भर्खरै :

चर्चामा आउने सस्तो राजनीति गर्न नहुने

गाडी नम्बर ना. ५ ख ३१३८ भएको ब्लु बस सञ्चालनमा ल्याएर रविले धेरै राम्रो काम गरेको भनी केही युट्बहरूले जोडतोडले प्रचार गरे । महिलाहरूको लागि भनी सञ्चालनमा ल्याइएको सो ब्लु बस रविको आफ्नो निर्वाचन क्षेत्र नम्बर २ चितवनको लागि हो । मोबाइल क्लिनिक नाम दिएर एम्बुलेन्स सेवा पनि सुरु भएको उनले घोषणा गरे । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत ६५ वर्षमाथिका वृद्ध वृद्धाको सेवाको लागि ल्याएको रविले बोले । पुरानो गाडीको रूप रङ्ग फेरेर ब्लु बस भनेर ल्याइएको बस सेवा र एम्बुलेन्स सेवामाथि धेरै मानिसले टीकाटिप्पणी गरेका छन् ।
नारायणगढ निवासी रामचन्द्र पिया भन्छन्, “सस्तो लोकप्रियता पाउनकै लागि ल्याइएको निःशुल्क एम्बुलेन्स र बस सेवा कार्यक्रम सफल हुने खालको होइन । भ्रष्टाचार र व्यथितिको विषयमा जोडतोडले बोलेर चर्चा कमाएको रवि नीतिनिर्माणमा ठोस भूमिका खेल्न सकेको छैन । अब पनि पुरानै चर्चाको कार्यशैली मात्र अप्नाउने होइन समाजलाई सही दिशामा हिँडाउनको निम्ति रवि र रास्वपाले भूमिका खेल्नुपर्दछ ।
गाउँ वडा तहसम्म स्थानीय बलियो सरकार छ । चितवन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिकाका मुख्य वडाहरू, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ । रवि लामिछाने चितवन क्षेत्र नं २ को उपनिर्वाचनबाट निर्वाचित सांसद सदस्य मात्र नभएर रास्वपाको सभापति, देश र जनताको भविष्यको नीति निर्माण गर्ने सांसद हुन् । चितवनमा भएका वृद्ध वृद्धाजस्तै देशैभरि छन् । विकट क्षेत्रमा झन् धेरै समस्या छन् । निःशुल्क स्वास्थ्य, निःशुल्क र अनिवार्य उच्च शिक्षा, रोजगारीको सिर्जना गर्न सरकारले ठूलठूला उद्योग कलकारखाना खोल्नुपर्दछ भनी विधेयक, नीति संसद्बाट आएमा जनताको कल्याण हुने थियो । यस्ता महत्वपूर्ण कुरामा रविको ध्यान नगएको जनताको गुनासो छ ।
एउटा सामाजिक अभियन्ताले गर्ने जस्तो चर्चामा आउने र आर्थिक स्रोत जुटाउने कार्यशैली अशोभनीय भएको कुरा सचेत नागरिकहरूबिच चर्चा भएको छ । रवि लामिछाने सार्वभौम संसद्को एक सांसद भएकोले समाजलाई सही बाटोमा डो¥याउने बन्नुपर्ने जनताको बुझाइ रहेको छ । सस्तो लोकप्रियता र प्रचारबाजीले समाजको समस्याको दीर्घकालीन निकास दिन नसक्ने नागरिकहरूको ठम्याइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *