भर्खरै :

“पार्टी कार्यकर्ताहरू सङ्कटमा विचलित हुनुहुँदैन”

“पार्टी कार्यकर्ताहरू सङ्कटमा विचलित हुनुहुँदैन”

भक्तपुर, १२ भदौ । नेपाल मजदुर किसान पार्टी र नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा ८ लिबाली ‘ख’ को संयुक्त आयोजनामा २०४५ साल भदौ ८ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले राजनैतिकरूपमा सचेत र सङ्गठित कार्यकर्ताहरू पार्टीलाई कुनै पनि किसिमको सङ्कट आइपर्दा पनि विचलित हुनुहुँदैन, उनीहरु पार्टीको सिद्धान्त र विचारलाई आत्मसात गरी देश र जनताको सेवामा लागिरहन्छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, तत्कालीन पञ्चायती व्यवस्थाले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ सालमा ‘भक्तपुर काण्ड’ रच्यो । नेता तथा कार्यकर्ताहरू कोही जेलमा परे त कोही भूमिगत भए । यस्तो विषम परिस्थितिमा पनि महिलाले पार्टीलाई पु¥याएको योगदान सराहनीय छ ।
भनपाले शैक्षिक संस्थाहरू खोलेर भक्तपुरमा एक घर एक स्नातकमा सफल प्राप्त गर्नुका साथै समाजलाई बुद्धिजीवीकरण गर्नेतर्फ लागिरहेको उहाँले बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाले स्थापनाकालदेखि नै देश र जनताको निःस्वार्थरूपमा सेवा गर्दै आएको पार्टी हो† यो कुरा तत्कालीन पञ्चहरूलाई सह्य भएन† नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले ह्योजुलाई बलिको बोको बनाई ‘भक्तपुर काण्ड’ रचिएको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष अनिता जधारीले वर्गीय समाजमा शोषक वर्गले शोषित वर्गलाई शोषण गर्ने भएकोले यी दुई वर्गबिच द्वन्द्व भइरहन्छ, शोषितहरूले शोषणबाट मुक्ति पाउनको निम्ति राजनैतिकरूपमा सचेत र सङ्गठित भएर शोषकहरूको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ लिबालीका अध्यक्ष कमलकेशरी तुईतुईको सभापतित्वमा भएको सो कार्यक्रममा भनपा वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, तुल्सीराम ग्वाछा, रोशन तुईतुई, कमलकेशरी खायमलीले ‘भक्तपुर काण्ड’ बाट पाठ सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *