स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
संसद बैठकमा केही सांसदहरू बोल्दै हुनुहुन्थ्यो, “आफ्नो घर बनाउनको लागि काठ नपाएर मलेसियाबाट महँगोमा किनेर ल्याउनु परेको हो ।” चितवनलगायत जिल्लाहरूमा बर्सेनि धेरै सालका रुखहरू हावाहुरी, अधिक वर्षाका कारण माटो गलेर ढल्ने गर्दछ । ढलेका सालका रुखहरू जङ्गलबाट समयमै व्यवस्थित हुनसकिरहेको हुँदैन । धेरै पुराना सालका रुखहरू ढलेर कुहिएर रहेको अवस्थामा जङ्गलमा देख्न सक्छौँ ।
जङ्गलमा वर्षौँदेखि ढलेका सालका रुखहरू कुहिएर खेर गइरहेका हुन्छन् । ती सालका रुखहरू काम प्रक्रिया नमिलेर वा कमिसन नमिलेर हो जङ्गलबाट उठ्न सकिरहेको हुँदैन । जङ्गलमा ढलेका मूल्यवान सालका रुखहरू व्यवस्थित हुनसकिरहेको छैन । त्यही सालका काठ मलेसियाबाट महँगोमा किन्नु परेको छ । बर्सेनि सालका रुखहरू हावाहुरी, वर्षाका कारण ढलेर जङ्गल घट्दै गइरहेको अवस्था छ । चोरी तस्करीबाट पनि सालका रुखहरू मासिने गर्दछन् । आफ्नै गाउँठाउँमा भएको वस्तु सहज तरिकाले उपभोग गर्न नागरिकले पाइरहेको छैन । फलाम, स्टिल, आल्मुनियमजस्ता धातुहरू भारतबाट आयात गरेर घर, भवनहरू निर्माण गर्नुपर्ने आजको आवश्यकता बनेको छ ।
हाम्रो वरपर भएका सालका रुखहरू, काठहरू कमिसन, भ्रष्टाचारको कारण उपभोक्ताले सजिलैसँग पाउन सकेको हुँदैन । भारतीय एकाधिकार पुँजीका दलाल, कमिसनखोरहरूका कारण पनि जङ्गलमा काठहरू कुहिएर खेर गइरहेको सचेत नागरिकहरूको मनमा परेको छ । खाली ठाउँमा नयाँ सालका बिरुवाहरू रोप्ने र जङ्गलमा ढलेका ठूला सालका रुखहरू घर, भवन निर्माण गर्न प्रयोग गरेमा मलेसियाबाट सालका काठ आयात गर्नुपर्ने थिएन । फलाम, स्टिल, आल्मुनियमजस्ता निर्माण सामग्रीहरूको आयातमा कमी भई व्यापार घाटामा केही कम हुने थियो ।
Leave a Reply