उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक हुन लाग्दा पनि देश विकास भएन, विधिको शासन भएन, सरकारको नेतृत्व छिनछिनमा फेरिरह्यो । प्रजातन्त्र जीवनपद्धतिको रूपमा विकास भएन, गणतन्त्र संस्थागत भएन । प्रजातान्त्रिक गणतन्त्रमा शासकहरूले जे पनि गर्न पाउने, जे पनि बोल्न पाउने ठाने । नत्र स्थानीय तहदेखि केन्द्रसम्म यतिको भ्रष्टाचार हुँदैनथ्यो । एक साधारण कर्मचारीदेखि मन्त्री र एक जनप्रतिनिधिदेखि नेताहरू भ्रष्टाचारमा डुब्दैनथ्यो । जो अगुवा उही हगुवा भएपछि देशले कसरी विकासलाई उचाइमा पु¥याउन सक्छ र देशको काँचुली फेर्न सक्छ ?
शासक र ठूला दलका नेताहरू सत्ता र भत्ताको लागि कहिले जुट्छन् त कहिले फुट्छन्† देशघाती काम, कमिसन र भ्रष्टाचारमा एकमत हुन्छन् । तर, सरकार ढाल्न एकले अर्काको खुट्टा तान्छन् । शासकहरूले इमानदारीपूर्वक राजनीति नगर्दा अनियमितता र भ्रष्टाचार काण्डको प्रकरणमा नेता, मन्त्री र उच्चपदस्थ व्यक्तिहरू नै फसेका छन्† फस्दै छन् । यसले शासकहरू गतिला छैनन्, दरिला छैनन् भन्ने थाहा हुन्छ । उनीहरू आफ्ना नेता, मन्त्री तथा सांसदहरूलाई भ्रष्टाचारबाट जोगाउन एकमत हुन्छन् । तर, सत्ताको निम्ति ज्यानतोड गर्छन् । सत्तामा रहेका नेता र मन्त्रीहरूले जस्तो गल्ती गरे पनि मौन रहन्छन् । गल्ती सच्याउन र सुधार्न उनीहरू आलोचना गर्दैनन् बरु गल्ती ढाक्छन् र गल्ती ढाक्न अर्काे गल्ती गर्छन् । यस्ता कामहरू भइरहेसम्म देशले विकास गर्न सक्नेछैन ।
शासकहरूले प्रजातान्त्रिक अभ्यासमात्र होइन जनताको जीवन सुनिश्चित गर्न, स्वदेशमै राजगारीको व्यवस्था गरेर आत्मनिर्भर बनाउनेतर्फ कहिल्यै चिन्तनमनन गरेनन् । सत्तामुखी राजनीतिमै अल्झिएर शासकहरू आलोपालो शासन गर्नमै केन्द्रित छन् । निर्वाचनमा जसरी भए पनि जित्ने, जसरी भए पनि सरकारको नेतृत्व गर्ने या सरकारमा सामेल भएर राजस्वमा दाइँ गर्ने शासकहरूको अन्तिम ध्येय यो पुँजीवादी व्यवस्थामै टाँसिरहनु हो भने पार्टीको मार्गनिर्देशक माक्र्सवाद–लेनिनवाद किन राख्नुप¥यो ? आफ्नो दल कम्युनिस्ट हो भनेर जनतामा किन भ्रम छर्नुप¥यो ? नाम कम्युनिस्ट राख्ने, समाजवादी मोर्चा गठन गर्ने तर काम सबै पुँजीपतिवर्गको पक्षमा गर्ने हो भने के दलको नाम र मार्गनिर्देशक सिद्धान्त फेर्नु पर्दैन र ?
के पालैपालो शासन गर्नु या रजाइँ गर्नु नै सङ्घीय गणतन्त्रको अभ्यास हो ? के त्यही हो प्रजातन्त्र ? शासकहरूले भ्रष्टाचार अन्त्य गर्ने प्रयास नगर्दा, भ्रष्टाचारीमाथि कारबाही नगर्दा अझ भ्रष्टाचारीहरूको पक्षपोषण गर्दाको रोग नयाँ पुस्तामा सरेको छ । नयाँ पुस्तामा पनि पद पाउन र पैसा कमाउनकै राजनीति गर्ने हो, भ्रष्टाचार नगरिकन कसरी पैसा जोड्ने हो भन्ने रोग सरेको छ । शासकहरूले इमानदारीपूर्वक गतिलो काम गरेर नयाँ पुस्तामा उत्साह देखाउनुपर्नेमा गलत सन्देश बाँडेका छन् । यही कारण भ्रष्टाचार कमिसन र घुसको लेनदेन नभएको सरकारी निकाय, स्थानीय तह बिरलै मात्र छ । यस्ता शासकहरूको कारण समाज भ्रष्टाचारमुक्त हुनेछैन, शोषणरहित समाज बन्ने छैन ।
Leave a Reply