भर्खरै :

इमानको राजनीति नहुँदा देशमा मनपरी

आफ्नो देश, काल र परिस्थितिअनुसार समाज परिवर्तन गर्न हरेक कम्युनिस्ट कार्यकर्ताले संसारका क्रान्तिकारीहरूको जीवनी पढ्नुपर्छ† उनीहरूले पु¥याएको योगदानको अध्ययन गर्नुपर्छ । कार्ल माक्र्स र एङ्गेल्सले पहिलेका विभिन्न धाराका समाजवादी, दार्शनिक, राजनीतिज्ञ र अर्थशास्त्रीहरूको जीवनी र ग्रन्थ अध्ययन गरेका थिए । उनीहरूले गरेको हरेक विषयको अध्ययनले वैज्ञानिक समाजवादको बाटो पहिल्याए या प्रतिक्रियावादी सरकार अन्त्य गर्न वर्गसङ्घर्ष गर्नुपर्ने निष्कर्ष निकाले । उनीहरूले कम्युनिस्ट आन्दोलनमा देखिएको अवसरवाद, संशोधनवाद, सुधारवाद र बडाराष्ट्र अहङ्कारवाद, सङ्कीर्ण एवं अन्धराष्ट्रवादको विरोधमा सङ्घर्ष गरेका थिए, त्यसबारे जनतालाई सुसूचित पारेका थिए । जसरी रुसको मजदुर र कम्युनिस्ट आन्दोलनसँगै सम्पूर्ण युरोपेली देशका किसान, मजदुर र कम्युनिस्ट आन्दोलनलाई आत्मसात गरेर अघि बढे ।
नेपालमा पनि विस्तारवादी, साम्राज्यवादी, सामन्तवादी र पुँजीवादी विचारका दलहरू छन् । कम्युनिस्टको खोल ओढेर कम्युनिस्टको सिद्धान्त र विचारप्रति प्रतिबद्ध नभएका संशोधनवादी र अवसरवादी कम्युनिस्टहरू छन् । एकातिर पुँजीवादी पार्टी र पुँजीवादको पक्षपोषण गर्ने विदेशी दलालहरू आफ्नो देश र जनताभन्दा दलगत, व्यक्तिगत र विदेशीहरूको स्वार्थमा फसिरहेका छन् भने अर्कोतिर उनीहरू कम्युनिस्टको क्रान्तिकारी विचार मोड्न, कम्युनिस्टलाई सत्ताको लोभमा फसाएर कम्युनिस्ट पार्टीकै बदनाम गर्ने काम गर्दै छन् । आफूलाई कम्युनिस्ट पार्टी दाबी गर्ने कम्युनिस्टहरू नै कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई मजबुत नपारी कम्युनिस्टकै सिद्धान्तलाई तोडमरोड गर्दै ऐøयासी जीवन बिताउन सत्ता भोगमा लागेका छन् । यसकारण, देशका सच्चा कम्युनिस्ट पार्टीहरूले विदेशी दलालको विरोध, खोटा विचारको खण्डन गर्दै जनतालाई सुसूचित पार्ने काम गर्नुपर्ने आवश्यकता परेको हो । त्यो जिम्मेवारी नेमकिपाले पूरा गर्न लागिरहेको छ । माक्र्सवाद–लेनिनवादको दर्शन छाँटेर या मार्ग निर्देशक मानेर माक्र्सवाद र लेनिनवादकै बदनाम गर्ने या त्यो बाटो विपरीत लाग्नेहरू सच्चा कम्युनिस्ट होइनन् । संसद्मा बहुमत ल्याउनु नै क्रान्ति होइन । क्रान्तिको निम्ति वर्गसङ्घर्ष गर्नुपर्छ ।
शासक पार्टीहरूले इमानको राजनीति गरेनन् । संविधानमा व्यवस्था भएअनुसार पनि लागु नगर्ने शासकहरू कसरी इमानदार हुन्छन् ? के शासकहरूले त जनताको आक्रोश सेलाउन संविधानमा समाजवादउन्मुख भन्ने शब्द उल्लेख गरेका छन् । यदि त्यो होइन भने देशमा समाजवादउन्मुख व्यवस्था हुनुपर्ने हो । तर, त्यो बन्दोबस्त देशमा छैन । के यो शासकहरूले जनतालाई धोका दिएको होइन ? देशमा परिवर्तन ल्याउन पार्टीका नेता तथा कार्यकर्ताहरू पार्टीको जिम्मेवारीअनुसार काममा खट्नुपर्छ । पार्टीका नेता, कार्यकर्ताहरू परिवर्तनप्रति विश्वस्त हुनुपर्छ । वर्गशत्रुसँग झुक्नु या फस्नु हुँदैन । यो बेला देशका बुद्धिजीवी समुदाय र राष्ट्रिय पुँजीपतिवर्गको पनि भएको हुँदा नेमकिपा देश र जनताको हितको लागि बुद्धिजीवी समुदाय, राष्ट्रिय पुँजीपतिवर्ग एवं कामदारवर्गलाई हातेमालो गरी अघि बढ्नुपर्छ । नेमकिपा स्थापनाकालदेखि सिद्धान्तनिष्ठ भएर इमानदारीपूर्वक समाजवादी गणतन्त्रको निम्ति राजनीतिक यात्रा गरिरहेको कुरा सबैसामु छर्लङ्ग छ । उनीहरू देश र जनताप्रति अटल विश्वासका साथ राजनीतिमा लागिरहेको कुरा घामझैँ छर्लङ्ग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *