खेलकुदमा गरिएको लगानीलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड
- भाद्र १, २०८३
काठमाडौँ, १६ वैशाख । कीर्तिपुर नगरपालिका वडा नं. ५ र जनसेवा व्याडमिन्टन समूहको संयुक्त आयोजनामा दोस्रो कीर्तिपुर नगर वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शनिबारबाट सुरू भयो ।
प्रतियोगताको उद्घाटन कीर्तिपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले गर्नुभएको थियो ।
वडास्तरीय ४१ टीम र भेट्रान्स (४५ वर्ष उमेर पूरा भएका) २१ टीमले सहभागिता जनाएको उक्त प्रतियोगिता वैशाख २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
Leave a Reply