समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
भक्तपुर, १३ कार्तिक । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार भनपा सभाकक्षमा भेट गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले उपाध्यक्ष अर्याललाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्दै भक्तपुर नपाको कार्य सम्पादनबारे विस्तृतमा अवगत गराउनुभयो । भेटमा उहाँहरूबिच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो ।
भेटमा उपाध्यक्ष अर्यालले स्थानीय तह जनताको नजिकको सरकार भएको हुँदा यसलाई अधिकार सम्पन्न गराउनुपर्ने धारणा राख्दै भक्तपुर नपाले सबै क्षेत्रमा गरिरहेको काम अनुकरणीय र प्रशंसनीय भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु सङ्घीयता र संविधानविपरीत भएको उल्लेख गर्दै जिल्लास्तरीय कार्यालय खारेज गरी पालिकाअन्तर्गत राख्न सके राज्यको खर्च कम हुने बताउनुभयो ।
उहाँले शिक्षकहरूले राजनीति गर्न नपाउने भन्ने प्रावधान गलत भएको उल्लेख गर्दै नागरिकता विधेयक संसद्ले देश हितविपरीत पारित गरेको तर्फ ध्यानाकर्षण गर्नुभयो ।
राजनीति देश र जनताको हितमा केन्द्रित हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “उच्च पदाधिकारीहरू राम्रो भए देश राम्रो हुन्छ ।”
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, स्वकीय सचिव रमाकान्तप्रसाद चौधरी, अधिवक्ता कविता ढुंगाना र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।
प्रमुख प्रजापतिले उपाध्यक्ष अर्याललाई भक्तपुरको प्रसिद्ध ‘मयुरको झ्याल’ र भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply