बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
गोरखाका संस्थापक राजा द्रव्य शाहको पालामा क्रियाशील गोर्खाली सेना पृथ्वीनारायण शाहको नेपाल एकीकरणको समयमा सुदृढ हुँदै परिचालित थियो । नेपाल एकीकरणकै क्रममा वि.सं. १८१९ मा मकवानपुर र काठमाडौँ उपत्यकाका छेउछाउका राज्यहरू जितेर काठमाडौँलाई घेरा हाल्ने योजना बनाइरहेको बेला वि.सं. १८२० अर्थात् सन् १७६३ तिर मकवानपुरमा ४०० गोर्खाली सेनाका सरदार नन्दु शाहको नेतृत्वसँग इस्ट इन्डिया कम्पनीको २५०० सेनाको नेतृत्व गरेका मिरकाशिमले युद्ध गर्दा इस्ट इन्डिया कम्पनीका १७०० सेना मारेर ५०० भन्दा बढी राइफल र तोप आधुनिक सैन्य सामग्री सङ्कलन गोर्खाली सेनाले कब्जा गरी आफ्नो गोर्खाली सेनालाई सुदृढ गरेका थिए ।
त्यसैको परिणाम पृथ्वीनारायण शाहको मृत्युपछि पनि उनका सन्तान बहादुर शाह र राजेन्द्रलक्ष्मीलगायत कालु पाँडे, बलभद्र कुँवर, भक्ति थापाजस्ता देशभक्त गोर्खाली सेनाका युवा कमान्डरहरूले नालापानी तथा देउथलमा सेनाको सुदृढीकरण गर्दै नेपाललाई पूर्वमा टिस्टा र पश्चिममा सतलज काँगडासम्म फैलाएका थिए ।
सोही क्रममा नेपालमा अङ्ग्रेजहरूले आक्रमण गर्दा थोरै युवा गोर्खाली सेनाले आफ्नै परम्परागत हातहतियारको माध्यमबाट धेरै ठाउँमा विजय हासिल गरेका थिए र केही ठाउँमा हारे तापनि अङ्ग्रेज फौजले गोर्खाली सेनाको क्षमता देखेर मुक्तकण्ठ प्रशंसा गरेका थिए । तैपनि, अङ्ग्रेजका लेफ्टिनेट कर्णेल ब्राडसासँग गगराज मिश्र र चन्द्रशेखर उपाध्यायजस्ता व्यक्तिका केही स्वार्थमा आधारित हस्ताक्षरका कारण सुगौली सन्धिको माध्यमबाट मेची महाकालीमा सीमित हुन बाध्य भयो ।
यसरी विदेशी सेना प्रमुखहरूले देशभक्त गोर्खाली सेनाको मुक्तकण्ठ प्रशंसा गरेको नेपाली सेनाको सङ्ख्यालाई अहिलेको परिवर्तित तथा अत्याधुनिक हतियारले सम्पन्न हुनुपर्ने समयमा सार्वजनिक खर्चको दायरा घटाउने नाउँमा नेपाली सेनाको सङ्ख्या घटाउनु भनेको आफ्नो स्वाधीनता सम्पिनु सरह हुन्छ । स्थानीय सरकारलाई सबल बनाएर पूर्वराष्ट्रपति, प्रधानमन्त्री सभामुखलगायत भीआइपीलाई दिइने सेना र प्रहरीलाई देशको सीमाको रक्षार्थ खटाउने र तिनीहरूलाई दिइएको सेवा सुविधा र भत्ताको कटौती गर्नु अनिवार्य छ ।
प्रदेश तथा राष्ट्रियसभा सदस्यले जनताको हितकर नीति नियम बनाउनुभन्दा आफ्नो स्वार्थ अनुकूल कानुन बनाउन उद्यत देखिन्छ ।
अहिलेको समयमा रणनीतिक विकास निर्माण कार्य, देशको भौगालिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकता, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाको जिम्मेवारीमा नेपाली सेनाको आवश्यकतालाई विश्लेषण गर्नु अनिवार्य छ ।
२०६३ को राजनीतिक परिवर्तनपछि आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनमिनलगायत विश्व बैङ्कजस्ता राष्ट्र सङ्घको निकायले दबाबसहित नेपाली सेना घटाउन सुझाव नदिएका होइनन् ।
विश्वमा शक्तिशाली राज्यहरूले नागरिकको शान्ति सुरक्षादेखि राज्यको सीमा बचाउन, जनतालाई प्रकोपको बेला सेवासुविधा सहजरूपमा पु¥याउन, विकास निर्माण तथा उत्पादन क्षेत्रमा प्रयोग गर्न सेना र प्रहरीलाई राज्यको अभिन्न अङ्गको रूपमा प्रयोग गर्दै आएको छ ।
विश्वमा अझै शक्ति राष्ट्रहरूको कमजोर राष्ट्रहरूप्रति हस्तक्षेपकारी नीति, हेपाहा प्रवृति एवम् बल मिचाइरहेका कारण जुनबेला पनि हुनसक्ने युद्धको समयमा लड्न सेनाको आवश्यकता रहन्छ ।
यसर्थ, देशको सार्वभौमिकता रक्षार्थ देशको लागि आवश्यक विकास निर्माण, उत्पादन क्षेत्र, प्रकोप तथा युद्धजस्ता सङ्कटको घडीमा देशभक्तसहित हरबखत खट्ने १८ वर्ष उमेर पुगेका हरेक युवा नागरिकलाई सैन्य तालिम दिन आवश्यक छ ।
Leave a Reply