नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
एक वर्षभित्र नेपाली जनताले सरकारको नेतृत्व गर्ने दलका नेता र प्रधानमन्त्रीहरूले एकपछि अर्को पार्टीसँग मिलेर आफूसमेत भएको सत्ता गठबन्धनलाई त्यागेर तुरुन्तै अर्को गठबन्धन बनाई सरकारको नेतृत्व गर्ने तमासाहरू प्रदर्शन गरे । त्यो समय गाईजात्रा र हास्यव्यङ्ग थिएन बरु ३ करोड जनताको नेतृत्व गर्ने सरकारको सञ्चालनको विषय थियो ।
आज देश र जनता नयाँ वर्ष २०८० सालमा प्रवेश गरे । आज बिहान सबेरै समाचार सुनियो– ‘सरकारी खर्चमा चरम बेथिति’, ‘बेरुजू साढे ९ अर्ब ।’ महालेखा परीक्षकले बडो नरम भाषामा सरकारलाई बताए, ‘महालेखा परीक्षकको कार्यालयले दिएका सुझाव कार्यान्वयनमा ल्याए सार्वजनिक वित्तीय व्यवस्थापन, सार्वजनिक निष्ठा, सदाचार, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्छ ।’ (नागरिक, १ वैशाख २०८०)
सरकारको प्रदर्शन अत्यन्त तल्लो स्तरमा पुगेको हुनाले केही वर्षअगाडि नै शासक दलहरूलाई काठमाडौँ उपत्यका ‘नपचेको’ हुनाले ‘राजधानी’ अन्तै सार्ने जनताले सुझाव दिएका थिए । त्यसबेलाका प्रधानमन्त्रीहरू त्यसबारे मौन रहे । तर, आज काठमाडौँ महानगरपालिकाका प्रमुखले मुख खोलेरै भने, “सिंहदरबार अन्तै सार ।” (राजधानी, १ वैशाख २०८०) अर्थात् राजधानी साँगुरो उपत्यकामा राख्नु भएन, राजधानीलाई ‘सफा र सुन्दर’ राख्नु महानगरपालिकाको मात्र जिम्मेवारी होइन, ‘बालुवाटार’ र ‘शीतल निवास’ को पनि हो ।
बाहिरियाहरूले पनि खूब प्रशंसा गरिएका डा. बाबुराम भट्टराई, वैकल्पिक राजनीतिको नारा दिएका राप्रपाका रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ‘वैकल्पिक दल पनि उस्तै’ भनी ‘नयाँ शक्ति’ भनिएका पनि अस्तित्वविहीन बताए । (राजधानी, १ वैशाख २०८०)
‘सरकारी खर्चमा रोकिएन विकृति’ शीर्षकको समाचारमा ‘गत वर्ष १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु, अर्थ मन्त्रालयको सर्वाधिक बेरुजु’, लेखेर ‘राजधानी’ ले सरकारलाई अप्रत्यक्ष सकारात्मक र नरम हाँक दियो ।
आजकै ‘नेपाल समाचारपत्र’ का शीर्षक हुन्– ‘कुशासन र बेथितिको यो हद, ५० अर्बभन्दा बढी अनियमित खर्च’, ‘राजधानी अन्यत्र सार्न बालेनको चेतावनी’, ‘दस मन्त्रालयको बेरुजु, ९५ प्रतिशत’ र ‘बेरुजुको भयावह रूप ।’
वर्तमान शासक राजनैतिक दलहरूको चर्तिकलाबाट आजित भएर एक जना ७० वर्ष नाघेका चिकित्सकले एक विद्यालयको ३५ सौँ वार्षिकोत्सवको कार्यक्रममा आफ्नो मन्तव्यमा बताए, “राजनीति सिद्धान्तहीन नीचहरूको शरणास्थल हो ।” (Politics is the Last resort of Scoundrels.)
अर्को कहावतलाई पनि अघि सारे, “राजनीति यस्तो फोहर पोखरी हो, जहाँ खसेपछि ऊ त्यहीँ पौडी खेल्न मन पराउँछ ।” (Politics is like a sewage pool, once you fell into it you enjoy swimming)
हो, यसको अपवाद पनि छ, त्यो हो– देश र जनताको निःस्वार्थरूपले सेवा गर्नु ।
निरङ्कुश राजतन्त्रको विकल्प बहुदलीय बन्दोबस्त राजनीतिशास्त्रले देखाएको बाटो थियो, त्यसबेला माक्र्सवाद र लेनिनवादको उदय भइसकेको थिएन । त्यसको अर्थ हो, अत्यन्त बहुमत कामदार वर्गको हितमा सशस्त्र सङ्घर्षको प्रतिरोधी क्रान्तिको बाटो – उदाहरण सन् १९१७ को रुसी अक्टोबर क्रान्ति र १९५९ को क्युवाली क्रान्ति र अन्य समाजवादी देशहरूको क्रान्ति ¤
पुँजीवादी बहुदलवादीहरूको सिद्धान्तहीन नीचताको विरोधमा माक्र्सवादी–लेनिनवादी क्रान्तिको निम्ति परिस्थिति तयार नभएसम्म देशका बहुमत जनता राजनीतिलाई सराप्ने गर्छन् राजनीतिको साँचो बाटो पत्ता नलाग्दा !
केही देशमा राजनैतिकरूपले सचेत देशभक्त सेना, प्रहरी र गुप्तचर विभागका जवानहरूले सैनिक विद्रोहद्वारा देशमा सुशासनको आशा गर्थे । तर, नेपालको सन्दर्भमा सेना, प्रहरी र गुप्तचर विभागमा पनि पदको किचलो र भ्रष्टाचारका घटनाहरूको जनता तिनीहरूप्रति पनि आशावान् देखिएनन् । त्यस्तो कारण पुरानै राजनैतिक संस्कार र प्रजातन्त्र एवम् गणतन्त्रपछि पश्चिमी देशहरूको प्रभाव साथै सन्धि–सम्झौताको कारण तीनवटै संस्था अन्योलमा छन् । कर्मचारीतन्त्र र बैङ्कसमेत (अर्थमन्त्रीहरूको कारण) विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको प्रभावमा छन् । ती दुवै वित्तीय संस्थाहरू अमेरिकी साम्राज्यवाद र नाटोका वित्तीय हातहतियार हुन् । श्रीलङ्का र पाकिस्तानको अर्थतन्त्रको सङ्कट ती दुई संस्थाकै कारण हो । अमेरिकी साम्राज्यवादको हतियारको व्यापार र डलरको लेनदेनबाट मुक्ति नपाएसम्म तेस्रो विश्वका मुलुकहरू साँचो अर्थमा स्वतन्त्र हुन अझ धेरै सङ्घर्षको आवश्यकता रहनेछन् ।
Leave a Reply