भर्खरै :

शिक्षाशास्त्रको अध्ययनप्रति शिक्षासेवी र बुद्धिजीवीको सजगता खोइ ?

शिक्षाशास्त्रको अध्ययनप्रति शिक्षासेवी र बुद्धिजीवीको सजगता खोइ ?

शिक्षा सङ्काय अध्ययनले हामीलाई समाजमा रहेका बालबालिका तथा अन्य मानव समुदायको उमेरगत व्यवहारलाई बुझ्न सहज बनाउँछ । यदि मानवीय व्यवहारलाई सानैदेखि बुझ्ने हो भने शिक्षाशास्त्र सङ्कायको अध्ययन गर्न जरुरी छ ।
विद्यार्थीहरूको मनोभावना बुझेर शिक्षण गर्ने हो भने तिनीहरूमा आवश्यक ज्ञान, सीप तथा धारणा निर्माण गर्न सकेमा देशको लागि उपयोगी जनशक्ति तयार गर्न सकिन्छ । तर, रोजगारी नपाएको बाध्यात्मक अवस्थामा शिक्षा नीतिलाई चुनौती दिँदै एउटै ठाउँमा केन्द्रिकृत भई खोलिएका निजी विद्यालयको कारण विद्यालय सेवामा प्रवेश गरेर रोजगारीमा सहभागी हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।
विद्यालय सेवाको लागि शिक्षाशास्त्रको अध्ययन गर्नुपर्छ भन्ने बाध्यात्मक नीति नियम नबन्दा शिक्षाशास्त्र पढ्नेहरूप्रति अन्याय भएको छ । शिक्षाशास्त्र पढ्नेहरू विद्यालयमा पढाउने जस्ता सेवामा प्रवेश गर्नेबाहेक अन्य विकल्प छैन तर अन्य सङ्कायको विद्यालय शिक्षणमा सहज प्रवेशले शिक्षा क्षेत्रमा जीवनोपयोगी सीप दिनुपर्छ भन्ने मान्यता रहेनन् । जसको कारण शिक्षाशास्त्र सङ्कायमा अध्ययन गर्ने विद्यार्थीको दिनानुदिन घट्दै आएको छ ।
शिक्षाशास्त्र सङ्कायमा देशको लागि आवश्यक जनशक्तिजस्तै शिक्षकलगायत वकिल, पत्रकार, अर्थविद्, लेखापाल, सूचना प्रविधिको प्रशासकका लागि आवश्यक आधारहरू तय हुँदै आएको छ । यसैमा शिक्षा मनोविज्ञान, पाठ्यक्रम पाठयोजना निर्माण, शिक्षाका दर्शन तथा समाजशास्त्रीय आधारको अनिवार्य अध्ययन व्यवहारिक प्रयोगको रूपमा विद्यालय शिक्षणको लागि नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित, लेखा, अर्थशास्त्र, कार्यालय सञ्चालन, कम्प्युटर, भूगोल, इतिहास, वातावरण, जनसङ्ख्या, स्वास्थ्य शिक्षा विषयहरू आवश्यकताअनुसार अध्ययन गर्न सकिन्छ ।
विभिन्न प्रकारका परीक्षा मुख्य गरेर एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएपछि समाज र टोलमा उच्च ग्रेड ब्ं वा द्यं आएपछि विज्ञान र व्यवस्थापन तथा ऋं र त्यो भन्दा कम ग्रेड आएमा मानविकीपछि शिक्षाशास्त्र पढ्न सकिने समाजमा होडबाजीको संस्कार तथा नीति योजनासमेत बनेको छ । हुन त यो बेला विद्यार्थीहरू विषय छनोटमा आफ्नो ग्रेड वा जीपीएसँगै परिवारको दबाबमा पर्ने गरेका छन् ।
कम जीपीए र ग्रेड ल्याएका विद्यार्थीहरूले शिक्षाशास्त्र पढ्छन् भन्ने मानसिकता रहेका कारण उच्च ग्रेड र जीपीए ल्याएका विद्यार्थीहरूलाई शिक्षाशास्त्र सङ्कायको अध्ययनमा रुचि जगाउन नसक्दा अन्य विषय क्षेत्रको अध्ययनपश्चात् रोजगारीको लागि विद्यालय सेवामा प्रवेशले झन्डै ३ दशकभन्दा लामो समयदेखि मौलिक शिक्षा नेपाली माटो अनुकूलको शिक्षा क्षेत्र तहसनहस बन्न पुगेको छ ।
व्यक्तिगत स्वार्थभन्दा पनि देशको भविष्यलाई मध्य नजर गरेर विषयहरूको छनोट विज्ञता हासिलले देशलाई समृद्धको बाटोमा दोहो¥याउनु नयाँ पुस्ताको दायित्व हो । आखिर जुनसुकै विषय रोजे तापनि सोहीअनुरूप समाजमा रहेका मानवीय व्यवहारलाई बुझेर समाजमा स्थापित हुने संस्कृतिको सीप सिक्न जरुरी छ ।
शिक्षाशास्त्र सङ्कायलाई कम महत्व दिँदा विद्यालयका लागि आवश्यक जनशक्ति तथा विज्ञहरूको अभाव देखिएर विद्यालय तथा विश्वविद्यालयको शिक्षामा उपयुक्त धारणा निर्माण, सीप र ज्ञान हासिल गर्न सकिरहेका छैनन् । यसले गर्दा विदेशी अनुदानको दबाबमा शिक्षा नीति र योजना निर्माणले नेपालको माटो सुहाउँदोभन्दा पनि विदेशको लागि उपयुक्त जनशक्ति निर्माण भइरहेको छ । यसले देशको आर्थिक तथा सामाजिक एवम् सांस्कृतिक परिवर्तनमा नकारात्मक असर पर्न सक्दछ ।
यसर्थ, देशको शैक्षिक क्षेत्र उकास्न र समृद्ध राष्ट्र निर्माणको लागि उच्च ग्रेड वा जीपीएका विद्यार्थीको रोजाइ शिक्षा शास्त्रप्रति रुचि जगाउन बुद्धिजीवी र शिक्षासेवीहरूको हात र मार्गनिर्देशन हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *