कालीकोटमा निर्वाचन समीक्षा
- मंसिर २३, २०८१
चितवन ४, वैशाख । नेपाल मजदुर किसान पार्टीको चितवन जिल्लाको भरतपुर–नारायणगढ–चौविसकोठी–बा¥हघरे–शिवघाट–क्षेत्रपुरलगायत स्थानमा चुनाव प्रचार कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलको नेतृत्वमा भएको प्रचारप्रसार कार्यक्रममा स्थानीयवासीहरूबिच उत्साहपूर्ण छलफल र अन्तरक्रिया भयो । भरतपुर ४, लंकु चोकका स्थानीय वसन्त आचार्यले नेमकिपाको सुझबुझ, नेमकिपाको कार्यक्रम देशको हितमा भएको उल्लेख गर्दै विश्व व्यापार सङ्गठनमा नेपाल सदस्य बन्दै गर्दा नेमकिपाले संसद्मा विश्व व्यापार सङ्गठनमा नेपाल सदस्य बन्न ठीक नभएको विचार राखेको बताउनुभयो ।
वसन्त चोकमा एक ज्येष्ठ नागरिकले नेमकिपाका कार्यकर्ताहरू मत माग्दै पुग्दा खुसी हुँदै भन्नुभयो, “निराश नहुनु, शासक दलहरू भ्रष्टाचार र कमिसनमा लिप्त छन् । नेमकिपाको सशक्त विचारले एक दिन देशलाई सही बाटोमा डो¥याउन नेतृत्व लिनेछ ।”
प्रचार कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले पुँजीवादी देशहरूले विश्व बजार कब्जा गरी शोषण गर्ने भएकोले नेमकिपाले विश्व व्यापार सङ्गठनको विरोध गदै आएको बताउनुभयो ।
त्यस्तै बारा जिल्लाको गजवानीपुर, करैयामाई गाउँपालिका, सिसवा, नौतनवा, केशरीया, उम्जनलगायतका स्थानमा नेमकिपाको प्रचार तिव्र गतिमा अगाडि बढेको छ ।
बारा क्षेत्र नं १ का उम्मेदवार एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य मुक्तिप्रसाद यादवले देशको सार्वभौमिकता रक्षा गर्ने, युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने, गरिब र धनीको खाडल पुरेर आर्थिक समानता कायम राख्ने एजेन्डाका साथ अगाडि बढेको बताउनुभयो । नेमकिपाले समाजवादी गणतन्त्र स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उहाँले निर्वाचनमा जनताको राजनैतिक चेतनास्तर बढाउन र प्रतिकृयावादी शासक दलहरूको देशघाती कदम पनि नेमकिपाले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
Leave a Reply