समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
संरा अमेरिका स्वाधीन र सार्वभौम देशमा द्वन्द्व चर्काएर नरसंहार गर्ने देश हो भन्ने कुरा पछिल्लो घटनाक्रमले फेरि पुष्टि गरेको छ । इजरायल र प्यालेस्टाइनको युद्ध शान्त पार्ने प्रयास विश्वका शक्तिकामी देशहरूले गरेका थिए । इजरायलले तत्काल अतिक्रमण गरेको प्यालेस्टाइनी भूभाग छाड्नुपर्ने भन्दै रुसले प्रस्ताव अघि सारेको थियो । त्यो प्रस्ताव अमेरिका र बेलायतको भिटोको कारण असफल भएको थियो । यसैबिच शुक्रबार संरा सङ्घीय महासभाको बैठकमा इजरायल–हमास द्वन्द्वको क्रममा तत्काल मानवीय युद्धविरामको विषयमा मतदान गरियो । राष्ट्र सङ्घीय सो प्रस्तावमा नागरिकको संरक्षण र कानुनी तथा मानवीय प्रतिबद्धता कार्यान्वयनको पक्षमा १२० मुलुकले समर्थन गरे भने १४ मुलुकले त्यसको विपक्षमा मतदान गरे । त्यस मतदानमा ४५ वटा मुलुक अनुपस्थित रहे । उक्त प्रस्तावको पक्षमा भारत अनुपस्थित रह्यो भने नेपाल, अफगानिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलङ्का, पाकिस्तानलगायतका मुलुकले राष्ट्रसङ्घीय महासभाको पक्षमा मतदान गरे ।
प्रस्तावको विपक्षमा मतदान गर्ने देशका शासकहरू युद्धको पक्षमा रहेको प्रस्ट हुन्छ । युद्ध चर्काएर विश्वमा अशान्ति मच्चाउने देशहरू मतदानको विपक्षमा रहे । यसको अगुवाइ संरा अमेरिका र बेलायतले गरे । उनीहरूको पछाडि अरु केही देश लागे । अतः युद्धको पक्षमा रहेका ती देशका शासकहरू के आतङ्कवादी होइनन् ? विश्वको जनसङ्ख्या भोकमरी र अभावमा छटपटाइरहेको बेला इजरायल र प्यालेस्टाइनबिचको युद्ध चर्काउन टेवा पु¥याउने काममा अमेरिका अग्रपङ्क्तिमा छ । यसबाट संरा अमेरिका विश्वमा आतङ्क मच्चाउने पक्षमा रहेको थाहा हुन्छ । राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले ‘हमास सखाप पार्ने’ नाममा गाजा खाली गराएर गरिने ‘सर्वसाधारणको कत्लेआम’ अस्वीकार्य हुने बताएपछि इजरायली विदेशमन्त्रीले उनलाई इजरायल प्रवेश अनुमति (भिसा) नदिने घोषणा गरे ।
प्यालेस्टाइनी नागरिकमाथिको दमनविरुद्ध संसारभर विरोध प्रदर्शन भइरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका नेता न्यतान्याहुको पुत्ला अमेरिकाका विभिन्न राज्यमा जलाएका थिए । फ्रान्सको पेरिस र बेलायतको लन्डनमा पनि इजरायली आक्रमणको विरोधमा अभूतपूर्व प्रदर्शन भएको थियो । भारतमा पनि इजरायली सैन्य बर्बरताविरुद्ध हजारौँले प्रदर्शन गरे । यसरी नै अन्य धेरै देशहरूमा इजरायली आक्रमणविरुद्ध विरोध प्रदर्शन भइरहेका छन् ।
हमास–इजरायल युद्धमा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । युद्ध अन्त्य गर्न परिषद्का सदस्य राष्ट्र ब्राजिलले मानवीय सहायताको लागि इजरायल–गाजाबिच गरेको अस्थायी युद्धविरामको प्रस्तावलाई अमेरिकी भिटोले असफल पारेको थियो । यसरी संरा अमेरिका, बेलायत र उसका पिछलग्गू देशका राष्ट्र प्रमुखहरू युद्ध चाहन्छन्, नरसंहार गर्न चाहन्छन् भन्ने थाहा हुन्छ । प्यालेस्टाइनी जनताले आफ्नो देश जोगाउन खोज्दा त्यो हेर्न, सुन्न नचाहने इजरायली पक्ष र इजरायली पक्षमा लाग्ने राष्ट्रप्रमुखहरू किन शान्ति बिथोलेर जनधनको क्षति गर्न चाहन्छन् ? के बलियो राष्ट्रहरूको उद्देश्य स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्नु हो ? आक्रमण गरेर देश ध्वस्त पार्नु हो ? यसमा संरा सङ्घले युद्ध चाहने देशहरूको ध्यानाकर्षण गर्नु आवश्यक छ ।
Leave a Reply