भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १४ भदौ । नौ दिनसम्म चल्ने एतिहासिक, सांस्कृतिक, सामाजिक र जनजीवनसँग सम्बन्धित गाईजात्राको दोस्रो दिन बिहीबार नाचगानसहितको घिन्ताङघिसी सम्पन्न भयो ।
साँझपख लाकुलाछेँबाट ताहामचा, घिन्ताङघिसीको साथमा भैलद्यो (परालै परालले बनेको) ल्याई नगर परिक्रमा गरेपछि सो दिनको घिन्ताङघिसी सम्पन्न भएको मानिन्छ । विभिन्न बाजाको ताल र सुरमा नाच्ने यो घिन्ताङघिसीको दिन राजनीतिक, सामाजिक व्यङ्ग्य पनि प्रदर्शन गरिएको हुन्छ । वर्षभरिमा देश विदेशमा भएका शोषण, दमन, आक्रमण, अतिक्रमण, नाकाबन्दी आदिको घोचपेच पनि यसै दिन गरिएको हुन्छ । यसैले यो व्यङ्ग्य प्रदर्शन गर्ने पर्व पनि हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा देशी र विदेशी शासकहरूले अन्य स–साना स्वाधीन तथा सार्वभौम देशमा भइरहेको दमन, थिचोमिचो र अन्यायको प्रदर्शन हुने यो पर्व सन्देशमूलक पनि छ । यो वर्ष युवा विद्यार्थीहरूले देशघाती नागरिकता विधेयकको खारेजी, भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, ललिता निवास प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै व्यङ्ग्यचित्र प्रदर्शन गरे । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा पाएको मुर्रा राँगोको उपहार, देशको अरुण तेस्रो भारतको प्रम मोदीलाई सुम्पेर गरेको देशघाती कदम, भारतीय दलाल र भारतीय एकाधिकार पुँजीको विरोध पनि घिन्ताङघिसीमा प्रस्तुत गरियो । सिंहासनमा बसेका नेकाका सभापति शेरबहादुर देउवाको विदेशी राष्ट्र भारत र अमेरिकालाई खुसी पार्ने कुचालको विरोध गरिएको सो प्रदर्शनीमा एमसीसी सम्झौतामार्फत अमेरिकी सेना नेपालमा पसिरहेको तर्फ पनि घोचपेच गरिएको छ ।
यसबाहेक घिन्ताङघिसीसँगै माक प्याखँ (बाँदर नाच), लाखे नाच, नागाचा नाच आदि पनि देखाइएको थियो । हजारौँ हजार घिन्ताङघिसी नाचेको यो मेलामा देश विदेशका हजारौँ हजार स्वदेशी तथा विदेशी नागरिकहरूले हेरेर आनन्द लिए ।
स्मरणीय छ, घिन्ताङघिसी पहिलो दिन जनैपूर्णिमामा सरकारी घिन्ताङघिसी र दोस्रो दिन सापारुमा मात्र घिन्ताङघिसी ल्याइने चलन छ । अन्य दिन टोल टोलमा रहेका परम्परागत नाचगान तथा आधुनिक विधाका नाच, ख्याल नाटक आदि ल्याइने चलन छ ।
Leave a Reply