भर्खरै :

त्रुटिपूर्ण अमेरिकी विदेश नीति : इजरायल–प्यालेस्टाइन द्वन्द्वमा शान्तिको लागि बाधा

त्रुटिपूर्ण अमेरिकी विदेश नीति : इजरायल–प्यालेस्टाइन द्वन्द्वमा शान्तिको लागि बाधा

इजरायली–प्यालेस्टिनी विवादमा संयुक्त राज्य अमेरिकाले परिस्थितिलाई जसरी सम्हलिका छन्, त्यसलाई गहिरो निराशा मात्र मान्न सकिन्छ । संरा अमेरिकासँग द्वन्द्वको न्यायोचित समाधानको लागि थप निष्पक्ष मार्ग पछ्याउने क्षमता थियो । यद्यपि, उसले प्यालेस्टिनी जनताको कठोर दमनलाई बढावा दिँदै र अन्ततः क्रुरतापूर्वक उत्पन्न भएको अस्थिर परिस्थितिमा जानाजानी योगदान पु¥याउँदै बढ्दो कट्टरपन्थी इजरायली प्रशासनसँग पङ्क्तिबद्ध हुने विकल्प रोज्यो ।
हालैका दुई घटनाले मध्यपूर्वमा अमेरिकी विदेश नीतिको असफलतालाई थप पुष्टि गरेको छ । यस गलत कदमको पहिलो सङ्केत गत हप्ता इजरायलको भ्रमणपछि राष्ट्रपति बाइडेनलाई स्वागतको हात बढाउन अरब राज्यहरूले अस्वीकार गरेको थियो । यो कूटनीतिक चिसोपनले यस क्षेत्रमा अमेरिकी प्रभावमाथि ठूलो चोट पु¥यायो । दोस्रो सङ्केत गाजापट्टीमा युद्धविरामको लागि आह्वान गर्ने प्रस्तावलाई विफल पार्न अमेरिकी भिटोको रूपमा आयो । यी दुई घटनाहरूले यस द्वन्द्वको बिचमा अमेरिकी कूटनीतिले आफूलाई भेट्टाउने खेदजनक अवस्थालाई उदाङ्गो पारेको छ ।
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद् (यूएनएससी) सधैं कूटनीतिको लागि मञ्च भएको छ, जहाँ देशहरूले आफ्ना मतभेदहरूलाई पन्छाएर शान्ति र स्थिरताका लागि मिलेर काम गर्ने अपेक्षा गरिन्छ । यद्यपि, वाशिङ्गटनले भर्खरको प्रस्तावका विपक्षमा भएका मतदानले यी सिद्धान्तहरूप्रति आफ्नो समर्पणको बारेमा गम्भीर चिन्ताहरू खडा गरेको छ । अन्तर्राष्ट्रिय समुदायले निष्पक्ष र तत्काल युद्धविरामको आवश्यकतामा जोड दिँदै अमेरिकी निर्णयप्रति निराशा र आश्चर्य व्यक्त गरेको छ । ब्राजिलले प्रस्तुत गरेको प्रस्ताव, अन्तर्राष्ट्रिय समुदाय भित्रको व्यापक सहमति झल्काउने, युद्धविरामलाई प्राथमिकता दिने उद्देश्यले ल्याइएको थियो । यसको उद्देश्य गाजामा बढ्दो मानवीय विपत्तिको अवस्था अन्त्य गर्नु थियो, जहाँ निर्दोष निहत्था नागरिकहरूले हरेक मिनेट आफ्नो ज्यान गुमाइरहेका र पीडा भोगिरहेका छन् ।
अमेरिकाले आफूले भिटो प्रयोगका लागि अगाडि सारेका कारणहरू अकल्पनीय देखिन्छ । प्रस्तावले इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार नगरेको दाबीको कुनै आधार छैन । वास्तवमा भन्नुपर्दा, सङ्कल्प र इजरायलको आत्मरक्षाबिच कुनै विवाद थिएन । अमेरिकी राष्ट्रपति जो बाइडेनको इजरायल भ्रमणको क्रममा संरा अमेरिकाको नियतका बारेमा चिन्ता थप बलियो भएको थियो, जहाँ उनी चालु रक्तपातपूर्ण द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि सक्रियतापूर्वक पहल गर्नुको सट्टा हमासविरुद्धको सैन्य कारबाहीमा इजरायलसँग पङ्क्तिबद्ध हुन इच्छुक देखिए ।


प्रस्तावको उद्देश्य नागरिकहरू विरुद्धको हिंसा, आतङ्कवादी कार्यहरूको निन्दा गर्ने, कानूनको पालना गर्न प्रोत्साहित गर्ने र नागरिकहरूको लागि आवश्यक वस्तु र सेवाहरूमा निर्बाध पहुँच सुनिश्चित गर्ने थियो । यस प्रस्तावलाई भिटो प्रयोग गरेर, संरा अमेरिकाले गाजाको सङ्कटलाई बेवास्ता गरेको छ । यसले मानवअधिकारका मुद्दाहरूमा आफ्नो दोहोरो मापदण्डलाई उजागर गरेको छ । द्वन्द्वप्रति संरा अमेरिकाको पक्षपाती दृष्टिकोणले द्वन्द्वलाई थप चर्काउन टेवा दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् र विश्व समुदायले यस्तो व्यवहारको सामना गर्दा निष्क्रिय रहन सक्दैन । उनीहरूका लागि दबाब लागू गर्न र संरा अमेरिकाको रक्तपात बढाउने कार्यको कडा निन्दा गर्नु महत्वपूर्ण छ । यी स्पष्ट कारणहरूका लागि प्रस्तावको अस्वीकृतिले विश्वव्यापी आलोचनालाई जन्म दिएको छ । विशेषगरी अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्वको सामना गर्दा वस्तुनिष्ठता, निष्पक्षता र अन्तर्राष्ट्रिय कानूनको पालनाको महत्वलाई जोड दिँदै चीनले गम्भीर निराशा व्यक्त गरेको छ । यस सङ्कटको समाधानका लागि चीनले संरा अमेरिकालाई भूमिका खेल्न आग्रह गर्दै आएको छ ।
प्यालेस्टाइन द्वन्द्वलाई सम्बोधन गर्ने प्रस्तावहरू रोक्न संरा अमेरिकाले भिटो शक्ति प्रयोग गरेको यो पहिलोपटक होइन । अमेरिकी भिटोले अन्तर्राष्ट्रिय समुदायलाई निराश बनाएको छ र मध्यपूर्वमा दिगो शान्तिका लागि प्रयासहरूप्रति वाशिंगटनको इमानदारीप्रति शङ्का उत्पन्न गरेको छ ।
गाजामा स्थिति भयावह छ । यस द्वन्द्वमा दुवै पक्षले गरी हजारौँको ज्यान लिइसकेका छन् । गाजा अस्पतालमा भर्खरै भएको विस्फोटले विश्वव्यापीरूपमा मानिसहरूलाई स्तब्ध बनाएको थियो, जसले यो संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को मतदानलाई पनि प्रोत्साहित ग¥यो । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद् प्रस्तावको उद्देश्य कूटनीतिक वार्ता र आवश्यक सहायता प्रदान गर्नको लागि एक अति आवश्यक युद्धविराम गर्नु थियो । दुर्भाग्यवश, संरा अमेरिकाको निर्णयले यो अवसर खेर गयो ।
संरा अमेरिका र इजरायलबिचको लामो समयदेखिको गठबन्धनलाई प्रायः अटूट सम्बन्धको रूपमा लिइन्छ र प्यालेस्टाइन सतिको द्वन्द्वको दृष्टिकोणलाई प्रभावित गर्दछ । एकै समयमा, अमेरिका भित्रको घरेलु राजनीतिक विचारहरूले पनि यस द्वन्द्वमा यसको भूमिकामा जटिलता थपेको छ । अमेरिकी सरकारले इजरायललाई अटुटरूपमा समर्थन गर्न सचेत छनोट गरेको छ, यो निर्णयले मध्यस्थताको भूमिका खेल्ने आफ्नो क्षमतालाई बाधा पु¥याउने मात्र होइन, चालु सङ्कटलाई बढाउने निश्चित छ ।
इजरायलप्रतिको संरा अमेरिकाको दृढ समर्थनको असर यस विशिष्ट द्वन्द्वभन्दा धेरै टाढासम्म फैलिएको छ, किनकि तिनीहरूले विश्वव्यापी शान्ति र सुरक्षा कायम गर्न महत्वपूर्ण हुने संयुक्त राष्ट्र सङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको विश्वसनीयता र प्रभावकारितालाई मौलिकरूपमा कमजोर पार्छन् । यो पर्याप्त मात्रामा स्पष्ट छ कि यो चालु प्यालेस्टाइन–इजरायली द्वन्द्वमा अमेरिकी संलग्नताले अराजकता र अस्थिरतालाई बढावा दिनेमात्र गरेको छ ।
संरा अमेरिकाले आफ्नो अडानमा पुनर्विचार गर्न र शान्ति तथा सबै संलग्न पक्षहरूको अधिकारको सम्मानलाई प्राथमिकता दिने बाटो पछ्याउन बाध्यकारी आह्वानलाई सम्बोधन गर्दै युद्धविराम र मानवीय सहायताको लागि विश्वव्यापी समुदायको अनुमान र अनुरोधलाई निराश पार्नु
हुँदैन ।
(इमरान खालिद सीजीटीएनका लागि समसामयिक मामिलाहरूमा विशेष टिप्पणीकार तथा अन्तर्राष्ट्रिय मामिलाहरूमा स्वतन्त्र स्तम्भकार हुनुहुन्छ ।)
– ‘सीजीटीएन’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *