प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
हवाना, ३० अक्टोबर (टेलेसुर) । क्युवाली राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार विगत तीन हप्तादेखि घेरामा रहेको गाजापट्टीका प्यालेस्टाइनी जनताविरुद्ध इजरायली सेनाले गरिरहेको बमबारी र नरसंहारको कडा निन्दा गर्नुभएको छ ।
क्युवाली राष्ट्रिय टेलिभिजनमा वक्तव्य वाचन गर्दै राष्ट्रपति डियाज–क्यानेलले प्यालेस्टाइन क्षेत्रमा इजरायली कब्जाकारी सेनाले गरिरहेको नरसंहार, घर, अस्पताल र नागरिक पूर्वाधारहरूको विनाशलाई कुनै बहनामा पनि स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले नेता फिडेल क्यास्ट्रोको क्रान्तिको समयदेखि नै क्युवाली सरकारले यस्ता आतङ्कवादी कार्यको विरोध गर्दै आएको औँल्याउँदै यस सन्दर्भमा संयुक्त राष्ट्र महासभामा फिडेल क्यास्ट्रोले ६३ वर्षअघि इजरायली कब्जाको निन्दा गरेको भाषणको स्मरण उहाँले गर्नुभयो ।
त्यस अवसरमा फिडेलले विश्वलाई युद्धको उद्देश्य अरूलाई आफ्नो सम्पत्तिबाट वञ्चित गर्नु हो र इजरायलले प्यालेस्टिनी जनताको हकमा रहेको वस्तु र जग्गा खोसेको आरोप लगाउनुभएको थियो ।
यो विचारले नयाँ रङ्गभेदद्वारा भूमिको सानो पट्टीमा सीमित प्यालेस्टिनीहरूले आज अनुभव गरेको त्रासको कारणलाई सङ्कलन गर्दछ, राष्ट्रपति डियाज–क्यानेलले भन्नुभयो ।
क्युवाली नेताले गाजामा हाल अनुभव भइरहेको अभूतपूर्व मात्राको मानवीय विपत्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै गत तीन हप्तामा ३ हजार प्यालेस्टिनी बालबालिका र २ हजार महिलासहित ८ हजारभन्दा बढी मानिसहरू मारिएकोमा कडा आपत्ति र खेद व्यक्त गर्नुभयो ।
गाजापट्टीमा ४० प्रतिशतभन्दा बढी घरहरू ध्वस्त भएका छन्, अस्पतालहरू प्यालेस्टिनी जनताका लागि विशाल शवगृहमा परिणत भएका छन्, डियाज क्यानेलले भन्नुभयो ।
उहाँले इजरायली सेनाद्वारा ७५ वर्षभन्दा बढीको कब्जा, दुव्र्यवहार र बहिष्कारको पनि निन्दा गर्नुभयो । त्यसले अहिले प्यालेस्टिनी परिवारहरूलाई थप कष्ट, पीडा र आक्रोश निम्त्याएको छ ।
क्युवाली राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायलाई जियोनिस्ट शासनको क्रुरताको विरोधमा सामेल हुन र गाजापट्टीमा युद्धविरामको लागि आह्वानसमेत गर्नुभयो । इजरायली सेनाले गाजामा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन गरेको छ, यो क्षेत्रमा आफ्नो नरसंहार रोक्न जरुरी छ, उहाँले भन्नुभयो ।
यस सम्बन्धमा, उहाँले इजरायलले संयुक्त राष्ट्र सङ्घका प्रस्तावहरू र चौथो जेनेभा महासन्धिअन्तर्गत कब्जा गर्ने शक्तिको रूपमा यसको दायित्वहरूको प्रत्येक उल्लङ्घनको निन्दा गर्नुभयो ।
राष्ट्रपति डियाज–क्यानेलले इजरायलद्वारा भइरहेको नरसंहार रोक्न संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को असक्षमताप्रति खेद व्यक्त गर्नुभयो । उहाँले गाजामा मानवीय सहायताको पहुँचलाई अनुमति दिन र नागरिकहरूको सुरक्षाको ग्यारेन्टी गर्न हालको द्वन्द्वमा मानवीय युद्धविराम खोज्ने प्रस्तावलाई सुरक्षा परिषद् बैठकमा भिटो गरेको संरा अमेरिकाको स्थितिको निन्दा गर्नुभयो । संयुक्त राज्य अमेरिका ‘जियोनिस्ट (यहुदीवादी) बर्बरतावाद’ को ऐतिहासिक सहयोगी हो, उहाँले भन्नुभयो ।
“के अन्तर्राष्ट्रिय समुदायले यो दिगो अवस्थालाई जारी राख्न अनुमति दिनेछ वा यो अपराध रोक्नको लागि काम गर्नबाट रोक्ने भिटोको अधिकारजस्ता मनमानी अभ्यासमा बन्धक रहनेछ ?“ क्युवाली राष्ट्रपतिले आश्चर्य व्यक्त गर्नुभयो ।
“इतिहासले उदासीनहरूलाई माफ गर्दैन र हामी तिनीहरूमध्ये हुनेछैनौँ । यो बेदखलको दर्शनको अन्त्य गर्ने समय हो ताकि युद्धको दर्शनले प्रोत्साहनको अभावमा मृत्युवरण गर्नेछ ।” क्युवाली राष्ट्रपतिले भन्नुभयो ।
तत्काल युद्धविरामको लागि आह्वान गर्ने मस्यौदा प्रस्ताव
ब्राजिललगायत ल्याटिन अमेरिकी राष्ट्रहरूको समूहसँग मिलेर क्युवाले संयुक्त राष्ट्र सङ्घको महासभामा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावको मस्यौदा प्रस्ताव गरेको थियो । उक्त प्रस्तावले प्यालेस्टिनी नागरिक आवादीको संरक्षणको लागि तत्काल संयन्त्र स्थापना गर्न, नागरिकहरूको जबरजस्ती विस्थापनलाई अस्वीकार गर्न र आपत्कालीन मानवीय सहायता पठाउने वकालत गर्न आह्वान गरेको छ ।
क्युवाली जनताको तर्फबाट बोल्दै, डियाज–क्यानेलले तुरुन्तै उक्त प्रस्ताव लागु गर्न र ‘इजरायलको जियोनिस्ट बर्बरता’ को अन्त्य गर्न वैध अन्तर्राष्ट्रिय प्रयासहरूमा योगदान गर्न आह्वान गर्नुभयो ।
Leave a Reply