भर्खरै :

तनहुँमा नेमकिपाको चुनाव प्रचार तीव्र

तनहुँमा नेमकिपाको चुनाव प्रचार तीव्र

तनहुँ, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीले तनहुँमा वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन प्रचारप्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । बुधबार नेमकिपाका उम्मेदवार एवं अधिवक्ता रामप्रसाद प्रजापतिलगायतको प्रचार टोली तनहुँ क्षेत्र नं. १ को आबुखैरेनी, बराडी, डुम्रेसहित उत्तरपूर्वी गाउँ बजारका जनताको घरघरमा पुग्यो ।
यसैगरी बिहीबार ब्यास नगरपालिकाको दमौली बजारका गल्ली, बन्दीपुर गाउँपालिकाको ऐतिहासिक बन्दीपुर बजार र भानु नगरपालिकाको भानु चोकका जनतासँग नेमकिपाका उम्मेदवार प्रजापतिले अन्तरक्रिया गर्नुभयो ।
सो अवसरमा स्थानीय जनतासँग साक्षात्कार गर्दै नेमकिपाका उम्मेदवार प्रजापतिले देशको सार्वभौमसत्तामाथि अाँच पु¥याउने गरिएको एमसीसी सम्झौताविरूद्ध नेमकिपाले सङ्घर्ष गरिरहेको बताउनुभयो । देशको स्वाधीनता जोगाउन र देशघाती एमसीसीका मतियारहरूलाई हराउन मादल चिह्नमा मतदान गर्न अपिल गर्दै अधिवक्ता प्रजापतिले देश र जनताको पक्षमा नेमकिपाले सशक्त प्रतिपक्षको भूमिका खेल्दै आएको छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *