यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले २०५७ साउन २ गते कमैयामुक्त घोषणा गरेको थियो । बिनापूर्वाधार या बिनातयारी कमैया मुक्त घोषणा भएको पनि आज २३ वर्ष भयो । तर, अहिलेसम्म मुक्त भनिएका कमैयाहरूको जीवन सुनिश्चित छैन । वर्षाैँदेखि कमाउँदै आएको जग्गाको स्वामित्वबाट वञ्चित गर्न नै देउवा सरकारले कमैया मुक्त घोषणा गरेको थियो । सरकारले कमैयाहरूलाई मोही कायम गरेर मुक्त गर्नुपर्ने थियो । कमैयाहरूले जोतेको जग्गामा मोही कायम भएपछि कमैयामुक्त घोषणा गरेका भए उनीहरूको जीवन सहज हुन्थ्यो या भएको खेतीपाती गरेर जीवन बिताउन पाइन्थ्यो । कमैयाहरूको मोही हक नभएको कारण उनीहरू जग्गाबाट वञ्चित भए, घरबारबिहीन भए, घुमन्ते जीवन बिताउन बाध्य भए । यसरी कमैया मुक्तपछि भएको दुई दशकपछि पनि उनीहरूको जीवन कष्टकर बन्यो ।
मोहियानी हकबाट वञ्चित गर्न सरकारले मुक्तको नाउँमा कमैयाहरूलाई थोरै रकम, थोरै काठ र जङ्गल, खोला, बगरजस्ता उब्जाउ नहुने ठाउँमा केही जग्गा दिने निर्णय ग¥यो । तर, त्यो पनि सरकारले वर्षाैँसम्म उनीहरूलाई दिएन । घुमन्ते जीवन बिताउँदा बिताउँदै कति बालबालिका र वृद्धवृद्धाले घामपानी, चिसो, भोक, प्यास र चिन्ताले ज्यान छोडे । रोग, भोक र प्रकोपको कारण कतिको मृत्यु भयो । उनीहरूको जीवन सुख, शान्त र सुनिश्चित गर्नुपर्नेमा सरकारले उल्टो बर्बाद बनायो, उनीहरू भोकभोकै मरे । यसरी बिनापूर्वाधार घोषणा गरिएको कमैया मुक्तिमा त्यसबेला एमालेले पनि सहमति जनायो र ताली बजायो† कमैयाहरूलाई बिचल्ली बनायो । कमैयाहरू अहिले पनि कष्टकर जीवन बिताउन बाध्य छन् ।
जोत्दै आएको जग्गामा मोही कायम गरेर मुक्त गरिएको भए जीवन कष्टकर हुँदैनथ्यो या जीवन सुनिश्चित हुन्थ्यो । भारत र अमेरिकाले विकास र आर्थिक सहयोगको लोभ देखाएर नेपालमा नेपाल र नेपालीको अहितमा अनेक असमान सन्धि सम्झौता गरेझैँ तत्कालीन देउवा सरकारले केही पर्ती जग्गा, केही रकम र केही काठको प्रलोभन देखाएर कमैया मुक्त गरेको थियो । अहिले पनि कति कमैयाहरूले स–साना टहरा र छाप्रोमा जीवन बिताइरहेका छन् । खोला, बगरमा जग्गा पाएका कमैयाहरूको घर खेत बगाइयो, जङ्गलमा जग्गा पाएका कमैयाहरूको जीवन असुरक्षित रह्यो । ढुङ्गा माटोमा भएको जङ्गलमा खेतीपाती हुँदैनथ्यो या उत्पादन हुँदैनथ्यो । त्यसैले कति कमैयाहरू असुरक्षित रहे । तर, पनि तत्कालीन सरकारले उनीहरूको जीवन सुरक्षा र सुनिश्चितताको निम्ति कुनै भूमिका निर्वाह गरेन ।
कमैया मुक्त घोषणा जमिनदार, सामन्त, पुँजीपतिवर्ग पोस्ने कार्यक्रम हो, कमैयाहरूलाई घरबारविहीन बनाउने कार्यक्रम हो । त्यस्तो कार्यक्रममा कम्युनिस्ट भनिने एमालेले समर्थन जनायो । कमैयामुक्त हुँदाको दिन खुसी भएका कमैयाहरू समय बित्दै गएपछि पीडाको आँसु पिएर जीवन बिताउन बाध्य भए । त्यो सरकारको जनविरोधी कार्यक्रम थियो, श्रमिकवर्गको जीवन कुठाराघात बनाउने कार्यक्रम थियो । त्यसकारण, नेमकिपाले त्यसबेला नै कमैयामुक्त कार्यक्रम धोका हो, कमैयाविरोधी कदम हो भनेर विरोध ग¥यो । कमैयाहरूलाई जोत्दै आएको जग्गामा मोही कायम गरेर मुक्त गर्नुपर्ने माग अघि सारेर नेमकिपाले सडक र सदनमा आन्दोलन गरेको थियो । द्वैध स्वामित्वको अन्त्य पनि किसानविरोधी थियो । यसबाट पनि किसानहरू जग्गाबाट वञ्चित भए । द्वैध स्वामित्व अन्त्य पनि किसानहरूको मोही कायम गरेर गर्नुपथ्र्याे । तर, गरिएन । यसको पनि नेमकिपाले विरोध गरेको थियो । यसरी सरकार गरिब र किसानविरोधी देखियो ।
Leave a Reply