नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अमेरिकाभर भर्खरै रिलिज भएको हलिउड फिचर फिल्म ‘ओपेनहाइमर’ ले लाखौँ अमेरिकी थिएटर दर्शकहरूलाई ‘म्यानहट्टन प्रोजेक्ट’ (म्यानहट्टन परियोजना) को नाटक प्रस्तुत गरेको छ । म्यानहट्टन परियोजनाको नेतृत्व गर्ने वैज्ञानिक रोबर्ट ओपेनहाइमरको नाममा राखिएको यो फिल्मले परमाणु बमको विकासलाई चित्रण गरेको छ । ‘ओपेनहाइमर’ ले अमेरिकामा व्यापक प्रशंसा पाएको छ, तर आजसम्म परमाणु बमले मानिसहरू मारिएको एक मात्र देश जापान हो भन्ने पीडादायी सम्झनाले गर्दा यस चलचित्रले जापानमा बहिष्कारलाई उत्प्रेरित गरेको छ ।
अगस्ट ६, १९४५ मा अमेरिकाले हिरोशिमामा परमाणु बम खसालेको थियो । त्यसको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि परमाणु बम खसालेको थियो । नागासाकीविरुद्ध प्रयोग गरिएको आणविक बमलाई ‘फ्याट म्यान’ कोड नाम दिइएको थियो र यसको जानकारी बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई थियो जो परमाणु बम खसाल्ने अमेरिकी निर्णयमा प्रभावशाली थिए ।
युक्रेन सङ्कटलाई लिएर वासिङटनमा आजको उन्माद र युद्धलाई हेर्दा हिरोसिमा र नागासाकीको आणविक विनाशको कथा अझै शिक्षाप्रद र गहिरो चिन्ताजनक बनेको छ ।
अमेरिकी परमाणु बम कार्यक्रमको वैज्ञानिक उत्पत्ति
दोस्रो विश्वयुद्ध अघि, १९३० मा धेरै यहुदी वैज्ञानिकहरू र बुद्धिजीवीहरू स्वाभाविकरूपमा आफ्नो जीवन बचाउन नाजी जर्मनीबाट भागेका थिए । संयुक्त राज्य अमेरिकामा वालस्ट्रीटका बैङ्कपतिहरूले उदारतापूर्वक समर्थन गरेका धेरै परोपकारी संस्थाहरूले धेरैलाई संरा अमेरिका आउन मद्दत गरे । वैज्ञानिकहरूमा मध्य युरोपबाट अमेरिका गएका भौतिकशास्त्रीहरूको एक विशेष जमात थियो ।
यी भौतिकशास्त्रीहरूलाई नाजी जर्मनीमा परमाणु विभाजनको आधारमा डरलाग्दो शक्तिको हतियार विकास गर्न क्र्यास प्रोग्रामको बारेमा थाहा थियो । उनीहरू अमेरिका पुगेपछि उनीहरूको चिन्ता वासिङटनको ध्यानाकर्षणमा ल्याइयो ।
नाजी आणविक हतियार कार्यक्रमको खतराबारे सचेत अमेरिकी राष्ट्रपति फ्रान्कलिन रुजवेल्टले १९४२ मा पहिले स्थगित गरिएको अमेरिकी आणविक हतियार निर्माण कार्यक्रम–म्यानहट्टन परियोजना अगाडि बढाउन निर्देशन दिए । अभिलेखमा उल्लेख गरिएअनुसार, प्रमुख वाल स्ट्रीट बैङ्कपतिहरूले युरोपमा यहुदीहरूको राहतको लागि विभिन्न परोपकारी संस्थाहरूलाई समर्थन गरे । यसरी नाजी आणविक हतियार कार्यक्रमको बारेमा आप्रवासी वैज्ञानिकहरूको चेतावनी राहत र स्थानान्तरण प्रयासमा संलग्न वाल स्ट्रीट बैङ्कपतिहरूको ध्यानमा आयो ।
जार शासनको रूसमा जन्मेका अलेक्जेन्डर साक्स (१८९३–१९७३) राहत कार्यमा संलग्न एक वाल स्ट्रीट बैङ्कपति थिए । यसरी नाजी आणविक हतियार कार्यक्रम उनको ध्यानमा आयो । उनी र उनका वाल स्ट्रीट सहकर्मीहरू चिन्तित थिए र राष्ट्रपति रुजवेल्टलाई सीधा चेतावनी दिन खोजे । साक्स रुजवेल्टसँग परिचित थिए । त्यसैले राष्ट्रपतिसम्म व्यक्तिगत पहुँच थियो ।
एक अन्तर्राष्ट्रिय बैङ्कपतिको रूपमा साक्स बेल्जियममा आधारित सोसाइटी जनरल डे बेल्जिकको निर्देशक बोर्डमा बसे । उक्त बोर्डको अफ्रिकीखानीहरूमा व्यापक रुचि थियो । खनिजका ती रुचिहरूमा युरेनियम समावेश थिए जुन तत्व परमाणु हतियारको उत्पादनको लागि अत्यावश्यक थियो । यदि बेल्जियम नाजीहरूको हातमा प¥यो भने नाजीहरूले बेल्जियम कङ्गोमा यसको युरेनियम खानीमा नियन्त्रण पाउनेछन् । यसरी साक्सको अमेरिकी आणविक बम कार्यक्रमको निम्ति एक वकालतकर्ताको रूपमा अद्वितीय स्थान थियो ।
साक्सले राष्ट्रपतिलाई पठाउन तयार हुन अल्बर्ट आइन्स्टाइनद्वारा सह–हस्ताक्षर गरिएको शरण माग गरिएको चिठी वैज्ञानिकहरूबाट एउटा पत्रको व्यवस्था गरे । यो पत्र, अगस्त १९३९ मा पूरा भयो र त्यसपछि व्यक्तिगतरूपमा साक्सद्वारा रुजवेल्टलाई हस्तान्तरण गरिएको थियो । उनीहरूले यस विषयमा धेरै कुराकानीहरू गर्नुपर्ने थियो । त्यसमा साक्सले यस मुद्दाको जरुरीपन र अमेरिकी कार्यक्रमको आवश्यकतालाई दबाए ।
यसरी रुजवेल्ट यस्तो हतियार कार्यक्रमको आवश्यकतामा विश्वस्त भए र यसलाई आधिकारिकता प्रदान गरे । त्यतिबेला तीनवटा परमाणु बम बनाइए । एउटा, प्रारम्भिक परीक्षणको लागि थियो र दुई, सैन्यवादी जापानविरुद्ध प्रयोगको लागि थियो । यसको प्रयोगबाट तीन लाखभन्दा बढी जापानीको मृत्यु भयो ।

ओपेनहाइमर चलचित्रको दृश्य
चर्चिलले परमाणु बम खसाल्न वकालत गरे
तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई अमेरिकी म्यानहट्टन परियोजनाको बारेमा राष्ट्रपति रुजवेल्टले जानकारी गराएका थिए । चर्चिलले प्रयासलाई पूर्णरूपमा समर्थन गरे तर जापानविरुद्ध यसको प्रयोगको तुलनामा व्यापक भूराजनीतिक परिप्रेक्ष्य थियो । चर्चिलको विचारमा जापानविरुद्ध परमाणु हतियारको प्रयोग वास्तवमा मस्को (तत्कालीन सोभियत सङ्घ) लाई ‘सन्देश दिने’ तरिका थियो । उनले जापानको खर्चमा सोभियत सङ्घलाई पश्चिमा नेतृत्वमा रहेको युद्धपछिको संसारलाई स्वीकार गर्न तर्साउने उपाय खोजे । त्यसका साथै युद्धपछिको संसारमा एङ्लो–अमेरिकी सहकार्य स्थापना गरिएको थियो ।
बेलायती सैन्यविज्ञहरूले एक विशेष प्रतिवेदन तयार गरे जसमा जापानमा परमाणु बम खसालेन भने जापानमाथि आक्रमण गर्दा एक लाख अमेरिकी सेनाको मृत्यु हुनेछ भन्ने प्रचार गरिएको थियो । त्यस्ता सङ्ख्याहरू संयुक्त राज्यमा परमाणु बम परियोजनाको प्रचार र औचित्यको लागि प्रयोग गरिएको थियो ।
बेलायती वैज्ञानिकहरूले विश्वास गरे कि यस्तो बम यू–टुथ्रीफाइव (ग्(द्दघछ) प्रक्रियाबाट उत्पादन गर्न सकिन्छ र यो १९४० को अन्तमा रुजवेल्टलाई रिपोर्ट गरिएको थियो । रुजवेल्ट विश्वस्त भए कि यस्तो हतियारको आवश्यकता पर्दा उनले यसलाई १९४२ सम्म अधिकार दिएनन् । रुजवेल्टले आणविक हतियार एकाधिकारमा आधारित एङ्लो–अमेरिकी विश्व सहकार्यको चर्चिलको अवधारणालाई अस्वीकार गरे ।
रुजवेल्टले ब्रिटिशसँग परियोजनाको बारेमा जानकारी साझा गर्न ढिलाइ गरे किनभने उनलाई बेलायतले सोभियत सङ्घविरुद्ध यस्तो हतियार प्रयोग गर्न माग गर्ने डर थियो । रुजवेल्टले सोभियत सङ्घसँगको युद्धपछिको सहयोग र शान्ति नै संरा अमेरिका र विश्वका लागि सही नीति हो भनी विश्वास गरे । रुजवेल्टले स्टालिनलाई परियोजनाको बारेमा जानकारी दिए ।
परमाणु बममाथि बहसको आवश्यकता छ
१९४३ सम्म अमेरिकी वैज्ञानिकहरूले नाजी जर्मनीले उनीहरूको जरूरत हुँदा पनि परमाणु बम उत्पादन गर्न सक्षम हुने छैन भनेर मूल्याङ्कन गरे । पर्दा पछाडि, अक्टोबर १९४१ मा भौतिकशास्त्री निल्स बोहरले आफ्ना साथी भौतिकशास्त्री प्रोफेसर वर्नर हाइजेनबर्गसँग भेटे । स्टकहोममा भएको यस बैठकमा हाइजेनबर्गले आफ्नो पुरानो मित्र बोहरलाई नाजी जर्मनीले परमाणु बम बनाउन नसक्ने बताए । बोहरले यो जानकारी वासिङटनलाई गराउँदै नाजी जर्मनीले आणविक बम उत्पादन गर्न सक्नेछैन र जापानसँग त्यस्तो कुनै कार्यक्रम छैन, त्यसैले अमेरिकाले यस्तो हतियार विकास गर्न आवश्यक छैन भने ।
बोहर र उनको सर्कलले आणविक हतियारको विकासको मात्र विरोध गरेनन् तर उनीहरूले सोभियत सङ्घको सहयोगमा आणविक शक्तिको शान्तिपूर्ण प्रयोग साझा गर्न युद्धोत्तर कार्यक्रमको लागि आह्वान गरे । बोहर बेलायत गए र चर्चिललाई भेटे तर चर्चिलले यस्तो प्रस्ताव अस्वीकार गरिदिए ।

हिरोसिमामा परमाणु बम प्रहारो ७७ औँ वार्षिक स्मृति दिवस
ट्रुमनले बम खसाले
दुर्भाग्यवश, राष्ट्रपति रुजवेल्टको अप्रिल १२, १९४५ मा निधन भयो । इतिहासकारहरू भन्छन् कि उनले म्यानहट्टन परियोजनालाई स्वीकृत गर्दा उनले वास्तवमा परमाणु बम प्रयोग गर्ने सोच राखेका थिएनन् किनभने ती आवश्यक पनि थिएन । बरु, उनले आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगमा युद्धपछिको अन्तर्राष्ट्रिय सहयोग खोज्ने बताएका थिए ।
राष्ट्रपति रुजवेल्टले किन हो उपराष्ट्रपति ट्रुम्यानलाई म्यानहट्टन परियोजना र आणविक ऊर्जामा आफ्नो सोचबारे जानकारी दिएनन् । राष्ट्रपति बनेपछि ट्रुमनलाई हतियारबारे जानकारी दिइएको थियो । उनका पुरानो साथी र अमेरिकी सिनेटमा सहकर्मी जेम्स एफ बायर्नेस राज्यसचिव (विदेशमन्त्री) भए । जापानको विरुद्ध आणविक हतियार प्रयोगको वकालत गरेका एक चर्चित दक्षिणी जातिवादी बायर्नेसको ट्रुम्यानको आणविक बम खसाल्ने निर्णयमा मुख्य प्रभाव थियो ।
यद्यपि, भ्याटिकन च्यानलहरूमार्फत जापानसँग पर्दा पछाडि धेरै सक्रिय र गम्भीर शान्ति कूटनीति भएको थियो र जापानी सम्राट आफैँ संलग्न भएको प्रत्यक्ष कूटनीतिमार्फत, वासिङटनले सबै शान्ति प्रस्तावहरूलाई स्पष्टरूपमा अस्वीकार ग¥यो । त्यसो गर्दा, जापानविरुद्ध यी डरलाग्दा हतियारहरू हटाउन अपरिहार्य हुने थियो ।
परमाणु प्रेतले आज पनि तर्साइरहेछ
के आज युक्रेन सङ्कटले संसारमा अर्को आणविक सङ्कट निम्त्याउँदै छ ? अमेरिका र नाटोको समर्थनमा रुसविरुद्धको प्रोक्सी युद्ध (छद्म युद्ध) डेढ वर्षदेखि चलिरहेको छ । हालै लिथुआनियाको राजधानी भिल्नियसमा भएको नाटो बैठकले गठबन्धनको रुसविरोधी रणनीतिलाई बलियो बनाएको छ । युक्रेन युद्धको अन्त्य हुने आशा छैन र द्वन्द्व बढाउने कुनै पनि प्रयासले सम्पूर्ण विश्वलाई बढ्दो जोखिममा धकेल्नेछ ।
स्पष्ट छ, युक्रेन युद्ध समाप्त गर्न शान्ति कूटनीति तत्काल आवश्यक छ । नयाँ युरोपेली युद्धपछिको सुरक्षा योजनाको स्थापनापछि नयाँ र पुनर्जीवित हतियार नियन्त्रण प्रक्रिया पनि सुरु हुनुपर्छ ।
(डा. क्लिफर्ड ए. किराकोफे वासिङटन इन्स्टिच्युट फर पिस एन्ड डेभलपमेन्टका अध्यक्ष र विदेशी सम्बन्धमा अमेरिकी सिनेट समितिका पूर्ववरिष्ठ व्यावसायिक कर्मचारी सदस्य हुन् ।)
(Mounting risks of nuclear war as geopolitical conflicts intensity)
-Beijing review
अनुवाद : प्रकाश
Leave a Reply