भर्खरै :

पाकिस्तानमा साम्राज्यवादी पन्जाको कथा

पाकिस्तानमा साम्राज्यवादी पन्जाको कथा

मजुमदार माहाज, श्रम मोर्चा

बेलायती साम्राज्यवादबाट पाकिस्तानले स्वतन्त्रता पाएको ७५ वर्ष भयो । यो मुलुक संसारमा पाँचौँ ठूलो जनसङ्ख्या भएको देश हो । यो प्राकृतिक स्रोतहरूमा सम्पन्न छ । यो युवा श्रमशक्तिको हिसाबले सशक्त छ । यो देश अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र अन्य साम्राज्यवादी वित्तीय संस्थाहरूमा बाँधिएको छ । तिनीहरूकै सर्तमा पाकिस्तानले ऋण लिएको छ ।
पाकिस्तानको अर्थतन्त्र राजनीति स्थापनाकालदेखि नै साम्राज्यवादी वित्तीय संस्थाहरूबाट नियन्त्रित छ । किनभने, पाकिस्तान भएर सुदूरपूर्वसम्म तेल आपूर्ति हुन्छ ।
१९४७ मा पाकिस्तानको स्थापनाको समयमा पाकिस्तानसँग कुनै पनि महत्वपूर्ण औद्योगिक पूर्वाधार थिएन तर पाकिस्तानमा विशाल कृषि भूमि थियो, नदीहरू, पहाड–पर्वत, खनिजहरू, मरुभूमि र महत्वपूर्ण श्रमशक्ति थियो ।
पाकिस्तानको शासन सुरुदेखि नै देशमा प्रजातान्त्रिक संस्थाहरूलाई बलियो आधार बनाउन चाहने मानिसहरूको हातमा थिएन । यद्यपि, पाकिस्तानको संस्थापक मुहमद अलि जिन्हा बेलायतमा शिक्षित एक बौद्धिक चिन्तक थिए । पार्टी कार्यक्रम र अन्य रचनाहरूमा उनले खुलेर अभिव्यक्त गरेका थिए कि पाकिस्तान एक आधुनिक विकसित औद्योगिक देश हुनेछ जहाँ सबै जाति जनजातिहरू
(सबै राष्ट्रहरू) को अधिकारलाई बिनाभेदभाव सुरक्षित हुनेछ । तर, पाकिस्तानको स्थापनाको केही अवधिमै उनको निधन भयो । उनको निधनपछि पाकिस्तानमा प्रजातान्त्रिक परम्परा स्थापना गर्न नचाहने र प्रजातान्त्रिक संस्थाहरू स्थापना गर्ने कार्र्य नचाहनेहरूको हातमा प¥यो । तिनीहरू जनताको मौलिक अधिकारहरू सुरक्षित गर्न चाहन्थे । तिनीहरू प्रजातन्त्रको राजनैतिक जगलाई बलियो बनाउने कार्यको विरोध गर्थे । तिनीहरू जनताको हित असहमति राख्ने स्वार्थीहरूको वर्गहरूमा पर्थे । तिनीहरू प्रजातान्त्रिक परिपाटी र प्रजातान्त्रिक संस्थापनालाई अस्वीकार गर्थे । कुनै पनि मूल्यमा तिनीहरू प्रजातान्त्रिक परिस्थितिलाई रोक्न चाहन्थे । यसकारण, तिनीहरू विदेशी सहयोग र समर्थनमा आफ्नो शक्तिलाई बलियो बनाउन चाहन्थे ।
पाकिस्तानको स्थापनाको तत्कालै ती शासक दलहरूले अमेरिकी सहायताको सहयोगमा प्रजातन्त्रको बाटो रोक्ने सबै संस्थाहरूलाई बलियो बनाउन चाहन्थे । पाकिस्तानका माथिल्ला कर्मचारीहरूलाई युरोपेली विश्वविद्यालयहरू र अमेरिकी शिक्षालयहरूमा उच्च शिक्षा र तालिम दिएर ती देशहरूको व्यवस्थालाई बुझाउन चाहन्थे र अमेरिकी र पश्चिमी देशहरूको स्वार्थअनुसार पाकिस्तानमाथि शासन गर्न चाहन्थे ।
भारतसँग पाकिस्तान संयुक्त हुँदा त्यस क्षेत्रमा ठुल्ठुला उद्योग थिएनन् । केही औद्योगिक इकाईहरू मात्र थिए । त्यो क्षेत्र सामन्त मालिकहरूको नियन्त्रणमा थियो । तिनीहरू बेलायती साम्राज्य अर्थात् बेलायती उपनिवेशवादीहरूलाई समर्थन गर्थे । १८५७ मा बेलायत सरकारले पूर्वी भारत कम्पनी (इष्ट इन्डिया कम्पनी) हातमा लियो । पहिले भारतीय स्वतन्त्रता आन्दोलनको विरोध गर्ने ती भारतीयहरूलाई बेलायत सरकारले ठुल्ठुला भूमि क्षेत्र जागिर वा जमिनदारीको रूपमा वितरण गरेको थियो । परिवारहरूले बेलायती उपनिवेशवादीहरूको समर्थनमा काम गर्थे । त्यस्तै, ती परिवारहरूले नै अमेरिकी साम्राज्यवादलाई आजसम्म समर्थन गर्दै छन् । तिनीहरूकै सम्पत्ति, शक्ति र प्रभावबाट ती नै परिवारहरूले आजसम्म पाकिस्तानको राजनीतिमा हैकम चलाउँदै छन् ।
सन् १९४७ अर्थात् स्वतन्त्रता प्राप्तिपछि भारतले भूमिसुधार कार्यक्रमको घोषणा ग¥यो तर पाकिस्तानमा संसारका केही देशहरूमा मात्र बाँकी रहेको पुरानो सामन्ती र वन्यजातिको मुखिया प्रथा आजसम्म चालु छ । भारतीय कम्युनिस्ट पार्टीको प्रभावको कारण भारतीय स्वतन्त्रता आन्दोलनमा त्यस क्षेत्रमा आज पनि महत्वपूर्ण भूमिकाको प्रभाव बाँकी छ, खास गरेर जलसेनाको विद्रोह र भारतीय रेल मजदुरहरूको मजदुर सङ्घहरू र अन्य संस्थाहरूमा । ती हड्ताल र सङ्घर्षहरूको कारण बेलायती साम्राज्यले धेरै समस्याहरू झेल्यो । सन् १९४७ मा बेलायती शासकहरूले भारतलाई सत्ता हस्तान्तरण गर्दा भारत दुई टुक्रामा विभाजित भयो–भारत र पाकिस्तान । त्यसबेला निश्चय पनि त्यस क्षेत्रमा त्यो समयमा कम्युनिस्ट आन्दोलन स्थापित थियो । तर, त्यस परिस्थितिमा अगाडिको भूमिका खेल्न र त्यस क्षेत्रमा क्रान्ति निर्माण गर्न पुग्दो शक्ति थिएन ।
भारतको विभाजनको परिणामस्वरूप त्यस क्षेत्रको आन्दोलनले ठूलो क्षति व्यहो¥यो । त्यसकारण, भारतको विभाजनले लाखौँलाख मुसलमानहरू भारतबाट पाकिस्तानमा शरणार्थी बने, त्यस्तै ठूलो सङ्ख्यामा त्यस क्षेत्रका हिन्दू र शिखहरू भारतमा शरणार्थी भए । सन् १९४७ भन्दा पहिले शिख कामरेडहरू त्यस क्षेत्रका मुख्य व्यक्तित्वहरू थिए किनभने पश्चिम पाकिस्तानमा मुसलमान कम्युनिस्टहरू सङ्ख्यामा कम थिए । सन् १९४८ मा भारतीय कम्युनिस्ट पार्टीले सङ्गठन गर्न पठायो । पाकिस्तान दुई भागमा विभाजित थियो ः एक हजार किलोमिटरको दुरीमा – पूर्वी र पश्चिमी पाकिस्तानको रूपमा । पश्चिम पाकिस्तानको तुलनामा पूर्वी पाकिस्तान (जो पछि बङ्गलादेश बन्यो) मा कम्युनिस्ट पार्टीको काम अलि बढी हुँदै गयो ।
त्यस समयमा अन्तर्राष्ट्रिय राजनैतिक प्रवाह र विषयवस्तु बिस्तारै गम्भीर मत भिन्नताहरूमा फस्दै गयो र सोभियत सङ्घ र संरा अमेरिकाले नेतृत्व गरेका दुई शिविरमा विश्व विभाजित भयो । चीनमा जनताको प्रजातान्त्रिक क्रान्ति भयो । चीन र सोभियत सङ्घ पाकिस्तानसँग नजिक हुँदा अमेरिकी सरकार पाकिस्तानमा कम्युनिस्ट आन्दोलनको बलियो जग हालेको सहन सक्दैनथ्यो† पाकिस्तानका शासकहरू पनि त्यो चाहँदैनथे । सुरुदेखि नै पाकिस्तानका शासकहरूले अनावश्यकरूपमा निरन्तर कम्युनिस्ट पार्टीलाई बाधा दिई रहे । सन् १९५४ मा पाकिस्तानको कम्युनिस्ट पार्टीमाथि सबै प्रतिबन्ध लगाइयो । त्यसको माथिल्ला तहका नेता तथा र्कायकर्ताहरू पक्राउ परे र जेलमा बन्दी बनाइए । कम्युनिस्ट समाचारपत्रहरू, पत्रिकाहरू र प्रेस जफत गरिए ।
पाकिस्तानको स्थापनापछि पाकिस्तानका शासकहरूले आफ्ना सैन्य शक्तिलाई बलियो बनाउन संरा अमेरिकासँग सहयोग मागे । त्यसबेला सैनिक तथा आर्थिकरूपले भारतभन्दा पाकिस्तान सा¥है कमजोर थियो । सैनिक तथा आर्थिकरूपले भारत अलि राम्रो स्थितिमा थियो । बेलायतले भारत छोड्दा ती सम्पत्ति दुई भाग वा भारत र पाकिस्तानमा विभाजित गर्नुपर्ने थियो । तर, भारतले पाकिस्तानलाई भाग दिइएन । त्यस परिस्थितिले पाकिस्तानका शासकहरू आफ्नो रक्षा मामिलालाई बलियो बनाउन वा आफ्नो रक्षाका आवश्यकताहरूलाई पूर्ति गर्न अमेरिकासँग नजिक गए ।
पाकिस्तानको आवश्यकताअनुसार संरा अमेरिकाले २५ जनवरी १९५१ मा त्यस क्षेत्रका उद्देश्यहरूलाई पूरा गर्ने क्रमलाई अगाडि बढायो । त्यस परिस्थितिलाई व्याख्या गर्दै अमेरिकी राष्ट्रपति ट्रयु मेनको एउटा दस्तावेजमा उल्लेख छ– “दक्षिण एसियामा हाम्रा उद्देश्यहरूलाई अझ ठूलो शक्तिको मञ्च अगाडि बढाउने समय आएको छ । त्यस क्षेत्रका सरकारहरूका नीतिहरूलाई सहयोग गर्ने स्थितिमा हामी छौँ र सम्भावनाहरू र हाम्रो प्रभावका सीमाहरू निर्धारित गर्ने छौँ ।”
“त्योभन्दा पनि चीनको हातबाट फुत्काउन, हिन्दचीनको धम्कीहरूका सामना गर्न र दक्षिणपूर्वी एसियाको सन्तुलनले यस क्षेत्रका हाम्रा उद्देश्यहरू प्राप्त गर्नु अझ महत्वपूर्ण बन्दै छ । देखिएका धम्कीहरूलाई स्वीकार्न इच्छा शक्तिलाई दखाऊ । दक्षिण एसियामा विकास गर्ने दृष्टिकोण महत्वपूर्ण छ । यसले आपूर्तिहरूको परिपूर्तिलाई समर्थन गर्छ र संरा अमेरिका र यसका सहयोगीहरू शान्तिको समयमा होस् वा लडाइँको समयमा होस् ती आवश्यकताहरूलाई पूरा गर्नेछन् ।”
त्यस दस्तावेजले लाहोर, कराँची र विलपिंडिजस्तो सोभियत क्षेत्रको नजिक एसिया वा पूर्वको नजिक जहाँ भए पनि पाकिस्तानमा हवाई मैदानका आधारहरू थिए ।
त्यही समयमा अमेरिकी राजनीतिज्ञहरूले पाकिस्तानको महत्वलाई बुझेर साम्यवादको प्रवाहलाई सबै देशहरूमा साम्यवादको डर देखाउने नीति स्वीकारेर संसारभरि त्यसको लोकप्रियतालाई बढाउने नीति लियो । वामपन्थी उत्सुकताले टर्की र ग्रीसलाई तर्सायो र बर्लिनको भयावहताले अमेरिकालाई समाजवादी विश्वलाई घेरा हाल्न दियो ।
यी सबै परिस्थितिसँगै संरा अमेरिकाको आँखामा पाकिस्तानको प्रभावलाई यतिसम्म बढायो कि अमेरिकी विश्लेषकहरूले पाकिस्तानको सैन्य शक्तिको रूपमा बयान गरियो । केही समयपछि पाकिस्तान दक्षिणपूर्वी एसियाली सैन्य सम्झौतामा सामेल भयो ।
यहीँबाट पाकिस्तानी जनताको दुर्भाग्यको यात्रा सुरु भयो । अमेरिकाको सुरक्षाको भरोसा पाएपछि पाकिस्तानी शासकहरूले नयाँ स्वतन्त्र मुलुकलाई शक्तिशाली बनाउन दिएनन् न त तिनीहरूले देशको औद्योगिक विकासमा ध्यान दिए । त्यस परिस्थितिमा सामन्त र जातिय नेतृत्वको व्यवस्थालाई अझ बलियो बनायो । अमेरिकीहरू नै प्रजातन्त्रका नेताहरू भए र आफ्नो देशका मानव अधिकारहरूका नेता सम्झिए तर पाकिस्तानको विषयमा तिनीहरूको नीति पूर्णरूपले फरक छ । तिनीहरूले पाकिस्तानी शासकहरूलाई सहुलियतहरू प्रदान गर्दै गए ।
सन् १९६० सम्म पाकिस्तानी शासकहरूले राष्ट्रिय हितलाई बेवास्ता गरे तथा अमेरिकी उद्देश्यहरूको सेवा गर्दै गए । सन् १९५८ मा पुग्दा अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई २ करोड ५० लाख अमेरिकी डलरको पहिलो ऋण दियो ।
पाकिस्तानी सरकारले पेशावर महानगरको नजिकैको ‘बडा वीर’ हवाई अड्डालाई अमेरिकीहरूको हातमा सुम्प्यो । त्यसमा सोभियत सङ्घले चर्को आपत्ति जनाएको थियो तर पाकिस्तानी र अमेरिकी दुवै अधिकारीहरूले त्यसलाई अस्वीकार गरे । १ मई १९६० मा पाकिस्तानी क्षेत्रमा उडेको यू – २ जासुसी विमानलाई सोभियत सङ्घले गोली हानी खसाल्यो । त्यसले संसारमा पाकिस्तानको छविलाई कलङ्कित पा¥यो र सोभियत सङ्घसँग पाकिस्तानको सम्बन्ध तल्लो स्तरमा पुग्ने अनुमान गरियो ।
पाकिस्तानको राजनैतिक इतिहासमा यस्ता घटनाहरूबाट पुरै भरिएको छ । संरा अमेरिकाले जस्तै अन्य युरोपेली देशहरूले पनि पाकिस्तानी शासकहरूलाई ऋण उपलब्ध गराउँदै गए । अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कले आफ्नो शक्ति बढाउँदै लगे, तर आफ्नो देशले गर्न सक्ने जति पनि विकास गर्न सकेन । पाकिस्तानको कृषिलाई चाहिने विदेशी मुद्रासमेत पु¥याउन सकेन जसबाट दुःख र पीडालाई सुधार्न सकेन ।
पाकिस्तानसँग संसारमा सबभन्दा राम्रो नहरको बन्दोबस्त थियो । साथै, देशलाई सुहाउँदो चार आवश्यक सुहाउँदा ऋतुहरू थिए । ठूलो सङ्ख्यामा श्रमिकहरू र कालीगढहरू थिए । तर, सुरुदेखि नै दमनकारी शासनबाट कलङ्कित भयो । सारा स्रोतहरू हुँदाहुँदै अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैङ्क जस्ता संस्थाहरूबाट तिनीहरूकै कडा सर्तहरू मानेर ७५ वर्ष बानी पार्दै जाँदा ६ अर्ब डलर अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण सम्झौता ग¥यो । नत्र अझ तल झर्ने वा टाट पल्टिन्थ्यो ।
यस क्षेत्रमा साम्यवाद विरोधी अमेरिकी युद्धको कारण पाकिस्तानको प्रजातान्त्रिक बनावटलाई ध्वस्त पा¥यो तर यसको प्रजातान्त्रिक जग पनि कमजोर थियो । सन् १९७१ मा पाकिस्तानको पूर्वी भागलाई पाकिस्तानबाट टुक्रायो र त्यसलाई ‘बङ्गलादेश’ भनियो ।
यी सबै विध्वंश हुँदा हुँदै पनि पाकिस्तानका शासकहरू फेरि अर्कोपल्ट अफगानिस्तानको लडाइँमा सोभियत सङ्घको विरोधमा अमेरिकाको पहिलो नम्बरको सहयोगीको भूमिका खेल्यो । यस भूमिकाको निम्ति अफगानिस्तानका शासकहरूले अबौँ डलर पाएकै हुनुपर्छ । तर, आतङ्कवाद, लागुपदार्थको व्यापार, बन्दुकको संस्कृति, अराजकता र कानुनविहीनता पाकिस्तानी जनताको एक भाग बन्यो । साथै बलुचिस्तान र खैबर पख्तुनखवाको उद्योग र कृषिका केन्द्रहरू सुधार्नै नसक्ने गरी क्षति भयो । अफगान युद्ध हुँदै गयो । अफगानिस्तानबाट अमेरिका र यसका सहयोगीहरू शक्तिहरू अफगानिस्तान छोड्दै छन्, पुनः एक पल्ट त्यहाँ ‘तालिवान’ को सरकार स्थापना हुँदै छ । तर, पाकिस्तानी अर्थतन्त्र धुजाधुजा भयो । कुनै देश त्यहाँ लगानी गर्न तयार छैन ।
सन् १९५८ देखि २०२२ सम्ममा पाकिस्तानले एक खर्ब २ अर्ब डलर अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता विभिन्न वित्तीय संस्थाहरूसँग ऋण लिएको छ । तर, पाकिस्तान असुरक्षाबाट अझ पीडित छ । हाम्रा आफन्तहरूका लाशहरू बुझ्न बाँकी नै छ । पाकिस्तानी वित्तीय सङ्कट घट्नुको सट्टा बढ्दै छ । नीतिहरू जस्ताका तस्तै छन् । प्रगतिशील आन्दोलनबारे यहाँ उल्लेख छैन, तैपनि पुँजीवादी प्रजातन्त्रले पनि यहाँ खुट्टा टेक्न सकेको छैन । यस देशमा सामन्ती प्रजातन्त्र अझै स्थापित छ । ६ करोड ३० लाख पाकिस्तानका कामदार वर्गमध्ये ठूलो सङ्ख्या बेरोजगारीबाट पीडित छन् । सन् २०२२ को बाढीले आधा पाकिस्तानलाई ध्वस्त बनायो । बाढीले कृषि र औद्योगिक मजदुरहरूलाई पनि नकारात्मक प्रभाव पा¥यो । पाकिस्तानको सरकार बाढीको प्रकोपसँग सामना गर्ने स्थितिमा छैन । बाढी पीडितहरूलाई सहयोग गर्न सारा संसारलाई पाकिस्तानी सरकारले आह्वान ग¥यो ।
धेरै देशहरूमा युरोप र अमेरिकासमेत रुस, युक्रेन युद्धका कारण वित्तीय सङ्कटबाट पीडित छन्, कोरोना भाइरसको कारण र अन्तर्राष्ट्रिय आर्थिक मन्दीले थला परेका छन् । मुद्रास्फीतिले सबै पुराना सीमा (रेकर्ड) लाई नाघ्यो । यस्तो परिस्थितिमा पाकिस्तानमा ३ करोड बाढी पीडित छन् । तिनीहरूको जीवन गम्भीर स्थितिबाट गुज्रँदै छ । जीवनको सम्पूर्ण बन्दोबस्त अनिश्चयमा छ ।
पाकिस्तानको प्रगतिशील आन्दोलन आफ्नो वर्ग र राजनैतिक भूमिका निर्वाह गर्न सबै विपरीत स्थितिहरूमा पनि सम्भव भएसम्म काम गर्ने कोसिस गर्दै छ ।
मजदुरहरूको सङ्घ जिन्दावाद !
सर्वहारा वर्गको क्रान्ति अमर होस् !
संसारका मजदुरहरू एक होऔँ !

अमेरिकी साम्राज्यवाद मुर्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *