अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ७ असोज । वागीश्वरी माध्यमिक विद्यालय टेक्स कार्यक्रमअन्तर्गतको आयोजनामा डिप्लोमा तहका नव–आगन्तुक विद्यार्थीहरूको आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले देशकै नमुना विद्यालयको रूपमा ख्यातिप्राप्त वागीश्वरीका विद्यार्थीहरू इमानदार र मेहनती रहेको बताउनुभयो । प्राविधिक शिक्षा नै देश विकासको एकमात्र माध्यम भएको उहाँले बताउनुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले नेपालकै पहिलो इन्जिनियर भक्तपुरको रहेको र भक्तपुरबाट उत्पादित प्राविधिकहरू इमानदार रहेको बताउनुभयो ।
टेक्स कार्यक्रका संयोजक दिनेश प्रधान, परीक्षा प्रमुख सुनिल खाइतु र प्रवीण तजले पनि टेक्स कार्यक्रमको परीक्षा र अध्ययनबारे बोल्नुभएको थियो ।
Leave a Reply