भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
—सुनिता गाइसी
उपप्राध्यापक समाजशास्त्र
नेपाल कृषिप्रधान मुलुक हो । हरेक चाडपर्व, जात्रा प्रायः खेतीपातीको काम सकेर खाली समयमा मनाइन्छ । पूर्वजहरूले बनाएका कतिपय चलनहरू वैज्ञानिक र तर्कपूर्ण छन् । केही पुराना परम्पराले समाजलाई खोक्रो बनाए पनि केहीले समाजमा मेलमिलाप, एकता, सदभाव र सदाचार कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यस्तै चाडपर्वहरूमध्ये जनैपूर्णिमा वा रक्षाबन्धन पनि हो । क्षेत्री, बाहुन समुदायका पुरुष सदस्यले यसै दिन जनै फेर्ने हुनाले यसलाई जनैपूर्णिमा भनिन्छ । यसै दिन ब्राह्मणहरूद्वारा हातमा पवित्र डोरो बाँध्ने गरिन्छ । यस पवित्र डोरोले रोग,भय इत्यादिबाट रक्षा गर्छ भन्ने जनविश्वास छ । जनैपूर्णिमाकै दिन विभिन्न गेडागुडी मिसाएर बनाएको ‘क्वाती’ खाइन्छ । नेपालभाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल भन्ने हुन्छ । त्यसैले कसै —कसैले यसलाई क्वाती पूर्णिमा पनि भन्दछन् । क्वाती नौ प्रकारका गेडागुडी मिलाएर तयार पारिन्छ । यसमा शरीरलाई अत्यावश्यक विभिन्न प्रकारका तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । असारको पानीमा भिजेर काम गर्दाको थकाइ र सर्दिलाई क्वातीले ठीक पार्दछ भनी बुढापाका मानिसहरू बताउँछन् । क्वातीले रुघाखोकीबाट पनि बचाउँछ । यस्तै गरेर ख्वप कलेजमा समाजशास्त्र विषय लिई बी.ए. चौथो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको यी चाडपर्वप्रतिको धारणा यसप्रकार रहेको छ :
–आस्था कार्की
समाजशास्त्र चौथो वर्ष
जनैपूर्णिमा एक पवित्र पर्व हो । यसै अवसरमा विशेषगरी जनै लगाउने समुदायका मानिसहरूले जनै फेर्ने गर्दछन् । यस पवित्र सूत्रले मानिसलाई विभिन्न रोगबाट बचाउने गर्दछ । मानिसलाई शारीरिक र मानसिकरूपमा पनि स्वस्थ राख्ने कुरामा धेरै विश्वस्त रहेको पाइन्छ । जनैपूर्णिमाका दिन गुरूपुरोहितद्वारा मन्त्र , जप गरी तयार पारिएको पवित्र सूत्र जनैलाई विशेषगरी बाहुन, क्षेत्रीसाथै अन्य जनै धारण गर्नेहरूले लगाउने गर्दछन् । यसै अवसरमा देशका विभिन्न तीर्थस्थलमा मेला लाग्ने गर्दछ । यस्ता मेलापर्वले मानिसलाई मानसिकरूपमा स्वस्थ राख्ने काम गर्छ भने नयाँ नयाँ ठाउँको यात्राले शरिरमा स्फूर्ति र जाँगर पनि जगाउने गर्दछ । त्यसैले यस्ता पर्वले सामाजिकको साथै वैज्ञानिक महत्व पनि बोकेको हुन्छ । मानिसमा मेलमिलाप र सद्भावको भावना जगाउने गर्दछ ।
–ममता बुढाथोकी
समाजशास्त्र चौथो वर्ष
नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो । सबैको आ–आफनै भेषभूषा, रहनसहन, बोलीचाली र चाडपर्व रहेका छन् । एउटै पर्वलाई पनि विभिन्न ठाउँमा विभिन्न नामले मनाउने चलन प्राचीनकालदेखि रहेको पाइन्छ । जनैपूर्णिमालाई पहाडीहरू रक्षाबन्धन पर्वको रूपमा हातमा डोरो, जनै लगाउने समुदायकाले नयाँजनै लगाई ‘क्वाती’ खाएर मनाउँछन् भने तराई तिर दिदीबहिनीले दाजुभाइलाई राखी बाँधी रमाइलो गर्दै मनाइन्छ । यसरी एउटै भौगोलिक संरचनामा रहे पनि आ–आफ्नो संस्कारअनुसार पर्व मनाइन्छ । यस्ता पर्वले परिवार, समुदायमा एकता र मेलमिलाप कायम गर्छ भने विभिन्न किसिमका सामाजिक समस्याहरूको न्यूनीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ । मानिसको जन्म र मृत्युबिचको समयलाई सहीरूपमा सकारात्मकरूपमा बिताउन यस्ता चाडपर्वले मार्गनिर्देशन गर्ने गर्दछ ।
–सन्दिप खड्का
समाजशास्त्र चौथो वर्ष
जनैपूर्णिमालाई धार्मिक पर्वको रूपमा मानिन्छ । मानिस जति नै पढेलेखे पनि आफ्नो धर्म सस्कारलाई भुल्न सक्दैन । हाम्रो चाडपर्व परम्पराका सकारात्मक कुरालाई हामीले अँगाल्दै जानुपर्छ भने नकारात्मक कुराहरूलाई त्याग गर्दै जानुपर्छ । जनैपूर्णिमा पर्वले सबैमा सकारात्मक प्रभाव पारेको महसुस हुन्छ । भर्खर खेतीपातीको काम सकिरहेको अवस्थामा मनाउने यो पर्वले सहअस्तित्व पनि जगाएको हुन्छ । गाईजात्राले सबैमा मनोरञ्जन प्रदान गर्दछ ।
–सुनिता मगजू
समाजशास्त्र चौथो वर्ष
गाईजात्रा पर्वले मरेका मानिसहरूको सम्झना गराउनुको साथै वर्तमान राजनीति र व्यवस्थाप्रति तीखो व्यङ्ग्य गर्ने गर्दछ । यसले गर्दा सामान्य मानिसले पनि आफ्नो देशकाल राजनीतिको बारेमा बुभ्mने मौका पाउने गर्दछ । एकातिर मनोरञ्जन त अर्कोतिर राजनैतिक प्रशिक्षण पनि एकै समयमा भएको अनुभव हुन्छ । यस्ता पर्वहरूले मानिसमा देशको अवस्थाप्रति चिन्तन गर्ने भावनाको विकास हुन्छ । समाचारमा सुनेको वा पत्रिकामा पढेको भन्दा आखाँले देखेका कुराहरू हाम्रो मनमा धेरै समय रहने गर्दछन् । त्यसैले पनि यस्ता चाडपर्व आवश्यक रहेको मान्दछु ।
–दीपिका मोक्तान
समाजशास्त्र चौथो वर्ष
समाजलाई निरन्तर अगाडि लैजान यस्ता जात्रापर्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आजको समाज वैज्ञानिक बन्दै जादाँ हामीले हाम्रो परम्परा र संस्कारलाई पनि समानान्तररूपमा अगाढि लैजानु पर्दछ ।
–सरस्वती घ्लान
समाजशास्त्र दोस्रो वर्ष
गाईजात्रा पर्व विशेषगरी नेवार समुदायमा मनाइन्छ । आफ्नो मृतक आफन्तको सम्झना स्वरूप बासको वा कसै कसैले माटोको गाई स्वरूप बनाई नगर परिक्रमा गर्ने गरिन्छ । यसको मुख्य आकर्षण घिन्ताङघिसि हो । यस जात्राले जीवनलाई निराशाको भुमरीबाट केही समय भए पनि आशा, खुसी र सन्तोष प्रदान गर्ने गर्दछ । समाजमा भइरहेका विकृति विसङ्गतिमाथि तीखो व्यङ्ग्य प्रहार गर्ने काम पनि यसै जात्राले गर्दछ । यसले गर्दा गलत आचरण भएका मानिसहरूलाई सही बाटोमा ल्याउन वा सचेत गर्न पनि यस्ता पर्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आजकलका पढेलेखेका मानिसहरूले यस्ता संस्कृतिको बेवास्ता गर्ने परम्परा केही देखिन थालेको छ । हाम्रो जात्रापर्वलाई बचाउनु पर्दछ । यसमा युवा वर्गको विशेष भूमिका रहने गर्दछ । समाजमा शान्ति र अमनचयन पनि यस्ता पर्वले कायम गदै आएकोमा दुईमत छैन । वास्तवमै हाम्रो धर्म, संस्कृति, चाडपर्व अमूल्य छन् । यिनीहरूको जगेना र प्रवद्र्धन गर्नु आजको आवश्यकता हो । यस्ता चाडपर्व मानिसमा मेलमिलाप, सदभावको भावना बढाई देशको समग्र विकासमा टेवा पु¥याउने गर्दछ ।
Leave a Reply