यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ६ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, जिल्ला समिति भक्तपुरको आयोजनामा शनिबार शिक्षक भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले शिक्षकहरू राजनैतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने, शिक्षक आन्दोलन पेसागत स्वार्थको लागि नभई समग्र शैक्षिक मुद्दाको रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
विद्यालय शिक्षा विधेयकबारे गाउँ गाउँ र टोल टोलका जनता, शिक्षक, अभिभावक र विद्यार्थीलाई जानकारी दिनुपर्ने उल्लेख गर्दै उहाँले समग्र शैक्षिक मुद्दालाई लिएर आन्दोलन गर्नुपर्छ भन्नुभयो ।
नेपालको संविधानअनुसार मावि तहसम्म पूर्ण निःशुल्क र अनिवार्य गर्नुपर्ने तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने चर्चा गर्दै उहाँले शिक्षकहरू पनि राजनीतिक प्राणी भएकाले देश र जनताको हितमा राजनीति गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने, समाजमा हुने कुनै पनि अन्याय अत्याचारविरुद्ध बोल्ने, लेख्ने, वाक् स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने आदिबारे शिक्षक आन्दोलन हुनुपर्ने बताउनुभयो ।
उहाँले कुनै पनि दल सङ्ख्या र भिडले होइन दलको सिद्धान्त, वैचारिक अडान र इमानदारिताले ठूलो हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले विद्यालय शिक्षा विधेयक २०८० ले शिक्षकहरूका राजनैतिक र मौलिक अधिकार खोसिएकोले यो सङ्घीयताविपरीत प्रतिगामी विधेयक हो भन्नुभयो । पुँजीवादी शासक दलहरूमा पुँजीवादी दृष्टिकोण हुनु स्वाभाविक छ तर समाजवादी विचार बोक्ने शिक्षकहरू शासकहरूको पछि लाग्नुहुँदैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घले शिक्षकहरूको हकहितको लागि निरन्तर सङ्घर्ष गर्दै आएको चर्चा गर्दै उहाँले समग्र शैक्षिक आन्दोलनको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजन लाखा र हरिप्रसाद ढकालले पनि आ–आफ्नो विचार राख्नुभयो ।
Leave a Reply