ।
Leave a Reply