स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
तराईका अधिकांश क्षेत्रहरूमा मानिसहरू अत्यधिक गर्मीले छटपटिएका छन् । लामो समय पानी नपर्नु र चर्को घाम लाग्नुले खेतीपाती सुक्न पुगेको छ । दिनभर नै मानिस घर बाहिर निस्कन सक्ने अवस्था छैन । व्यापार व्यवसाय बन्द छ । खोलानालामा पानी सुकेको छ । कृषकहरू धानका बीउ तथा ब्याडहरू समयमै राख्न सकेका छैनन् । यो वर्ष मौसम अनुकूल नभई दिँदा कृषि क्षेत्रको उत्पादनमा ¥हास आउने अनुमान विज्ञहरूले गर्न थालेका छन् ।
तराई फाँटमा बोरिङमार्फत सिँचाइ व्यवस्था पनि हुने गर्दछ । समयमै वर्षा नहुँदा विकल्पको रूपमा बोरिङबाट जमिनमुनिको पानी तानेर मानिसहरू खेती गर्छन् । बोरिङमार्फत खेती गर्दा खर्चको भार धेरै पर्न जाने किसानहरूको गुनासो छ । बिजुलीको महशुल महँगो भई दिनाले हरेक क्षेत्रमा खर्च बढ्न जाने नागरिकहरूको बुझाइ छ । गर्मीमा एसि, कुलर, पङ्खा, फ्रीज अनिवार्य चलाउनुपर्ने हुन्छ । विद्युत् धेरै खपत हुन गई महशुल शुल्क बढ्न गएको छ । राज्यले नागरिकलाई विद्युत्मा कम महशुल शुल्क लिएर राहत दिन सक्नुपर्दछ । आपत्विपत्को बेलामा राज्यले नागरिकलाई हेर्ने हो । डेरामा बस्ने मानिसहरूले प्रतियुनिट १४–१५ रूपैयाँसम्म विद्युत् महशुल भुक्तानी तिर्नुपर्दछ । स्वदेशमै उत्पादित बिजुली पनि महँगोमा जनताले किन्नुपर्दछ । वर्षा समयमै नहुनाले कृषक, घर, डेरामा बसेकाहरूलाई विद्युत् महशुल बढ्न गई थप खर्चको भार बढेको छ ।
सरकार बिजुली भारत, बङ्गलादेशलगायत देशहरूमा बेच्ने भन्छ । नागरिकहरूले सहजरूपमा बिजुली उपभोग गर्न पाइरहेका छैनन् । विद्युत् सस्तो शुल्कमा विदेश निर्यातभन्दा पनि सहज र सरलरूपमा जनताले नै उपभोग गर्न पाउनु न्यायोचित हुनेछ ।
Leave a Reply