भर्खरै :

भू–राजनीतिक द्वन्द्व तीव्र हुँदै जाँदा आणविक युद्धको बढ्दो जोखिम

भू–राजनीतिक द्वन्द्व तीव्र हुँदै जाँदा आणविक युद्धको बढ्दो जोखिम

अमेरिकाभर भर्खरै रिलिज भएको हलिउड फिचर फिल्म ‘ओपेनहाइमर’ ले लाखौँ अमेरिकी थिएटर दर्शकहरूलाई ‘म्यानहट्टन प्रोजेक्ट’ (म्यानहट्टन परियोजना) को नाटक प्रस्तुत गरेको छ । म्यानहट्टन परियोजनाको नेतृत्व गर्ने वैज्ञानिक रोबर्ट ओपेनहाइमरको नाममा राखिएको यो फिल्मले परमाणु बमको विकासलाई चित्रण गरेको छ । ‘ओपेनहाइमर’ ले अमेरिकामा व्यापक प्रशंसा पाएको छ, तर आजसम्म परमाणु बमले मानिसहरू मारिएको एक मात्र देश जापान हो भन्ने पीडादायी सम्झनाले गर्दा यस चलचित्रले जापानमा बहिष्कारलाई उत्प्रेरित गरेको छ ।
अगस्ट ६, १९४५ मा अमेरिकाले हिरोशिमामा परमाणु बम खसालेको थियो । त्यसको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि परमाणु बम खसालेको थियो । नागासाकीविरुद्ध प्रयोग गरिएको आणविक बमलाई ‘फ्याट म्यान’ कोड नाम दिइएको थियो र यसको जानकारी बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई थियो जो परमाणु बम खसाल्ने अमेरिकी निर्णयमा प्रभावशाली थिए ।
युक्रेन सङ्कटलाई लिएर वासिङटनमा आजको उन्माद र युद्धलाई हेर्दा हिरोसिमा र नागासाकीको आणविक विनाशको कथा अझै शिक्षाप्रद र गहिरो चिन्ताजनक बनेको छ ।
अमेरिकी परमाणु बम कार्यक्रमको वैज्ञानिक उत्पत्ति
दोस्रो विश्वयुद्ध अघि, १९३० मा धेरै यहुदी वैज्ञानिकहरू र बुद्धिजीवीहरू स्वाभाविकरूपमा आफ्नो जीवन बचाउन नाजी जर्मनीबाट भागेका थिए । संयुक्त राज्य अमेरिकामा वालस्ट्रीटका बैङ्कपतिहरूले उदारतापूर्वक समर्थन गरेका धेरै परोपकारी संस्थाहरूले धेरैलाई संरा अमेरिका आउन मद्दत गरे । वैज्ञानिकहरूमा मध्य युरोपबाट अमेरिका गएका भौतिकशास्त्रीहरूको एक विशेष जमात थियो ।
यी भौतिकशास्त्रीहरूलाई नाजी जर्मनीमा परमाणु विभाजनको आधारमा डरलाग्दो शक्तिको हतियार विकास गर्न क्र्यास प्रोग्रामको बारेमा थाहा थियो । उनीहरू अमेरिका पुगेपछि उनीहरूको चिन्ता वासिङटनको ध्यानाकर्षणमा ल्याइयो ।
नाजी आणविक हतियार कार्यक्रमको खतराबारे सचेत अमेरिकी राष्ट्रपति फ्रान्कलिन रुजवेल्टले १९४२ मा पहिले स्थगित गरिएको अमेरिकी आणविक हतियार निर्माण कार्यक्रम–म्यानहट्टन परियोजना अगाडि बढाउन निर्देशन दिए । अभिलेखमा उल्लेख गरिएअनुसार, प्रमुख वाल स्ट्रीट बैङ्कपतिहरूले युरोपमा यहुदीहरूको राहतको लागि विभिन्न परोपकारी संस्थाहरूलाई समर्थन गरे । यसरी नाजी आणविक हतियार कार्यक्रमको बारेमा आप्रवासी वैज्ञानिकहरूको चेतावनी राहत र स्थानान्तरण प्रयासमा संलग्न वाल स्ट्रीट बैङ्कपतिहरूको ध्यानमा आयो ।
जार शासनको रूसमा जन्मेका अलेक्जेन्डर साक्स (१८९३–१९७३) राहत कार्यमा संलग्न एक वाल स्ट्रीट बैङ्कपति थिए । यसरी नाजी आणविक हतियार कार्यक्रम उनको ध्यानमा आयो । उनी र उनका वाल स्ट्रीट सहकर्मीहरू चिन्तित थिए र राष्ट्रपति रुजवेल्टलाई सीधा चेतावनी दिन खोजे । साक्स रुजवेल्टसँग परिचित थिए । त्यसैले राष्ट्रपतिसम्म व्यक्तिगत पहुँच थियो ।
एक अन्तर्राष्ट्रिय बैङ्कपतिको रूपमा साक्स बेल्जियममा आधारित सोसाइटी जनरल डे बेल्जिकको निर्देशक बोर्डमा बसे । उक्त बोर्डको अफ्रिकीखानीहरूमा व्यापक रुचि थियो । खनिजका ती रुचिहरूमा युरेनियम समावेश थिए जुन तत्व परमाणु हतियारको उत्पादनको लागि अत्यावश्यक थियो । यदि बेल्जियम नाजीहरूको हातमा प¥यो भने नाजीहरूले बेल्जियम कङ्गोमा यसको युरेनियम खानीमा नियन्त्रण पाउनेछन् । यसरी साक्सको अमेरिकी आणविक बम कार्यक्रमको निम्ति एक वकालतकर्ताको रूपमा अद्वितीय स्थान थियो ।
साक्सले राष्ट्रपतिलाई पठाउन तयार हुन अल्बर्ट आइन्स्टाइनद्वारा सह–हस्ताक्षर गरिएको शरण माग गरिएको चिठी वैज्ञानिकहरूबाट एउटा पत्रको व्यवस्था गरे । यो पत्र, अगस्त १९३९ मा पूरा भयो र त्यसपछि व्यक्तिगतरूपमा साक्सद्वारा रुजवेल्टलाई हस्तान्तरण गरिएको थियो । उनीहरूले यस विषयमा धेरै कुराकानीहरू गर्नुपर्ने थियो । त्यसमा साक्सले यस मुद्दाको जरुरीपन र अमेरिकी कार्यक्रमको आवश्यकतालाई दबाए ।
यसरी रुजवेल्ट यस्तो हतियार कार्यक्रमको आवश्यकतामा विश्वस्त भए र यसलाई आधिकारिकता प्रदान गरे । त्यतिबेला तीनवटा परमाणु बम बनाइए । एउटा, प्रारम्भिक परीक्षणको लागि थियो र दुई, सैन्यवादी जापानविरुद्ध प्रयोगको लागि थियो । यसको प्रयोगबाट तीन लाखभन्दा बढी जापानीको मृत्यु भयो ।

ओपेनहाइमर चलचित्रको दृश्य

चर्चिलले परमाणु बम खसाल्न वकालत गरे
तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई अमेरिकी म्यानहट्टन परियोजनाको बारेमा राष्ट्रपति रुजवेल्टले जानकारी गराएका थिए । चर्चिलले प्रयासलाई पूर्णरूपमा समर्थन गरे तर जापानविरुद्ध यसको प्रयोगको तुलनामा व्यापक भूराजनीतिक परिप्रेक्ष्य थियो । चर्चिलको विचारमा जापानविरुद्ध परमाणु हतियारको प्रयोग वास्तवमा मस्को (तत्कालीन सोभियत सङ्घ) लाई ‘सन्देश दिने’ तरिका थियो । उनले जापानको खर्चमा सोभियत सङ्घलाई पश्चिमा नेतृत्वमा रहेको युद्धपछिको संसारलाई स्वीकार गर्न तर्साउने उपाय खोजे । त्यसका साथै युद्धपछिको संसारमा एङ्लो–अमेरिकी सहकार्य स्थापना गरिएको थियो ।
बेलायती सैन्यविज्ञहरूले एक विशेष प्रतिवेदन तयार गरे जसमा जापानमा परमाणु बम खसालेन भने जापानमाथि आक्रमण गर्दा एक लाख अमेरिकी सेनाको मृत्यु हुनेछ भन्ने प्रचार गरिएको थियो । त्यस्ता सङ्ख्याहरू संयुक्त राज्यमा परमाणु बम परियोजनाको प्रचार र औचित्यको लागि प्रयोग गरिएको थियो ।
बेलायती वैज्ञानिकहरूले विश्वास गरे कि यस्तो बम यू–टुथ्रीफाइव (ग्(द्दघछ) प्रक्रियाबाट उत्पादन गर्न सकिन्छ र यो १९४० को अन्तमा रुजवेल्टलाई रिपोर्ट गरिएको थियो । रुजवेल्ट विश्वस्त भए कि यस्तो हतियारको आवश्यकता पर्दा उनले यसलाई १९४२ सम्म अधिकार दिएनन् । रुजवेल्टले आणविक हतियार एकाधिकारमा आधारित एङ्लो–अमेरिकी विश्व सहकार्यको चर्चिलको अवधारणालाई अस्वीकार गरे ।
रुजवेल्टले ब्रिटिशसँग परियोजनाको बारेमा जानकारी साझा गर्न ढिलाइ गरे किनभने उनलाई बेलायतले सोभियत सङ्घविरुद्ध यस्तो हतियार प्रयोग गर्न माग गर्ने डर थियो । रुजवेल्टले सोभियत सङ्घसँगको युद्धपछिको सहयोग र शान्ति नै संरा अमेरिका र विश्वका लागि सही नीति हो भनी विश्वास गरे । रुजवेल्टले स्टालिनलाई परियोजनाको बारेमा जानकारी दिए ।
परमाणु बममाथि बहसको आवश्यकता छ
१९४३ सम्म अमेरिकी वैज्ञानिकहरूले नाजी जर्मनीले उनीहरूको जरूरत हुँदा पनि परमाणु बम उत्पादन गर्न सक्षम हुने छैन भनेर मूल्याङ्कन गरे । पर्दा पछाडि, अक्टोबर १९४१ मा भौतिकशास्त्री निल्स बोहरले आफ्ना साथी भौतिकशास्त्री प्रोफेसर वर्नर हाइजेनबर्गसँग भेटे । स्टकहोममा भएको यस बैठकमा हाइजेनबर्गले आफ्नो पुरानो मित्र बोहरलाई नाजी जर्मनीले परमाणु बम बनाउन नसक्ने बताए । बोहरले यो जानकारी वासिङटनलाई गराउँदै नाजी जर्मनीले आणविक बम उत्पादन गर्न सक्नेछैन र जापानसँग त्यस्तो कुनै कार्यक्रम छैन, त्यसैले अमेरिकाले यस्तो हतियार विकास गर्न आवश्यक छैन भने ।
बोहर र उनको सर्कलले आणविक हतियारको विकासको मात्र विरोध गरेनन् तर उनीहरूले सोभियत सङ्घको सहयोगमा आणविक शक्तिको शान्तिपूर्ण प्रयोग साझा गर्न युद्धोत्तर कार्यक्रमको लागि आह्वान गरे । बोहर बेलायत गए र चर्चिललाई भेटे तर चर्चिलले यस्तो प्रस्ताव अस्वीकार गरिदिए ।

हिरोसिमामा परमाणु बम प्रहारो ७७ औँ वार्षिक स्मृति दिवस

ट्रुमनले बम खसाले
दुर्भाग्यवश, राष्ट्रपति रुजवेल्टको अप्रिल १२, १९४५ मा निधन भयो । इतिहासकारहरू भन्छन् कि उनले म्यानहट्टन परियोजनालाई स्वीकृत गर्दा उनले वास्तवमा परमाणु बम प्रयोग गर्ने सोच राखेका थिएनन् किनभने ती आवश्यक पनि थिएन । बरु, उनले आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगमा युद्धपछिको अन्तर्राष्ट्रिय सहयोग खोज्ने बताएका थिए ।
राष्ट्रपति रुजवेल्टले किन हो उपराष्ट्रपति ट्रुम्यानलाई म्यानहट्टन परियोजना र आणविक ऊर्जामा आफ्नो सोचबारे जानकारी दिएनन् । राष्ट्रपति बनेपछि ट्रुमनलाई हतियारबारे जानकारी दिइएको थियो । उनका पुरानो साथी र अमेरिकी सिनेटमा सहकर्मी जेम्स एफ बायर्नेस राज्यसचिव (विदेशमन्त्री) भए । जापानको विरुद्ध आणविक हतियार प्रयोगको वकालत गरेका एक चर्चित दक्षिणी जातिवादी बायर्नेसको ट्रुम्यानको आणविक बम खसाल्ने निर्णयमा मुख्य प्रभाव थियो ।
यद्यपि, भ्याटिकन च्यानलहरूमार्फत जापानसँग पर्दा पछाडि धेरै सक्रिय र गम्भीर शान्ति कूटनीति भएको थियो र जापानी सम्राट आफैँ संलग्न भएको प्रत्यक्ष कूटनीतिमार्फत, वासिङटनले सबै शान्ति प्रस्तावहरूलाई स्पष्टरूपमा अस्वीकार ग¥यो । त्यसो गर्दा, जापानविरुद्ध यी डरलाग्दा हतियारहरू हटाउन अपरिहार्य हुने थियो ।
परमाणु प्रेतले आज पनि तर्साइरहेछ
के आज युक्रेन सङ्कटले संसारमा अर्को आणविक सङ्कट निम्त्याउँदै छ ? अमेरिका र नाटोको समर्थनमा रुसविरुद्धको प्रोक्सी युद्ध (छद्म युद्ध) डेढ वर्षदेखि चलिरहेको छ । हालै लिथुआनियाको राजधानी भिल्नियसमा भएको नाटो बैठकले गठबन्धनको रुसविरोधी रणनीतिलाई बलियो बनाएको छ । युक्रेन युद्धको अन्त्य हुने आशा छैन र द्वन्द्व बढाउने कुनै पनि प्रयासले सम्पूर्ण विश्वलाई बढ्दो जोखिममा धकेल्नेछ ।
स्पष्ट छ, युक्रेन युद्ध समाप्त गर्न शान्ति कूटनीति तत्काल आवश्यक छ । नयाँ युरोपेली युद्धपछिको सुरक्षा योजनाको स्थापनापछि नयाँ र पुनर्जीवित हतियार नियन्त्रण प्रक्रिया पनि सुरु हुनुपर्छ ।
(डा. क्लिफर्ड ए. किराकोफे वासिङटन इन्स्टिच्युट फर पिस एन्ड डेभलपमेन्टका अध्यक्ष र विदेशी सम्बन्धमा अमेरिकी सिनेट समितिका पूर्ववरिष्ठ व्यावसायिक कर्मचारी सदस्य हुन् ।)
(Mounting risks of nuclear war as geopolitical conflicts intensity)

-Beijing review

अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *