भर्खरै :

भक्तपुरमा सडक बत्ती किन मर्मत हुँदैन ?

भक्तपुरमा सडक बत्ती किन मर्मत हुँदैन ?

निर्वाचनको बेला घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा सरसफाइ, निर्माणलगायत राम्रो काम गरिरहेको छ । यो नमुनाको रूपमा काम भइरहेको छ । अन्य सङ्घ संस्थाबाट अवलोकन भइरहेको खबर मजदुर पत्रिका एवम् विभिन्न सञ्चारमाध्यमबाट पाइरहेको छ ।
यसै सिलसिलामा ठाउँ–ठाउँमा बत्ती व्यवस्था पनि हुँदै आएको हो सडक बत्ती नबलेको धेरै भइसेकेको छ तर अँध्यारोले गर्दा चोरी, लुटपाट, सडक दुर्घटना मात्र होइन बटुवाहरूलाई हिँड्डुल गर्न गा¥हो भइरहेको छ । स्थानीयवासीले सम्बन्धित निकायमा पटक–पटक सूचना दिँदा पनि सडक बत्ती बलेन । यसको दोषी कसको ? बडा दसैँ नजिकिँदै छ । बडा दसैँमा पनि सडक बत्ती नबल्ने हो कि ? के यो नेपाल विद्युत् प्राधिकरणको दायित्व होइन र ? सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *