भर्खरै :

भ्वाइस अफ वागीश्वरीको निर्णायक चरण कार्तिक १७ गते हुने

भ्वाइस अफ वागीश्वरीको निर्णायक चरण कार्तिक १७ गते हुने

भक्तपुर, १९ असोज । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको ‘भ्वाइस अफ वागीश्वरी’ सिजन ३ अन्तर्गत Judges Round तेस्रो चरणको प्रतियोगिता Judges Round सम्पन्न भएको छ । उक्त प्रतियोगिताको Judges Round बाट पाँचजना प्रतियोगीहरू पवन अधिकारी कक्षा १० बी, चेतन शाही ठकुरी कक्षा १२, सीमा तामाङ डिप्लोमा चौथो सेम्मेस्टर, दिपेश सुनार कक्षा ११ र सशित सुनुवार कक्षा १२ Final Round मा छनोट भएका छन् ।
आयोजक समितिका अनुसार भ्वाइस अफ वागीश्वरी Final Round आउँदो कार्तिक १७ गते हुनेछ ।
कार्यक्रमका संयोजक नवीन्द्रलाल कर्माचार्यका अनुसार Judges Round चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १० विद्यार्थीहरूले गायन प्रस्तुति दिएका थिए । यस Judges Round मा विद्यार्थीहरूले निर्णायकमण्डलले रोजेका गीतहरू म्युजिक ट्राय्कमा गाएका थिए ।
सो चरणमा निर्णायकमण्डलमा काठमाडाँै विश्वविद्यालयका सङ्गीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा सङ्गीत संयोजनकर्ता गनुराज राई र गायिका सरिता प्रजापति रहनुभएको छ ।
कार्यक्रममा अनलाइन मिडिया पार्टनरको रूपमा ज्ञानखबर तथा एबिसिडी खबर, साउन्ड पार्टनरको रूपमा भक्तपुर साउन्ड एन्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, टेलिभिजन पार्टनर भादगाउँ टी.भी. र ब्युटिपार्टनरको रूपमा सर्मीज ब्युटिजोन रहेका छन् । कार्यक्रममा आइकन म्युजिक एकेडेमी, सङ्गीत ग्राम गुरुकुल नेपाल, क्वालिटी डिजिटल स्टुडियो र अक्टेभ म्युजिक स्टुडियोले आंशिकरूपमा पुरस्कारको प्रायोजन गरेका छन् ।
विशेष आकर्षणको रूपमा भ्वाइस अफ वागीश्वरी सिजन २ का विजेता पूजा ठोकरले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *