“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, २८ साउन । नेपाल संवत् ११४३ कौलाथ्व द्वादशी र त्रयोदशी (कार्तिक ९ र १०) गते हुने ४३ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर वडा नं. ५ स्थित योसिँख्यो टोलमा हुने भएको छ ।
तःमुंज्याको सम्मेलन तयारी गठन कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार नारायणमान बिजुक्छेँले सामाजिक उत्थानको विषयमा आम जनताले बुझ्ने सरल भाषामा लेख्नु नै जनताको साहित्य भएको बताउनुभयो । जातीय र भाषिक साम्प्रदायिकताले देश उत्थान नहुने बताउँदै संसारको जुनसुकै स्थानमा हुने अन्याय अत्याचारको विषयमा आवाज उठाउनु सच्चा नागरिकको कर्तव्य रहेको बताउनुभयो । महिला वर्ग शिक्षित भएमात्र पूरै समाज शिक्षित हुने उल्लेख गर्दै उहाँले थप्नुभयो, “भक्तपुरमा समाजवादी नमुनाअनुरूप काम भइरहेको छ ।”
वाग्मति प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले नेपालको कला, संस्कृति तथा भाषाभाषीहरूलाई जोगाइराख्न तःमुंज्याले महत्वपूर्ण भूमिका खेल्दै आएको औँल्याउनुभयो । शाषकहरूको मानसिकतामा अझै भाषिक दमन, सांस्कृतिक दमनको अवशेष बाँकी रहेकोले सबै जातजाति भाषाभाषीहरूलाई राज्यले उचित सम्मान तथा संरक्षण दिनुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जारले बलराम सिबन्जारको अध्यक्षतामा ४३ सदस्यीय सम्मेलन आयोजक समिति गठनको प्रस्ताव सर्वसहमतिले अनुमोदन ग¥यो ।
कार्यक्रममा नारायणबहादुर दुवाल, योगेन्द्रमान बिजुक्छेँ, बलराम सिबन्जार र नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply