अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २८ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘National Architectural Exhibition’ — आरोहण र Final Year Project Exhibition (Computer, Electrical and Electronics and Communication Engineering) दुईदिने शैक्षिक प्रदर्शनी आइतबारबाट सुरु भएको छ । शैक्षिक प्रदर्शनीको पहिलो दिन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले शैक्षिक प्रदर्शनीले विद्यार्थीहरूलाई इन्जिनियरिङका विविध विधाबारे अवगत गराई दक्षता प्रदान गर्ने बताउँदै प्रदर्शनीले नयाँ विद्यार्थीहरूमा प्रोत्साहन थपिने विश्वास व्यक्त गर्नुभयो ।
प्रस्तावित शिक्षा विधेयकमा कक्षा १२ सम्मको सम्पूर्ण अधिकार पालिकालाई प्रदान गरिएको अवस्थामा खारेज भइसकेको जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु संविधान र सङ्घीयताविरोधी प्रावधान भएको उहाँले बताउनुभयो ।
स्थानीय तहलाई अधिकार सम्पन्न र बलियो बनाए जनताले प्रजातन्त्रको आभाष गर्ने बताउँदै उहाँले शिक्षा विधेयकले स्थानीय तहलाई विद्यालयको प्रअ नियुक्तिमा समेत अधिकारविहीन बनाउन खोजिएको छ भन्नुभयो ।
सरकारले भ्यु टावर निर्माण गरी करोडौँको बजेट अनुत्पादनमूलक क्षेत्रमा लगानी गरी देशलाई परनिर्भरतातर्फ धकेलिरहेको सन्दर्भ जोड्दै प्रमुख प्रजापतिले सस्तो लोकप्रियताले कसैको हित नहुने हुँदा व्यापक जनताको हितमा काम गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित कलेजले समयानुकूल शैक्षिक गतिविधि गर्दै आएको बताउँदै दुईदिने शैक्षिक प्रदर्शनीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अन्य कलेजहरूको पनि सहभागिता रहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सबैको मेहनतबाट शैक्षिक प्रदर्शनी सफल हुने विश्वास व्यक्त गर्दै यस्ता प्रदर्शनीले अनुसन्धान गर्ने विद्यार्थीहरूलाई मद्दत पुग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा अर्चना बादे श्रेष्ठ र रविना शिल्पकारले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपश्चात् नगर प्रमुख प्रजापतिले कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ विषयमा राखिएका शैक्षिक प्रदर्शनीहरूको अवलोकन गर्नुभयो ।
Leave a Reply