कुरीति र अन्यायको बारेमा चुप नलाग्ने हाम्रो आफ्नै परम्परा छ
- कार्तिक १, २०८३
भक्तपुर, ३० भदौ । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा तीनमहिने चाइनिज छिकोङ व्यायाम तालिम उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले स्वास्थ्य नै धन भएको चर्चा गर्दै नयाँ पुस्तालाई बोली, वचन, लवाइ–खुवाइसम्बन्धी जानकारी दिँदै सांस्कृतिक स्तर उठाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो । छिमेकी राष्ट्रबाट अत्यधिक खाद्यान्न तथा तरकारी आयात भइरहेको उल्लेख गर्दै उहाँले प्राङ्गारिक खेतीमार्फत उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो पुख्र्याैली जग्गाजमिन बेची अध्ययनको निहुँमा युवाहरू विदेशिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सस्तो र सुलभरूपमा स्वदेशमै अध्ययन गराउन ख्वप विश्वविद्यालय स्वीकृति पाउन जनताको थप दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युवा तथा खेलकुद समितिका सदस्य एवं भनपा वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नगरपालिकाबाट विभिन्न खेलकुद तालिमहरू सञ्चालन गर्दै आएको चर्चा गर्दै तीनमहिने चाइनिज छिकोङ व्यायाम तालिमले स्वासप्रश्वास तथा नसासम्बन्धी समस्याको स्वास्थ्यलाभ लिन सकिने बताउनुभयो ।
भनपा वडा नं ६ का जनप्रतिनिधि एवं कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले नगरवासीहरूको सु–स्वास्थ्यलाई मध्यनजर गर्दै भनपाबाट विभिन्न स्वास्थ्य शिविर तथा विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै असोज १ गतेबाट सुरु हुने तीनमहिने चाइनिज छिकोङ व्यायाम तालिममा सहभागी भई स्वास्थ्य लाभ लिन प्रोत्साहित गर्नुभयो ।
उक्त छिकोङ व्यायाम उद्घाटन कार्यक्रममा समाजसेवी गोपीकृष्ण चाँगुभारी, भनपा ६ वडा खेलकुद समितिका अध्यक्ष राजु बजिको, छिकोङ व्यायाम तालिमका प्रशिक्षिका रविना सुवाल र वडा सचिव बुद्धिप्रसाद दुवालले पनि आ–आफ्नो धारणा राख्नुभयो ।
Leave a Reply