भर्खरै :

नगर प्रमुख सुनिल प्रजापति विद्यालय निरीक्षणमा

नगर प्रमुख सुनिल प्रजापति विद्यालय निरीक्षणमा

भक्तपुर, १३ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ३ स्थित जागृति माध्यमिक विद्यालय र श्री पद्म माविमा सोमबार स्थलगत निरीक्षण गर्नुभयो ।
प्रमुख प्रजापतिले विद्यालयमा विद्यार्थीहरूको उपस्थिति र शिक्षण क्रियाकलापको अवस्थाबारे बुझ्न विद्यालयहरूको निरीक्षण गर्नुभएको थियो ।
दसैँ बिदा सकिएलगत्तै कार्तिक १२ गतेबाट भक्तपुरका विद्यालयहरू सञ्चालनमा आएका छन् ।
विद्यालयहरूमा काठमाडौँ उपत्यका बाहिरका विद्यार्थीहरू दसैँ मनाउन घर गएका विद्यार्थीहरू नफर्केका कारण उपस्थित विद्यार्थीहरूको सङ्ख्या न्यून भएको जागृति माविका प्रअ प्रकाशमान बज्राचार्यले बताउनुभयो ।
पद्म माविका प्रअ राम हाडाले भने दसैँलगत्तै विद्यालय नियमित सञ्चालन गर्दा पहिलो दिन भने विद्यार्थीको सङ्ख्या थोरै भएको र दोस्रो दिन उत्साहजनक उपस्थिति रहेको जानकारी दिनुभयो ।
निरीक्षणमा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, नगर शिक्षा अधिकृत साधुराम फुँयाल, नगर शिक्षा शाखाका अधिकृत कृष्णप्रसाद कर्माचार्यको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *