सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
सन् १८३० मा संरा अमेरिकामा रेलको बाटो खुल्यो । रेलको बाटोले अलग अलग भएको स्थानीय बजारलाई व्यापक राष्ट्रिय बजारसँग जोडिदियो । त्यसले बन्द व्यापार काम–माम र जीविकालाई बढाइदियो । कल–कारखाना र उद्योग धन्दाको विकास भयो । कोइला, तामा, फलाम, तेल र काठपातहरूेजस्ता काँचा वस्तुहरूमा अमेरिका एक नसिद्धिने भण्डार नै थियो । बैङ्क, रेल, यातायात, बीमा र अरू कम्पनीहरू खुल्दै गए । १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति पूरा भयो । औद्योगिक उत्पादनको हिसाबले त्यो विश्वको पाँचौ देश बन्यो ।
सन् १८६० तिर सं.रा. अमेरिकाको जनसङ्ख्या ३ करोड १० लाख थियो । कपडा कारखानामा जम्मा ५३ लाख लट्टाईहरू थिए । इस्पातको गोलो पाताको उत्पादन १ लाख १५ हजार थियो । रेल बाटोको लम्बाई ४८ हजार किमि थियो । औद्योगिक मजदुरहरू १४ लाख पुगेको थियो । कपडा उद्योग छिटछिटै विकास भइसकेको थियो । त्यसकारण मजदुहरूको सङ्ख्या छिट्टै १८ लाख पुग्यो । त्यसमध्ये धेरै यातायातमा काम गर्थे । फेरि ८ लाख खेती मजदुरहरू थिए । उद्योगमा काम गर्ने मजदुरहरूमध्ये एउटा ठूलो भाग केटाकेटीहरूको थियो । ९–१० वर्षका केटाकेटीहरूलाई दिनको १२–१३ घण्टा काममा लगाइन्थ्यो ।
सन् १८६५ सम्ममा औद्योगिक उत्पादनमा संरा अमेरिका विश्वको चौंथो श्रेणीमा पुग्यो । १८७० तिर तेल झिक्ने उद्योगको विकास भयो । १ लाख ७० हजार मजदुरहरू त तेलको उद्योगमा काम गर्ने भए । पुँजीवादको जति जति विकास हुँदै गयो उति उति आर्थिक विषमता बढ्दै गयो । धनीहरू झन् झन् धनी हुँदै गए र गरिबहरू झन् झन् गरिब हुँदै गए । उदाहरणको निम्ति फिल्ड भन्ने एक पुँजीपतिको कुरा लिऊँ । त्यस पुँजीपतिको कारखानामा काम गरेको ११ भागमध्ये दुई भागमात्रै त्यसका मजदुरहरूले पाउँथे । अरू सबै पुँजीपतिको पेटमा जान्थ्यो । मजदुरहरूले जति जति काम गर्दै जान्थे उति उति पैसा पुँजीपतिको पेटमा पुग्थ्यो । काम गर्ने मजदुरहरूले एक छाक पनि राम्रो खाना खान पाउँदैनथे । तर तिनीहरूकै कमाइबाट त्यस कारखानाका मालिकलाई दिनको ९ हजार रूपैयाँ माथिल्लो स्तरको खाना खान पुग्थ्यो । एक मजदुरले दिनको २ डलर ज्याला पाउँथ्यो भने एक मालिकको आम्दानी घण्टाको ५०० देखि ७०० डलरसम्म पुग्थ्यो ।
त्यस पुँजीपतिको ज्यासलमा एक दिनमा लोग्ने मानिसहरू, स्वास्नी मानिसहरू र केटाकेटीहरू गरेर जम्मा १० हजार मजदुरहरू काम गर्थे । सयकडा ९५ मजदुरहरूले हप्तामा १२ डलर अथवा त्यो भन्दा कम पाउँथे । दिनभरि झुकेर सिलाइको काम गर्ने आइमाईहरूले हप्ताको ६ डलर ७५ सेन्ट पाउँथे । त्यसको अर्थ मजदुहरूले आधा पेटमात्रै खाएर काम गर्नुपर्दथ्यो । दिनभरि काम गरिसकेपछि तिनीहरू आफ्नो छाप्रो डेरामा फर्कन्थे । भोलि फेरि काम गर्न जानैपथ्र्यो । सबभन्दा सस्तो वस्तु सुख्खा रोटी थियो । घ्यू भनेको त सा¥दै माथिल्लो खाना थियो । बिहानको खाजा भनेको त कफी र सुख्खा रोटी थियो । दिउँसोको मुख्य खाना एक टुक्रो प्याजसँग रोटी खाइन्थ्यो । सँगै माछाको एक टुक्रो अथवा नरम दूध रोटी हुन्थ्यो । अथवा सखर वा कुनै गुलियो वस्तुसँग रोटी निल्नु पर्दथ्यो । राति एक टुक्रो सुंगुर या गाईको मासु, गर्मीमा गन्हाएको तरकारीसँग रोटी खाइन्थ्यो । पिउने कुरामा चिया मात्रै हुन्थ्यो । मजदुहरूसँग मुस्किलले एकजोर लुगा हुन्थ्यो । डेराको बहाल कम गर्न एउटै कोठामा पनि ८–१० जवान मजदुरहरू बस्ने गर्थे ।
सन् १८७०– १८८० को बेला संरा अमेरिकाको श्रमिक आन्दोलनको इतिहासमा एक महत्त्वपूर्ण अवधि थियो । मजदुरहरू लामो समयको काम र कम ज्यालाको विरोधमा लड्थे । तिनीहरू आफ्नो पक्षको कानुन बनाउन लगाउन आर्थिक र राजनैतिक सङ्घर्षहरू गर्थे । रेलका बाटोहरू बनाउने र कोइला खानीमा काम गर्ने मजदुरहरूको ठूल ठूला हड्तालहरू भए । १८७० तिर भएका ती हड्तालहरू सा¥है दरो ढङ्गका थिए र ती सङ्घर्षहरू कहिले केही सशस्त्र भिडन्तमा समेत बदलिन्थे । अमेरिकी पुँजीपति वर्ग ती हड्ताल र सङ्घर्षहरूलाई साहै निर्दयतापूर्वक दबाउँथे ।
सन् १८७७ मा संरा अमेरिकामा पहिलोचोटि देशव्यापी रेल बाटोका मजदुरहरूको हड्ताल भयो । त्यस ऐतिहासिक हड्ताललाई दबाउन अमेरिकी पुँजीपति वर्गले सेना र स्वयंसेवक नाउँका हुल्याहा र गुण्डाहरूलाई उपयोग ग¥यो । पुँजीपतिहरूको प्रेस र अखबारहरूले ती हड्तालहरूलाई कम्युनिस्ट षडयन्त्र भनेर घोषणा गरे र त्यसलाई दबाउन माग गरे । रेललाई रोक्न खोज्ने मजदुहरूमाथि सेनाद्वारा गोली हान्न दिए ।
तर सरकार र पुँजीपति वर्गको दमनले अमेरिकी मजदुर वर्ग लत्रेनन् । अरू औद्योगिक मजदुर र किसानहरूले त्यस रेलवे मजदुहरूको हड्ताललाई समर्थन गरे । पिटसवर्ग, बाल्टिमोर, शिकागो र अरू मुख्य–मुख्य सहरहरूमा हड्ताली मजदुहरू र सिपाहीहरूको बीचमा चर्काचर्की र भिडन्तहरू भए । ती भिडन्तहरूमा कमभन्दा कम तीन सय मजदुरहरू मारिए । पिटसवर्गको सेनाको गोलीबाट मारिएका मजदुरहरूको लास जहाँतहाँ छरिएको थियो । ती मजदुरहरू वास्वतमा आफ्नो न्यायोचित मागका निम्ति लडेका थिए । तर, पुँजीपति वर्गले मजदुर वर्गको त्यस न्यायोचित मागलाई अपराध सम्झे र गोली चलाएर हत्याकाण्डहरू मचाए । त्यस हत्याकाण्डबाट सारा अमेरिकी मजदुहरूमा ठूलो आक्रोसको लहर फैलेको थियो । एक पुँजीवादी अखवार अनुसारै हत्याकाण्डमा परेका मजदुहरूका आइमाईहरू रोइरहेका थिए र तिनीहरू आफूलाई विधवा बनाउनेहरूलाई सरापिरहेका थिए । यसको अर्थ हो – मजदुरहरूका स्वास्नी मानिसहरू र महिला मजदुरहरू समेत पुँजीपति वर्गको अन्याय अत्याचारको विरोधमा सङ्घर्ष गर्दै थिए ।
पुँजीपति वर्गको निर्दयी दमनबाट संरा अमेरिकाको मजदुर हड्तालले हान्यो । तर, १८८० तिरको ती हड्तालहरूले संरा अमेरिकाको सम्पूर्ण मजदुर वर्गलाई ब्युँझाइदियो । देशभर ८ घण्टाको आन्दोलन सुरु भयो । हड्तालहरू र आन्दोलनहरूलाई दबाउन सरकारले आफ्नो सेना र पुलिसलाई प्रयोग गरेर निर्दयताको एक अर्को उदाहरण प्रस्तुत ग¥यो । त्यस दमनले अमेरिकाको दक्षिणी मुख्य राज्य टेक्सासदेखि मध्य अमेरिकाको सेन्ट लुई राज्यसम्म मजदुरहरूको रगत बग्यो ।

तर बलिदान खेर गएन । १८८६ मा संरा अमेरिकामा फेरि मजदुर आन्दोलन भयो । ८ घण्टाको कामको दिन, ज्याला बढाउने र अरू मागहरूको निम्ति संरा अमेरिकाका मजदुर वर्ग जुरमुरिएर उठे । त्यो आन्दोलनलाई पनि पुँजीपति वर्गले रगतमा डुबाइदियो । त्यस आन्दोलनलाई आज १ मईको आन्दोलनको नामले सबै जान्दछन् । १ मई १८८६ को त्यो आन्दोलन आज मजदुर दिवसको रूपमा सारा संसारमा मनाइन्छ । आज संसारमा धेरै देशका मजदुहरूले ८ घण्टाको कामको दिन पाएका छन् ।
१ मईको आन्दोलन
पुँजीपति वर्गले मजदुर वर्गलाई जति जति दबाउँदै जान्थ्यो, उति उति तिनीहरू पहिलेभन्दा सङ्गठीत र सचेत हुँदै जान्थे । समाजवादी विचारधारा फैलिदै गयो । ऐंगेल्स फ्रेडरिक एडोतफ सोर्गेमार्फत अमेरिकाको मजदुर आन्दोलनबारे जानकारी राख्नुहुन्थ्यो ।
सन् १८८४ को गर्मी महिनामा फ्लोरेन्स केली विस्चेवेत्की भन्ने २५ वर्षकी एक अमेरिकी केटी जुरिच विश्वविद्यालयमा अध्ययन गर्दै थिइन् । तिनले समाजवादी विचारधारालाई स्वीकार गरिन् । तिनले ऐंगेल्ससँग उहाँको ‘बेलायतमा मजदुर वर्गको अवस्था’ भन्ने किताब अमेरिकामा प्रकाशित गर्न अनुमति मागिन् । ऐंगेल्सले त्यस अनुवादलाई सम्पादन गर्ने वचन दिनुभयो । घर फर्कँदा १८८६ को शरदमा तिनले लण्डनमा ऐंगेल्स भेटिन् । तिनले पनि ऐंगेल्ससँग अमेरिकी मजदुर आन्दोलन र समाजवादी सङ्गठनबारे चिठ्ठी–पत्र गर्थिन् । ४० वर्ष पुरानो आफ्नो किताब अमेरिकामा छाप्ने कुरोले ऐंगेल्स खुसी हुनुभयो । त्यसबेला अमेरिकाको उद्योगको अवस्था १८४४ तिरकै बेलायतको अवस्थासँग मिल्दोजुल्दो थियो । मजदुर वर्गको अवस्थामा सुधार ल्याउने, कामको दिनलाई छोट्याउने, स्वास्नी मान्छे र केटाकेटीको श्रमको शोषणको विरोध गर्नेजस्ता विषयमा कुरा मिल्दथ्यो । १८८६ को सुरुमा त्यस अनुवादलाई ६ हप्ता लगाएर ऐंगेल्सले सम्पादन गर्दै हुनुहुन्थ्यो ।
त्यसैबेला अमेरिकामा मजदुर आन्दोलन फेरि चर्किँदै थियो । १८८६ को सुरुमै ठूल ठूला औद्योगिक केन्द्रहरूमा ८ घण्टाको कामको दिन प्रचार आन्दोलन अगाडि बढ्न थाल्यो । त्यस आन्दोलनमा ३ लाख ५० हजारभन्दा बढी मजदुरहरू सम्मिलित थिए । आन्दोलनले बडो राम्रोसँग सफलता हासिल गर्दै थियो । २९ अप्रैल १८८६ मा ऐंगेल्सलाई एक पत्र प्राप्त भयो । त्यसमा लेखिएको थियो– पहिलोचोटि त्यहाँ अङ्ग्रेजी बोल्ने मजदुरहरूमा साँचो व्यापक आन्दोलन भएको छ ।……..अहिले पनि तिनीहरू अँध्यारोमा छामछाम छुमछुम गर्दैछन्, अस्पष्ट र अचेत छन् जसलाई हटाउन सकेनन् । तर, यो ठीक हुनेछ, आन्दोलनले आफ्नो गल्तीहरूबाट सिक्नुपर्छ र सिक्दै विकास गर्नेछन् ।
१ मई १८८६ को दिन संरा अमेरिकामा मजदुर वर्गले देशव्यापी हड्ताल गर्ने तयारी गर्दै थिए । त्यसबेला पुँजीपति वर्गले मजदुहरूलाई १४–१५ र १८ घण्टासम्म काम गराउँथ्यो । यसकारण मजदुरहरूको मुख्य माग थियो ज्याला बढाउने र ८ घण्टाको कामको दिन । १ मईको दिन देशभर सबै कलकारखाना र यातायात बन्द गर्ने तयारी थियो । तर, पुँजीपति वर्ग र तिनीहरूको भतुवा प्रेस र खबरकागतहरूले त्यस देशव्यापी हड्ताललाई ‘कम्युनिस्ट विद्रोह’ भनेर होहल्ला मच्चाए । हड्तालीहरू माथि बम हान्नुपर्छ र दबाउनुपर्छ भनेर तर्साउने र भड्काउने कामहरू गरे । हड्तालमा भाग लिने मजदुरहरू र मजदुर नेताहरूलाई हत्या गर्ने धम्की समेत दिए । तर, अमेरिकी मजदुर वर्ग धम्की र भड्काउने कुराको अगाडि झुक्न मानेनन् र १ मईको दिन देशव्यापी हड्तालको निर्णयमा अडिरहे ।
संरा अमेरिकाको उत्तरमा शिकागो भन्ने एउटा सहर छ । त्यो सहर इरी दहको नजिकै या किनारामा छ । त्यहाँ मासु र खेतीका मालसामान उत्पादन गर्ने उद्योगहरू धेरै थिए । स्थानीय कल–कारखानाका मालिक पुँजीपतिहरू र तिनीहरूकै पैसामा पालिएका प्रतिक्रियावादी अखबारहरू एक भए । हुन त पुँजीवादी देशका ठूल– ठूला अखबारहरू धेरैजसो पुँजीपति वर्गकै हुन्छन् । पुँजीवादी विचारधारा प्रचार गर्न, आफ्नो सामानको विज्ञापन दिन र लोकमत आफ्नो पक्षमा लिन र नाफा खान अखवार चलाउन दिएको हुन्छ । ती पुँजीपति वर्ग र प्रतिक्रियावादी अखबारहरू मिलेर हड्ताललाई निर्दयतापूर्वक दबाउने निधो गरे र सो अनुसार तयारी गरे । बाहिरबाट थुप्रै सिपाही, पुलिस, डाकु, गुण्डा र जासुसहरू ल्याएर शिकागो सहर भरिदिए । पुँजीवादी अखबारहरूले लेख्न थाले ‘सडकको हरेक बत्तीको खम्बालाई एक कम्युनिस्टको लासले सिंगार्नुपर्छ ।’ प्रतिकृयावादी अखबारहरूले माग गरे– ‘हुलदङ्गालाई गोली र तिनीहरूका नेतालाई डोरी ।’ शिकागोका मजदुर वर्ग पुँजीपति वर्गको त्यो धम्कीबाट पछि हट्ने कुरै थिएन । आफूलाई पशुसरह व्यवहार गर्ने शोषण र अन्याय अत्याचार गर्ने वर्ग शत्रुलाई मजदुरहरू सा¥है घृणा गर्थे । वर्ग शत्रुको विरोधमा लड्न तिनीहरूको रगत उम्लिरहेको थियो ।
स्रोतः ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट
Leave a Reply