भर्खरै :

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

भक्तपुर, ५ जेठ । समाज सुधार माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८० को वैशाख सम्ममा भर्ना भएका विद्यार्थीहरूको लागि स्वागत तथा सम्मान कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा भनपा वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुर नगरपालिकाले जनभावनाअनुसार शिक्षा, स्वास्थ्य, सम्पदा र विकासमा जोड दिइआएको विचार व्यक्त गर्नुभयो । विद्यार्थीहरूले पढाइको साथै खेलकुदमा पनि जोड दिनुपर्ने औचित्यताबारे उहाँले प्रस्ट पार्नुभयो ।
विद्यालयका पूर्व प्रअ एवं सल्लाहकार लक्ष्मीनारायण दुवालले विद्यार्थीहरू अनुशासित, अध्ययनशील र जिज्ञासु हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले समाज सुधार माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको र अभिभावकहरूको विश्वासले विद्यालय आजको स्थितिमा पुगेको जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक सुरज दिदीयाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा खेलकुद शिक्षक मन्जु सुवाल, शिक्षक दिनेश मचामसी र कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूको विभिन्न सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापति र पूर्व प्रअ लक्ष्मीनारायण दुवालले सम्मान गर्नुभएको थियो । कार्यक्रम राम प्रजापतिको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *