भर्खरै :

लघुवित्त पीडित गरिब जनताको वेदना सरकारले बुझेन

लघुवित्त पीडित गरिब जनताको वेदना सरकारले बुझेन

काठमाडौँ, १० साउन । लघुवित्तीय संस्थाविरूद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा लघुवित्त तथा वित्तीय शोषणको विरूद्धमा काठमाडौँमा सङ्घर्ष जारी छ । लघुवित्त संस्थाले महिलालाई फकाइफकाइ ऋण लिन लगाउने र ब्याज बढी लिएर बीमा, सेवा शुल्क, धरौटी आदि शीर्षकमा करिब ४० प्रतिशत कट्टी गरी ऋण दिने गर्दै आइरहेको छ । त्यस्तो ऋण तिर्न नसक्ने बनाई घर, खेत जफत गर्नेजस्ता आपराधिक काम गरी गरिब ऋणी महिलालाई ठूलो शोषण गर्ने कार्य लघुवित्तीय संस्थाले गर्दै आइरहेको छ ।
आफ्नो वेदना बुझ्ने कोही नभएर हालसम्म १,७०० जना महिलाले आत्महत्या गरेको कुरा सङ्घर्ष समितिका उपाध्यक्ष सशिला थापा (उदयपुर) ले बताउनुभयो ।
रू. १ लाखको ३ लाख तिर्दा पनि चुक्ता गरिदिँदैन । रू. १ लाख ऋण लिएमा सुरूमै बचतमा राख्ने भनी रू. १५,००० कट्टी गर्छ, सेवा शुल्क रू. १५०० मासिक बुझाउनुपर्ने, मासिक शुल्क रू. ८५०० र बीमा शुल्क रू. १५,००० आदि कट्टी गरी रू. १ लाखमा ६० हजारमात्र हातमा पर्छ । जम्मा पाएको ६० हजारको मासिक ८,५०० को दरले ३ वर्ष तिर्दा पनि ऋण चुक्ता नभएको बर्दियाका झरना मगरले दुखेसो पोख्नुभयो ।
बुधबार लघुवित्त पीडित सङ्घर्ष समितिले बानेश्वरबाट माइतीघरसम्म जुलुस ग¥यो । उक्त जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एक महिला सख्त घाइते भए । अरू तीन जना सामान्य घाइते भए । झडपमा २० जना महिलाहरू पक्राउ परेको सङ्घर्ष समितिका उपाध्यक्ष सशिला थापाले बताउनुभयो ।
माइतीघरमा सङ्घर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली १४ दिनदेखि आमरण अनसनमा हनुहुन्छ । बुधबार रिले अनसनमा बस्ने थप ४ जना थिए । त्यसमध्ये एक जना बिरामी परेर उपचारको लागि अस्पताल लगिएको छ ।
पीडितहरूले मितरब्याजी ठगीहरूलाई कारबाही गरी जाली तमसुक र चेक रद्द गर, सहकारी संस्थाका भ्रष्टहरूलाई कारबाही गरी पीडितलाई न्याय दे, वित्तीय दलालहरूलाई कारबाही गर, भ्रष्टाचारीहरूको सर्वश्व हरण गरी उक्त पुँजीद्वारा रोजगारीको व्यवस्था गर र लघु वित्त पीडितहरूले उठाएको पाँचबुदे माग पूरा गर आदि माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *