कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, २८ वैशाख । कीर्तिपुर प्रहरी वृत्त कार्यालयको आयोजनामा कीर्तिपुर नगरपालिकाको सभा हलमा समुदाय–प्रहरी साझेदारी पालिका समिति पुनःगठन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कीर्तिपुर प्रहरी वृत्तका नायव उपरीक्षक राजु लामाले कीर्तिपुर प्रहरी वृत्तले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको गतिविधिबारे प्रस्ट पार्नुभएको थियो ।
बाग्मती प्रदेशसभा सदस्य पुकार महर्जनले समुदाय–प्रहरी साझेदारीको आवश्यकताबारे प्रहरीलाई समुदाय र समुदायको लागि प्रहरी एक आपसमा समन्वय हुनुपर्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले पार्टीलाई आतिथ्यको आमन्त्रण गरेर आसन ग्रहण नगराएकोमा विरोध गर्दै प्रहरीभित्र पनि ३ प्रतिशतको अप्रजातान्त्रिक नीतिको मतियार रहेको बारे सचेत पार्नुभयो ।
नगरपालिका पनि ३ प्रतिशतको मतियार बनेको उहाँले सचेत गराउनुभयो ।
शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा कीर्तिपुर प्रहरीको कार्य सकारात्मक रहेको बताउँदै उहाँले सुरक्षा निकायले हरेक गतिविधि निश्चित समयमा गर्नुपर्ने बताउनुभयो ।
समुदाय–प्रहरी साझेदारी पालिका समितिमा नगर प्रमुख संयोजक हुने प्रावधान संशोधन गरी समुदायको तर्फबाट नेतृत्वमा जाने बन्दोबस्त गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा ज्ञानेन्द्र महर्जनले भ्रष्टाचारमा ठूलो माछा पक्राउ गर्न सफल भएकोमा प्रहरीको प्रशंसा गर्दै प्रहरीको कमजोरी सच्याउन पनि सुझाव दिनुभयो ।
जिल्ला प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सीताराम रिजालले प्रहरीको जिम्मेवारी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा समुदायको ठूलो हात रहेको साझेदारी कार्यक्रम अघि सारेको बताउनुभयो ।
शान्ति सुरक्षा कायम राख्न प्रहरी वृत्त सदैव सक्रिय रहेको बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यले समाजको लागि प्रहरी समुदायले जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले कीनपा ६ वडामा नवजात शिशु फाल्ने क्रम बढेकोमा प्रहरीले विशेष निगरानी गर्नुपर्ने बताउनुभयो ।
जगनाथले फोहोर व्यवस्थापनमा समुदायसँग धेरे रकम उठाउनु गलत भएको बताउनुभयो ।
पत्रकार नजरमान महर्जनले पत्रकार विगतमा कीर्तिपुरको घटनाबारे जानकारी दिने कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका केशरत्न बज्राचार्यले अपराधको खाडललाई सबै मिलेर पुर्ने काम गरे मात्र समुदाय प्रहरी साझेदारीको महत्व हुने बताउनुभयो ।
अनिल श्रेष्ठले बाइक चोरी बढेकोमा प्रहरी अनुसन्धान प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
सविता महर्जनले नयाँ बजारको अव्यवस्थित पार्किङ हटाउनुपर्ने, व्यवसायी महिलाहरूलाई सामान बेचेको निहुँमा लखेटीलखेटी दुःख दिन नहुनेबारे सरोकारवाला सचेत हुन आग्रह गर्नुभयो ।
सरलगोपाल महर्जनले प्रहरी दरबन्दी बढाई शान्ति सुरक्षा दिनुपर्ने बताउनुभयो ।
कीर्तिपुर नगरका प्रमुख राजकुमार नकर्मीको सभापतित्वमा भएको कार्यक्रममा समुदाय–प्रहरी साझेदारी ट्याङ्लाफाँटका अध्यक्ष सुरेन्द्रप्रसाद उप्रेतीले र वीरेन्द्र शाक्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply