ज्येष्ठ नागरिकहरूको योगदानको सम्मान गर्नु आवश्यक
- आश्विन २५, २०८३
छायादेवी कम्प्लेक्स भवन भत्काउनुपर्ने
काठमाडौँ, ४ असोज । सम्पदाप्रेमी समाज नेपालले थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी मासेर बनाइएको पन्ध्र तलाको छायादेवी कम्प्लेक्स तत्काल भत्काउनुपर्ने माग राख्दै आज काठमाडौँमा जुलुस प्रदर्शन तथा सभाको कार्यक्रम तय गरेको छ ।
सर्वाेच्च अदालतमा विचाराधीन मुद्दाको तीसौँ पटक पेशी भए पनि फैसला नभएको र असोज ७ गते एकतीसौँ पेशी तोकिएको हुँदा अदालतबाट सम्पदा विनास नहुने गरी न्याय दिलाउन उक्त प्रदर्शन तथा सभाको आयोजना गर्न लागेको हो । उक्त जुलुस तथा सभा सफल पार्न सम्पदाप्रेमी समाज नेपालले शुक्रबार दिनको २ बजे इन्द्रचोकमा भेला हुन सम्पदाप्रेमी जनतामा आग्रह गरेको छ ।
समाजले छाया कम्प्लेक्स व्यापारिक भवन निर्माण भएको सार्वजनिक कमल पोखरी र जग्गा समेत २६.५ रोपनी सार्वजनिक र सरकारी नै कायम गर्न गराउन आवश्यक सहयोगको लागि नेपाल बार एसोसियसनलगायत सम्पूर्ण कानुन व्यवसायी अधिवक्ता र वरिष्ठ अधिवक्ताहरूसँग हार्दिक अनुरोध गरेको छ ।
स्मरणीय छ, काठमाडौँ महानगरपालिका वडा नं २६ ठमेलस्थित श्री सिंह सार्थवाह गरुड भगवान् गुठीसँग सम्बन्धित लिच्छवीकालीन बिक्रमशील महाविहार (थँबही) हो । यो विहारको पूर्वतिर कमलको फूल फुल्ने सार्वजनिक पोखरी थियो । कमलको फूल थँवहीको भगवान्लाई चढाई नित्य परम्परा चलाइन्थ्यो । कमलपोखरी र डिलमा रहेको फलफुलको बगैँचासमेत रु. १२५।– मा ठेक्का लाग्थ्यो । विसं १९६५ सालको रसिदअनुसार पोखरी र डिलको क्षेत्रफल २६.५ रोपनीमा फैलिएको थियो ।
विसं १९७७ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले थँबहीको कमलपोखरी आफ्नो दरबार केशरमहलको कम्पाउन्डभित्र पारे र पोखरीको डिलको सट्टाभर्ना जग्गासमेत दिने भनी कब्जा गरे । केशरशमशेरले पोखरी प्रयोग बापत रु. १२५।– बहाल पनि बुझाए तर सट्टाभर्ना जग्गा दिएनन् । विसं १९७८ सालमा केशरशमशेर आफैँले थँबहीको गुठीलाई लेखेको पत्रमा सार्वजनिक कमल पोखरी गुठीको भएको स्वीकार गरेका थिए ।
२०७० सालमा दीपकबिक्रम मिश्र र २०७१ सालमा लाहुर्निप भन्ने संस्थाले थँबहीको सार्वजनिक कमलपोखरी कायम गर्न सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।
पाँडेले सार्वजनिक कमलपोखरी चन्द्रशमशेरले नौका विहार गर्न बनाएको जस्ता झूटा तर्क गरी २०७५ फागुन ७ गते पत्रकार सम्मेलन गरेको हुँदा थँबहीको सार्वजनिक कमलपोखरी नै कायम गराउन आवश्यक सहयोगको लागि सम्पूर्ण पत्रकार मित्रहरूसँग हामी हार्दिक आग्रह गर्दछौँ ।
Leave a Reply