रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
भक्तपुर, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागअन्तर्गत पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूले सामुदायिक अध्ययनको सिलसिलामा भक्तपुर नगरपालिका वडा नं. ७ (साबिकको वडा नं. ६ र ७) का घरहरूमा गई स्वास्थ्यसम्बन्धी विभिन्न तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको छ ।
उक्त एकमहिने सामुदायिक अध्ययनको क्रममा सङ्कलित विभिन्न स्वास्थ्यसम्बन्धी तथ्याङ्क प्रस्तुतीकरण तथा जनचेतनामूलक नाटक प्रदर्शनी कार्यक्रम बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले नागरिकहरूको स्वास्थ्यसम्बन्धी जानकारी लिन नर्समार्फत नगरवासीहरूको स्वास्थ्य तथ्याङ्क सङ्कलन गर्दै आएको र नगरवासीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न रोगसम्बन्धी स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
नर्सिङ पेसा आफैमा सेवाभाव र बिरामीहरूको स्वास्थ्य रक्षासँग सम्बन्धित संवेदनशील पेसा रहेको बताउँदै यस्तो कार्यमा आबद्ध हुने नर्स तथा चिकित्सकहरूलाई सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान दिनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
घरदैलो नर्सिङ कार्यक्रमले नगरको सबल र कमजोर पक्ष थाहा पाउन मद्दत पुगेको चर्चा गर्दै उहाँले नर्सिङ पेसालाई मर्यादित र सेवामुखी बनाउनु आजको आवश्यकता हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले वडाको तथ्याङ्क सङ्कलनले वडाको वास्तविक अवस्था, समस्या तथा चुनौती थाहा पाउन मद्दत पुगेको बताउँदै वडावासी जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन भक्तपुर नपा वडा नं. ७ स्थित खँचामा स्वास्थ्य केन्द्र निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले बढ्दो उमेरसँगै रोगको जोखिम बढ्दै जाने हुँदा रोगलाई हेलचेक्र्याइँ गर्न नहुने बताउँदै वडामा रहेका सक्रिय जनसङ्ख्याले वडाको विकास र प्रगतिमा सकारात्मक भूमिका पुग्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका विभागीय प्रमुख ईश्वरी डंगोल, विद्यार्थी दीपिका माक र सहाना लागेजुलगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले सामुदायिक स्वास्थ्यअन्तर्गत वडा नं. ७ मा सङ्कलन गरेको वडाको शैक्षिक, पारिवारिक, पेसागत, स्वास्थ्य, रोजगारीलगायतको अवस्थाबारे तथ्याङ्क प्रस्तुतीकरणका साथै विद्यार्थीहरूले जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले वडाका ३९० घर परिवारको तथ्याङ्क सङ्कलन गरी त्यहाँको सामाजिक, शैक्षिक, पेसागत प्रगति र चुनौतीहरूबारे प्रस्तुतीकरण देखाएका थिए ।
Leave a Reply